×

NMB BANK
NIC ASIA

सञ्चय कोषले ल्यायो आकर्षक बीमा योजना : सञ्चयकर्तालाई सुविधैसुविधा !

कात्तिक २८, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel


काठमाडौँ– कर्मचारी सञ्चय कोष र राष्ट्रिय बीमा कम्पनीबीच कोषका सञ्चयकर्तालाई औषधोपचारमा रु एक लाख तथा घातक रोगको उपचारका लागि रु १० लाखको बीमा गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

Muktinath Bank

कोषका प्रशासक तुलसीप्रसाद गौतम र बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरविक्रम रायमाझीले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । सो बीमा योजना आगामी मङ्सिर १ गतेदेखि लागू हुनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समझदारीसँगै कोषमा कोषकट्टी गराउँदै आएका सञ्चयकर्ताले बिरामी हुँदा औषधोपचारका लागि रु एक लाख र कडा खालका रोगको उपचारका लागि रु १० सम्म बीमाबापतको आर्थिक सहायता पाउनेछन् । 


Advertisment
Nabil box
Kumari

समझदारी आगामी तीन वर्षसम्म कायम रहने र आपसी सहमतिमा अवधि थप गर्न सकिने सहमतिसमेत भएको छ । उक्त समझदारीले कोषमा नियमित कोषकट्टी रकम जम्मा गर्ने सञ्चयकर्तालाई अतिरिक्त उमेर हद वा पदावधिका कारण अवकास भई सो मितिले छ वर्षसम्म कोषबाट भुक्तानी नलिएका सञ्चयकर्तालाई समेटेको छ । 

Vianet communication
Laxmi Bank

समझदारीअनुसार बीमा शुल्क प्रतिवर्ष प्रतिसञ्चयकर्ता रु ४२० का दरले जम्मा रु २५ करोड २० लाख हुनेछ । बीमा अवधि समाप्त भई नवीकरण गर्दा अघिल्ला वर्षमा दाबी भुक्तानी भएको रकम थपघट भएको सञ्चयकर्ताको सङ्ख्यासमेतको अधारमा बीमा नवीकरण शुल्कमा पुनरावलोकन हुनेछ । बीमा शुल्कबापतको रकम कोषबाट एकमुष्ठ भुक्तानी भएको मितिदेखि कम्पनीले एक वर्षका लागि बीमालेख जारी गर्नेछ । 

घातक रोगका लागि दश लाख 

घातक रोगको उपचारका लागि भएको वास्तविक खर्च वा रु १० लाखमध्ये कम हुन आउने रकम प्रदान गरिने कोषले जनाएको छ । हृदयाघात, मिर्गौला खराबी, अर्बुद, अल्जाइमर, पार्किङ्सन्, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया र कलेजो रोगलाई घातक रोग मानिएको छ । 

यस्तै बीमा अवधिमा अधिकतम रु एक लाखमा नबढ्ने गरी न्यूनतम रु तीन हजार वा वास्ताविक खर्चको १५ प्रतिशत कट्टा गरी एकै पटकमा वा पटकपटक गरी रु ३० हजारमा नबढ्ने गरी ‘सर्जन’ वा ‘एनेस्थियाटिष्ट’को दस्तुर तथा शल्यक्रिया कक्षको शुल्कबापतको खर्च सञ्चयकर्तालाई प्रदान गरिनेछ । 

सहमतिअनुसार एक वर्षमा अधिकतम् रु २० हजार ९एक पटकको उपचारमा रु १० हजारसम्म० चिकित्सकको जाँच शुल्क, एक्सरे वा विशेषज्ञ सेवाशुल्क वा ‘प्याथोलोजिस्ट’ शुल्क वा रोग निदान उपकरण शुल्क प्रदान गरिनेछ । अस्पतालमा भर्ना शुल्क प्रतिदिन रु दुई हजारमा नबढ्ने गरी एक वर्षमा रु २५ हजारसम्म उपलब्ध गराइन छ । 

सर्जिकल सामग्री खरिदको लागि एक वर्षमा अधिकतम जम्मा रु आठ हजार ९रु तीन हजारसम्मको कृतिम हात वा खुट्टासमेत समावेश गर्न सकिने०, एक पटकमा रु पाँच हजार नबढ्ने गरी अधिकतम् रु १५ हजारसम्मको औषधि खरिद खर्च सञ्चयकर्ताले पाउनेछन् । बढीमा दुई पटकको लागि एक पटकमा रु चार हजार ५०० सम्मको प्रसूति खर्च प्रदान गरिने कोषले जनाएको छ । 

दुर्घटनाबाहेक प्रतीक्षा अवधि बीमालेख जारी भएको मितिले औषधोपचारको हकमा ३० दिन र घातक रोगको हकमा ९० दिन हुनेछ । बीमालेख नवीकरण गर्दा प्रतीक्षा अवधि लागू हुने छैन । 

शाखा कार्यालयबाटै भुक्तानी 

सञ्चयकर्ताले अस्पतालबाट घरफिर्ता भएको ३५ दिन वा बिरामी भएको ६० दिनभित्र कम्पनीलाई सोको जानकारी गराउनुपर्नेछ । दाबीको लागि आवश्यक कागजपत्रसहित सञ्चयकर्ताले कम्पनीसमक्ष अस्पतालबाट घरफिर्ता भएको सामन्यतः छ महीनाभित्र पेश गरिसक्नुपर्ने छ । 

शाखा कार्यालयमार्फत रु २५ हजारसम्मको दाबी रकमको भुक्तानी १५ दिनभित्र, रु २५ हजारदेखि एक लाखसम्मको दाबी ३० दिनभित्र र घातक रोगका लागि ४५ दिनभित्र केन्द्रीय कार्यालयमार्फत दाबी गर्न सकिने समझदारीमा उल्लेख छ । 

बीमा रकम दाबी गर्न कम्पनीले तोकेको ढाँचामा सञ्चयकर्ताको निवेदन, कम्पनीबाट उपलब्ध गराइएको फारम, अस्पतालको छाप, सम्बन्धित चिकित्सकको दस्तखत र नेपाल मेडिकल काउन्सिलले उपलब्ध गराएको दर्ता नम्बर, चिकित्सको सक्कलै पूर्जा र ‘डिस्चार्ज स्लिप’सहित कोषको प्रमाणित पत्र पेश गर्नुपर्नेछ । 

दुर्घटनाबाट उपचार गर्नुपर्ने बाहेक दाँतको उपचार वा शल्यक्रिया, आँखाको सामान्य जाँच वा चश्मा खरिद, श्रवण उपकरण खरिद र ‘कस्मेटिक सर्जरी’, मादक पदार्थ वा लागूपदार्थ सेवन तथा अनधिकृत तवरबाट अन्य औषधिको सेवनका कारण सिर्जित रोग तथा चोटपटकको उपचारमा बीमा दाबी गर्न नसकिने कोषले स्पष्ट पारेको छ । 

दुई मुलुकबीच भएको घोषित वा अघोषित लडाईं, आमहड्ताल, हुलदङ्गामा सहभागी हुँदा भएको चोट पटक वा उपचार खर्च तथा बीमालेख प्रारम्भ हुनुभन्दा अगाडि लागेका रोगको उपचारका क्रममा भए÷गरेका खर्च र बीमालेख जारी भई प्रतीक्षा समय सीमाभित्र भएका खर्च बीमाले नसमेट्ने कोषले जनाएको छ । 

आयुर्वेदिक औषधिका खर्च तथा उपचार उपकरणको प्रयोगमा बीमा दाबी गर्न पाइने छैन तर कमलपित्तको आयुर्वेदिक उपचारमा भने बीमा दाबी गर्न सकिनेछ । विदेशमा गरेका उपचार तथा खर्चहरु चिकित्सकको सिफारिशमा बीमालेखको सीमाको अधिनमा रही भुक्तानी दिन सकिनेछ । 

कोष र बीमा कम्पनीबीच भविष्यमा सञ्चयकर्ताको परिवार तथा अवकाश प्राप्त सञ्चयकर्तालाई समेत समावेश गरी सम्वन्धित व्यक्तिले बीमा गर्न चाहेमा आवश्यक व्यवस्था गर्न सकिने समझदारीसमेत भएको छ । 

दूरगामी महत्वको समझदारी 

कोषका प्रशासक गौतमले स्वास्थ्योपचार अत्यन्त खर्चिलो र महँगो बन्दै गएको अवस्थामा यस समझदारीले नेपालको इतिहासमै दीर्घकालीन र दूरगामी महत्वको राख्ने बताउनुभयो । 

उहाँले सामाजिक सुरक्षा कोषका रुपमासमेत स्थापित हुँदै गएको सञ्चयकर्ताको जीवनयापनलाई सहज बनाउन विभिन्न सामाजिक सुरक्षाका कार्यक्रमलाई लागू गर्दै आएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “कोष सञ्चयकर्ताका लागि मात्र होइन, अब सञ्चयकर्ताका बाबु, आमा, श्रीमती, छोराछोरीलाई समेत सामाजिक सुरक्षाको दायरामा समेट्ने गरी अघि बढ्छ ।” 

बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रायमाझीले बीमा कम्पनीको इतिहासमा पहिलोपटक ठूलो सङ्ख्या बीमालेख जारी भएको बताउनुभयो । कोषले स्थापनाकालदेखि नै सञ्चयकर्ताको हितमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । हाल कोषमा छ लाख जनाले रकम राख्दै आएका छन् । 
–अशोक घिमिरे ÷रासस

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x