×

NMB BANK
NIC ASIA

भत्काइएका घर टहराको मुआब्जा छिटो वितरण गर्न माग

कात्तिक २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बनेपा-बनेपा नगरपालिका वडा नं १४ साँगादेखि धुलिखेल नगरपालिकको बसपार्कसम्मको अरनिको राजमार्गअन्तर्गत सडक मापदण्डभित्र परेको भनी भत्काइएका घर टहराको मुआब्जा छिटो वितरण गर्न पीडितहरूले माग गरेका छन् । 

साँगाका ईश्वर मानन्धरले आफ्नो घर नगरपालिका र भक्तपुर डिभिजन सडक कार्यालयले भत्काएको हप्तौ बितिसक्दा पनि अहिलेसम्म मुआब्जा कहिले पाउने भन्ने नै थाहा पाउन नसकेको भन्दै आक्रोश पोख्नुभयो । सरकारले २०३१ सालअघि बनाएको संरचनाको मुआब्जा दिने भने पनि विसं २०२६ देखि सो स्थानमा घर बनाएर साना होटल सञ्चालन गर्दै आउनुभएका उहाँले हप्तौँ बितिसक्दा पनि मुआब्जा कहिले पाईन्छ भन्नेमा कुनै जानकारीसमेत नदिएको बताउनुभयो । 

“घर भने पनि जग्गा भने पनि त्यही मात्र थियो, अहिले डेरामा बसिरहेका छौँ”, मानन्धरले भन्नुभयो, “सडक विस्तार गरेकामा खुशी छौँ तर हामीले अहिलेसम्म मुआब्जा पाइरहेका छैनौँ, नपाइकन सुकुम्बासी भएर बस्ने ? यो त भएन नि हामी कहाँ गएर बस्ने ?”, उहाँको प्रश्न थियो 


“नगर प्रमुख लक्ष्मीनरसिंह बादेले दशैँ अगाडि नभत्काउने र भत्काउनुभन्दा अगाडि नियमअनुसार मुआब्जा पाउनेको मुआब्जा वितरण गर्ने भन्नुभएको थियो, तर अगाडि नै भत्कायो”, मानन्धारले भन्नुभयो । 

बनेपा नगरपालिका–१४ का वडाध्यक्ष गौरी राउतले नक्सापासअनुसारको मुआब्जा पाउनुपर्ने व्यक्तिको विवरण सङ्कलन गरेर नगरपालिकामा पेश गरी त्यहाँबाट डिभिजन सडक कार्यालयमा पेश गर्ने काम अगाडि बढिसकेको बताउनुभयो । 

डिभिजन सडक कार्र्यालयका इञ्जिनीयर गोपालप्रसाद खकुरेलले जिल्लास्थित प्रमुख जिल्ला अधिकारीको अध्यक्षमा बनेको समितिले सबै कागजातसहितको विवरण सङ्कलन गरी पेश गरेपछि मात्रै त्यसका लागि प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।

Muktinath Bank

दुई जिल्लाको सिमानामा रहेको सो ठाउँमा सडक मापदण्ड मिचेर बनाएका दर्जनौँ घर टहरा भत्काइएको छ । काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको नौ किलोमिटर सडक फराकिलो बनाउन अनाधिकृतरूपमा बनेका घर टहरा भत्काएर सडक फराकिलो बनाउने काम शुरु गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x