×

NMB BANK
NIC ASIA

श्रीलंकाको राजनीतिक संकट : नेपालमा झैं प्रत्युत्पादक भइदेला भनी भारत पर्‍यो अजमञ्जसमा

कात्तिक २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — श्रीलंकामा अहिले चरम राजनीतिक संकट छ । लगातार नाटकीय मोड लिइरहेको श्रीलंकाको राजनीतिले भारतलाई चिन्तित तुल्याएको छ । 

श्रीलंकाली संसद्ले बुधवार प्रधानमन्त्री महिन्दा राजपक्षेविरुद्ध अविश्वास प्रस्ताव पारित गरिदियो । 

अनि हटाइएका प्रधानमन्त्री रनिल विक्रमसिंघे प्रधानमन्त्रीको आधिकारिक निवासमै बसिरहेका छन् । 

राजपक्षे चाहिँ संसद्को अविश्वास प्रस्ताव अनैतिक भएको बताइरहेका छन् । 

हिन्द महासागरमा रणनीतिक रूपमा महत्त्वपूर्ण मुलुक श्रीलंकामा राजनीतिक संकट चर्किंदा भारत हस्तक्षेप गर्ने स्थिति छैन । 

श्रीलंकामा चीनले लगातार लगानी गरेर निकटता बढाएकाले पनि भारत चिन्तित भएको हो । संसारको सबभन्दा व्यस्त पानीजहाज मार्गमा पर्ने टापु मुलुक श्रीलंका चीनको सैन्य आउटपोस्ट बनिदेला भनी भारत डराएको हो । 

त्यसैपनि हिन्द महासागरमा चीनका जहाजहरूको उपस्थिति बढेको बढ्यै छ । 

पूर्वराष्ट्रपति महिन्दा राजपक्षेलाई चीननिकट नेता मानिन्छ । उनले आफ्नो कार्यकालमा चीनको महत्त्वाकांक्षी पेटी सडक परियोजनामा देशलाई संलग्न गराएका थिए । 

सन् २०१६ मा राजपक्षेविरोधी मैत्रीपाला सिरिसेनाको विजय हुँदा त्यसलाई भारतको रणनीतिक जीतका रूमा हेरियो र तर सिरिसेना राष्ट्रपति बनेपछि पनि केही परिवर्तन आएन । उनले पनि चीनका परियोजनाहरूलाई जारी राखे । 

अझ सिरिसेनाले एकचोटि त श्रीलंकालाई चीनको समर्थन अत्यन्तै आवश्यक रहेको बताएका थिए । 

श्रीलंकामा हस्तक्षेप गर्न भारत अनिच्छुक देखिएको छ । राजपक्षे श्रीलंकामा लोकप्रिय नेता हुन् । सन् २०१८ को शुरूआतमा स्थानीय चुनावमा उनको दलले भारी बहुमत ल्याएको थियो । 

सिंहालीहरूमा उनको लोकप्रियता धेरै छ किनकि उनैले तमिल पृथकतावादी संगठन लिट्टेलाई हराएका थिए । 

उता चीनले पनि इशारैमा भारतलाई श्रीलंका संकटबाट टाढा रहन भनेको छ । श्रीलंकामा चीनका राजदूतले राजपक्षे र विक्रमसिंघे दुवैसँग भेटघाट गरिसकेका छन् । 

चीनले आफू मित्रवत् छिमेकी भएको र अर्को देशमा अहस्तक्षेप सिद्धान्त पालन गर्ने बताएका थिए । चीनको यो बयान भारतप्रति लक्षित छ र उसले श्रीलंकामा हस्तक्षेप नगर्न भारतलाई संकेत दिएको हो । 

Sagarmatha Cement
Muktinath Bank

अनि नेपालको राजनीतिमा भारतीय हस्तक्षेपको उल्टो परिणाम देखिएपछि भारत झस्किएको हो । श्रीलंकामा भारतीय हस्तक्षेप प्रत्युत्पादक भइदेला भनी श्रीलंका सचेत भई कदम चाल्न खोज्दैछ ।

एजेन्सी 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x