×

NMB BANK
NIC ASIA

अमेरिकामा सैन्य संकट आएको र चीन, रुसले उसलाई हराउन सक्ने दाबी

कात्तिक २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — अमेरिकाको एक संसदीय प्यानलले अमेरिका सुरक्षा तथा सैन्य संकटको सामना गरिरहेको चेतावनी दिएको छ । 

युद्ध भएमा रुस र चीनले अमेरिकालाई हराउन सक्ने प्यानलले बुधवार चेतावनी दिएको हो । 

कंग्रेसले नेसनल डिफेन्स स्ट्य्राटेजी कमिसनलाई डोनल्ड ट्रम्पको राष्ट्रिय सुरक्षा रणनीति अध्ययन गर्न भनेको थियो । यो रणनीतिबाट नै अमेरिकाले चीन र रुससँग शक्ति सन्तुलन बनाउन सक्छ । 

स्ट्य्राटेजी कमिसनमा अनेकौं पूर्व डेमोक्रेटिक र रिपब्लिकन अधिकारीहरू छन् । उनीहरूका अनुसार, अमेरिकी सेनाको बजेटमा कटौती गरिएको छ । सैनिकहरूले पाउने सुविधामा कमी आएको छ । अनि चीन र रुसजस्ता देश अमेरिकाको शक्ति कम गर्ने कोशिश गरिरहेका छन् । 

कमिसनका अनुसार, अमेरिकाको सेनाले नै उसलाई संसारमा सबभन्दा शक्तिशाली बनाएको छ । तर अहिले उसको सैन्यशक्ति कमजोर भएको छ । एक्काईसौं शताब्दीमा अमेरिकाको बढी ध्यान आतंकवादविरोधी अभियानमा
केन्द्रित छ । त्यसले गर्दा अमेरिकाको क्षेप्यास्त्र प्रतिरक्षा, साइबरस्पेस अपरेसन अनि जमीन र पनडुब्बीबाट हुने आक्रमण रोक्ने क्षमतामा कमी आएको छ । 

संसदीय प्यानलको रिपोर्टमा भनिएको छ, ‘एसिया र युरोपमा अमेरिकी प्रभाव कम भएको छ । सैन्य सन्तुलन पनि परिवर्तन भएको छ । त्यसले गर्दा युद्धको जोखिम बढेको छ । भविष्यका लडाईंमा अमेरिकी सेनाले धेरै हानि बेहोर्नुपर्ने
हुन्छ । रुस र चीनसँगको युद्ध अमेरिकाले जित्न पनि सक्छ, हार्न पनि सक्छ । अमेरिकाले दुई वा तीन मोर्चामा एकैसाथ लड्नुपर्ने पनि हुन सक्छ ।’

यो वर्ष पेन्टागनले सेनाका लागि लगभग ८० लाख करोड रुपैयाँको बजेट घोषणा गरेको छ । यो रुस र चीनको संयुक्त बजेटभन्दा पनि बढी हो । 

कमिसनका अनुसार, अमेरिकाले आफ्नो लक्ष्य हासिल गर्नका लागि यो बजेट अझै पनि कमै हो । डिफेन्स बजेटमा वर्षैपिच्छे तीनदेखि पाँच प्रतिशत वृद्धि गर्न सिफारिश गरिएको छ । 

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x