माघ १८, २०८०
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
पाकिस्तानमा आसिया बीबीलाई अदालतले सफाइ दिएपछि फैलिएको विरोध प्रदर्शनले इस्लामी सोचको असहिष्णुताको गहिराइ उजागर गरेको छ । हजारौं विरोधकर्ताहरू भेला भएर आसियालाई मृत्युदण्ड दिनुपर्ने बताइरहेका छन् । दंगा गर्नेहरूले कारमा ढुंगा हानेका छन् अनि टायर बालेका छन् र पाकिस्तानी सांसदहरूलाई सोच परिवर्तन गर्न अनुरोध गरेका छन् । सडकमा ठूल्ठूला कन्टेनरहरू तेर्स्याइएका छन् । एकजना विरोधकर्ताले आसिया बीबीलाई नझुण्ड्याएसम्म सडक अवरुद्ध रहने भनेका छन् ।
यो सबै विरोधका पछाडि सन् २००९ मा भएको घटना कारणका रूपमा रहेको छ । क्रिस्चियन महिला आसियाले बयर टिप्दै गर्दा प्यास लागेकाले एउटा इनारनजिकको तामाको कचौराबाट पानी पिइन् । यो देखेपछि आसियासँग ठाकठुक परिरहने मुसलमान छिमेकीले त्यसरी कचौराबाट पानी पिउँदा तल्लो जातका क्रिस्चियनले माथिल्लो जातका मुसलमानलाई बिटुल्याएको आरोप लगाइन् । यसरी छिमेकीले अपमान गरेपछि आसियाले पैगम्बर मुहम्मदको निन्दा गरेको आरोप छ । त्यसपछि आसियालाई विलम्बित मृत्युदण्ड दिइयो र उनले नौ वर्षको कारावास सजाय भोग्नुपर्यो ।
यो मुद्दाले पाकिस्तानमा रहेको अनुदारवादी ईश्वरनिन्दा कानूनका बारेमा उजागर गर्यो । तर त्यससँगैको समस्या मृत्युदण्डप्रतिको समर्थन अहिले सडकमा छताछुल्ल हुन आएर जन्मिएको छ । विरोधमा सारा जनताको समर्थन छैन । विरोध कार्यक्रम उग्रपन्थी तेहरीक–ए–लब्बैक नामक संस्थाले आयोजना गरेको हो र यो संस्था आसियाको मुद्दासँग टाँसिन आएको हो । यसको नाम पनि तिनै अंगरक्षकको नाममा राखिएको छ जसले पञ्जाब प्रान्तका उदारवादी गभर्नर सलमान तासीरलाई सन् २०११ मा हत्या गरेका थिए । तासीरले आसियाको प्रतिरक्षा गरेकाले उनको हत्या भएको हो ।
अनि के कुरा पनि साँचो हो भने पाकिस्तानको क्रिस्चियन अल्पसंख्यकमाथि व्यापक दमन र विभेद हुने गरेको छ । विगत दश वर्षमा मात्र उग्रवादी इस्लामी समूहहरूले केही राजनीतिक दलको मौन समर्थनमा चर्च तथा क्रिस्चियनहरू भेला हुने अन्य स्थानमा आक्रमण गर्ने गरेका छन् । अनि संस्थानहरूले क्रिस्चियनलाई विभेद गर्दै तल्लो स्तरको काममा लगाउने गरेका छन् ।
क्रिस्चियन (र अन्य धार्मिक अल्पसंख्यकहरू) माथि पाकिस्तानमा किन यतिविघ्न घृणा छ त ?
यसको उत्तर आंशिक रूपमा सन् १९४७ मा पाकिस्तान राष्ट्र निर्माण हुँदाको तनावमै निहित छ । बेलायती साम्राज्यवादी शासनबाट मुक्ति पाएकै क्षणमा जन्मेको मुलुक पाकिस्तान खासमा धर्मनिरपेक्ष राज्यका रूपमा कल्पना गरिएको थियो । तर सबैलाई थाहै छ, स्वतन्त्रताको उक्त क्षणमा भारतीय उपमहाद्वीप धार्मिक आधारका विभाजित भएको थियो । भारत हिन्दूहरूका लागि अनि पाकिस्तान मुसलमानहरूका लागि मातृभूमि मानिएको थियो । त्यसैले पाकिस्तान रूपमा धर्मनिरपेक्ष भएपनि सारमा इस्लामी थियो । यसको अर्थ प्रायः के लगाइन्छ भने पाकिस्तान राज्य अन्ततोगत्वा इस्लाममा निर्भर छ र यसको पहिचान इस्लामीका साथै भारतविरोधी पनि हो । अनि त राज्यले धार्मिक अल्पसंख्यकहरूसँगको सम्बन्ध जहिले पनि सुषुप्त रूपमा द्वेषपूर्ण नै राख्नुपर्ने हुन्छ ।
तनावहरू शुरूआतदेखि नै थिए । पाकिस्तानका संस्थापक मुहम्मद अली जिन्ना आफैं चाहिँ उदारवादी तथा धर्मनिरपेक्षताका समर्थक थिए । तर उनले भारतीय राष्ट्रिय कंग्रेसले धर्मनिरपेक्षताप्रति जनाएको प्रतिबद्धतालाई विश्वास गर्दैनथिए । त्यसैले उनले सन् १९४० को दशकमा स्वतन्त्रतासँगै दुई राज्यको अवधारणाको पैरवी गर्न थालेका थिए । ‘हिन्दू र मुसलमानहरू साझा राष्ट्रियताका रूपमा विकसित हुन्छन् भन्नु सपना मात्र हो,’ उनले बिलौना गरे । ‘हिन्दू र मुसलमानहरूको दुई फरक धार्मिक दर्शन, सामाजिक मान्यता र साहित्यिक परम्परा छ । उनीहरू एकअर्कासँग विवाह गर्दैनन् र सँगै खाँदैनन् अनि वास्तवमै दुई फरक सभ्यताबाट आएका हुन् । ती सभ्यता प्रमुख रूपमा विरोधाभासी विचार र अवधारणामा आधारित छन् ।’
सन् १९४७ मा ब्रिटिश इन्डियाको विभाजन भएपछि पाकिस्तान छुट्टै धर्मनिरपेक्ष राज्य र बेलायती इन्डियामा बस्ने मुसलमानका लागि घर तथा शरणस्थलका रूपमा स्थापित भयो । यो विभाजनले लाखौंलाई थातथलो छोड्न बाध्य बनायो अनि हजारौंको ज्यान लियो । यसले जातीय, सांस्कृतिक, वर्गीय, भाषिक र भौगोलिक रूपमा विभाजित जनतालाई राष्ट्रिय पहिचानको आधार इस्लामलाई बनाउन लगायो । पाकिस्तानी राज्यको वैधता दिने शक्ति नै इस्लाम हो । त्यसैले ईश्वरनिन्दा कानूनसहितको इस्लामलाई संरक्षण गर्नुमा पाकिस्तानको अस्तित्व टिकेको छ ।
त्यसो त पाकिस्तान इस्लामी बाटोमा सीधासीधा हिँडेको पनि हैन । खासमा सन् १९४० को दशकको अन्त्यतिर इस्लामी उग्रवादीहरूलाई जिन्नाले गरेको विरोधदेखि वर्तमान अवस्थामा धर्मनिरपेक्ष राज्य र इस्लामी दल तथा समूहबीचको असहज सम्झौतासम्म आउँदा अन्तर्निहित तनावहरू समाधान हुने लक्षण देखिएको छैन । इस्लामी सोच पाकिस्तानको राजनीतिक जीवनमा गहिरो गरी पसेका विभिन्न क्षणहरू छन् । उदाहरणका लागि, जिया उल–हकको सैन्य शासनलाई लिनुस् । सन् १९७७ देखि १९८८ सम्म उनले आफ्नो निरंकुश शासनलाई वैधता दिन इस्लामको सहारा लिए र विशेषगरी जमात–ए–इस्लाम लगायतका धार्मिक दलहरूको एजेन्डा हत्याए । उनले नयाँ इस्लामी कानूनहरू ल्याए, संघीय शरिया अदालत गठन गरे र विद्यालयहरूमा इस्लामको पढाइ गराउन आग्रह गरे । अनि उनले यो सबै पश्चिमको समर्थनमा गरे । पश्चिमले अफगानिस्तानमा सोभियत संघविरुद्धको युद्धमा इस्लामी मुजाहिद्दीनलाई हतियार दिने अनि सहयोग गर्ने पाकिस्तानी कदमलाई पूर्ण समर्थन गरेको थियो ।
हालसालैको कुरा गर्दा सन् २००० को दशकमा आतंकवादविरुद्धको युद्धमा पाकिस्तानले अमेरिकालाई समर्थन गर्दै इस्लामी अतिवादीलाई पनि सहयोग गरेको थियो । आतंकवादविरुद्धको युद्धले पाकिस्तानी समाजमा रहेको अतिवादी प्रवृत्तिलाई नियन्त्रण गर्नुको साटो चर्कायो ।
राष्ट्रिय एकताको अर्को स्रोतको अभावमा पाकिस्तानी शासकहरूले राज्यसञ्चालनका लागि इस्लामको प्रयोग गर्ने गरेका छन् । इस्लामको उपयोगिता यति धेरै छ कि पाकिस्तानका बहालवाला प्रधानमन्त्री इमरान खानले चुनावी अभियानमा ईश्वरनिन्दा कानूनको समर्थन गर्ने प्रतिज्ञा गरेका थिए । त्यही ईश्वरनिन्दा कानूनले आसियालाई मृत्युदण्ड दिलाएको हो ।
इस्लाम धर्म र मुसलमानहरूको संरक्षणलाई नै आधार बनाएर खडा भएको राज्यमा ईश्वरनिन्दा कानूनहरू कायम रहनु अनि क्रिस्चियनहरूविरुद्ध विभेद गरेर दमन गरिनु आश्चर्यको कुरा हो र ?
हुन त यो अधिकांशतया साम्राज्यवादी विरासत हो । उन्नाईसौं र बीसौं शताब्दीमा बेलायती अधिकारीहरूले भारतलाई नियन्त्रणमा राख्नका लागि फुटाऊ र शासन गरको नीति अपनाएका थिए । त्यसक्रममा उनीहरूले भारतमा विद्यमान परम्परागत जात व्यवस्थालाई झनै चर्काए अनि भारतीयहरूलाई जात, धर्म र भाषाको वर्गमा विभाजित गरे । रडयार्ड किप्लिङले दी एजुकेसन अफ ओटिस यीरेमा लेखेका छन्, ‘कठोर सुपरीवेक्षण र उनीहरूलाई एकअर्का विरुद्ध लडाउने काम । हाम्रो सरकारको रहस्य यही हो ।’ त्यसैले त साम्राज्यवादी अधिकारीहरूले भारतीयहरूमाझ विभाजन र पारस्परिक शंका जन्माए जसलाई भारतीय राष्ट्रिय कंग्रेसका नेताहरूले निर्मूल पार्न सकेनन् ।
त्यसैले पाकिस्तान साम्राज्यवादी विरासतको पकडमा छ । तर त्यही नै उसको नियति होइन । पाकिस्तानको धर्मनिरपेक्षता र धार्मिक यथार्थताको द्वन्द्वमा अहिले धार्मिकता भारी भएको देखिन्छ । तर यो सधैं यस्तै हुनुपर्छ भन्ने छैन । उदारवादी धर्मनिरपेक्ष विरासत पाकिस्तानमा अझै विद्यमान छ । पाकिस्तान अहिले पनि जिन्नाले भनेजस्तै राष्ट्र बन्न सक्छ जहाँ ‘तिमी आफ्ना मन्दिर जान स्वतन्त्र छौ । तिमी आफ्ना मस्जिद जान स्वतन्त्र छौ । पाकिस्तान राज्यमा प्रार्थनाका लागि तिमी कुनै पनि ठाउँमा जान स्वतन्त्र छौ । तिमी जुनसुकै धर्म वा जात वा समुदायको भएपनि राज्यलाई त्यसको कुनै मतलब छैन ।’
स्पाइक्डमा प्रकाशित टिम ब्ल्याकको विश्लेषणको भावानुवाद
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...