×

NMB BANK
NIC ASIA

निजी स्रोतका शिक्षककाे पीडा, उधारोमा पढाउँदा हैरान

कात्तिक २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जाजरकोट-  पञ्चभयार माध्यमिक विद्यालय नलगाड–८ का शिक्षक इन्द्र खत्रीले एक वर्षदेखि तलब पाएका छैनन् । विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी व्यवस्था नहुँदा निजी स्रोतबाट तलब, भत्ता बेहोर्ने गरी खत्रीलाई दुई वर्षअघि नियुक्त गरिएको थियो । 

Sagarmatha Cement
Muktinath Bank

विद्यालयका शिक्षक रवीन्द्र खत्री र मीना बुढा खत्रीले पनि सात महीनाको तलब पाएका छैनन् । तलब माग्दा विद्यालय व्यवस्थापन समितिको बैठक बोलाएर कतैबाट पैसा ल्याएर तलब दिइने जवाफ विद्यालय प्रशासनले दिने गरेको पीडित शिक्षकले बताएका छन् । उद्यारोमा पढाउँदा, पढाउँदा हैरान भएको उनीहरुको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सोही वडाकै सूर्यकिरण आधारभूत विद्यालयमा पढाउने शिक्षक गोपाल केसी, हिमकुमारी खत्री, लालबहादुर खत्रीलगायतले विगत सात महीनाको तलब पाएका छैनन् । लेकबेँसी आधारभूत विद्यालय कार्यखेत, धासाइना आधारभूत विद्यालय, सरस्वती आधारभूत विद्यालय, बारेकोट गाउँपालिका–५ लगायत विद्यालयका शिक्षकले तलब नपाएको बताएका छन् । 

विद्यार्थी र तहअनुसारको शिक्षक दरबन्दी नहुँदा गाउँलेले आफैँ बेहोर्ने गरी राखिएका शिक्षकले तलब खाना नपाएका हुन् । स्थानीय सामुदायिक वन, विद्यार्थी भर्नाबाट उठेको रकम, गाउँलेले उठाएको रकमबाट शिक्षकलाई तलब दिँदै आएको विद्यालय व्यवस्थापन समितिले जनाएका छन् । 

कतै विद्यालय निर्माण गर्नका लागि छुट्याएको रकमबाट शिक्षकलाई तलब खुवाएको पनि भेटिएकोे छ । गाउँलेले विद्यालय निःशुल्क निर्माण गरी विद्यालयमा आएको बजेट तलब दिने व्यवस्थासम्म गरेको पञ्च भयार माविका प्रधानाध्यापक हुमप्रकाश सिंहले बताउनुभयो । ऋण काँढेर शिक्षकलाई तलबभत्तासमेत उपलब्ध गराउन बाध्य भएको सिंहले बताउनुभयो । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x