×

NMB BANK
NIC ASIA

खाडीबाट फर्केर पशुपालन

कात्तिक २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

कास्की-कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोक खरीबोटका रीमबहादुर गुरुङ (नारायण) उमेरले ४५ वर्ष पुग्नुभयो । शरीर बुढ्यौलीतर्फ लम्कँदै गर्दा उहाँले अहिले पशुपालन पेशामा आकर्षित हुनुभएको छ । 

बिस वर्षको उमेरमा वैदेशिक रोजगारीका लागि बिदेशिनुभएका उहाँ स्वदेश फर्केर आएपछि भैँसी फार्म खोलेर पशुपालनमा आकर्षित हुनुभएको हो । “खाडी मुलुक कतार, मलेसिया र कुवेतमा गरी २५ वर्ष काम गर्दा पनि जीविकोपार्जनमा समस्या भएपछि पशुपालन व्यवसाय रोजेको हुँ । ” उहाँ भन्नुहुन्छ, “विदेशमा साह्रै दुःख भोगियो । कहिले ५०/६० डिग्रीको चर्को घाम त कहिले चिसो ठण्डीमा काम गर्नुपर्दाको कष्ट र हैरानी वर्णन गरिसाध्य छैन । अब आफ्नै ठाउँमा बसेर जीविकोपार्जन हुने वातावरण बनेकाले यही पशु पाल्ने निर्णयमा पुगेँ ।” 

वैदेशिक रोजगारीबाट मासिक कमाइ हुने जति रकम अहिले शुरुआती चरणमै परिवारका साथमा बसेर आम्दानी हुन थालेको उहाँ बताउनुहुन्छ । आफ्नै चार रोपनी जग्गामा गत असारदेखि फार्म शुरु गर्नुभएका गुरुङको फार्ममा अहिले आठ माउ र पाँच पाढापाडी छन् ।

Muktinath Bank

विस्तारै भैँसीको सङ्ख्या थप्दै जाने सोच रहेको उहाँ सुनाउनुहुन्छ । व्यवसाय शुरु गर्दा रु २० लाख लगानी भएको र हाल दैनिक ८० लिटर दूध बिक्री गर्दै आएको गुरुङको भनाइ छ । भैँसीको स्याहार गर्न कामदार राखे पनि गुरुङ आफू पनि बिहानदेखि रातिसम्म खट्नुहुन्छ । दूध बिक्रीका लागि बजारको समस्या नभएको र आफ्नै गाडीबाट पोखरासम्म बिक्रीका लागि पुर्याउने गरेको उहाँको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गुरुङको दैनिकी बिहान दुई बजेबाट शुरु हुन्छ । दुई बजे बिहान उठेपछि फार्मको धन्दा सकेर बिहान उज्यालो नहुँदै दूध पोखरा पठाउने गरेको र राति १० बजेसम्म पनि कामधन्दामै व्यस्त हुने गरेको उहाँ सुनाउनुहुन्छ । 

सोही वडाका वडाध्यक्ष सूर्यप्रसाद लम्साल गुरुङको मेहनत र परिश्रम उदाहरणीय रहेको बताउनुहुन्छ । पछिल्लो समय व्यावसायिक पशुपालनतर्फ आकर्षण देखिए पनि आफैँ मालिक र कामदार दुवै बनेर काम गर्नेको सङ्ख्या भने कम रहेको उल्लेख गर्दै उहाँ भन्नुहुन्छ, “फार्म खोल्नेक्रम बढ्दो छ तर धेरै जना आफूले काम गर्नुभन्दा पनि कामदारमै निर्भर छन् ।


Advertisment
Nabil box
Kumari

नारायण भने आफैं काममा खटिने गरेका छन् । यो सबैका लागि उदाहरणीय बनेको छ ।” अहिले वडामा व्यावसायिक पशुपालन गर्नेको सङ्ख्या बढेसँगै दैनिक दुई हजार ५०० सय लिटर दूध पोखरामा बिक्री वितरणका लागि लैजाने गरेको वडाध्यक्ष लम्साल बताउनुहुन्छ । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x