×

NMB BANK
NIC ASIA

बेलायतमा राजनीतिक संकट : भकाभक राजीनामा दिँदै मन्त्रीहरू, प्रधानमन्त्री मेको पद धरापमा

कात्तिक २९, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — ब्रेक्जिटका विषयमा प्रधानमन्त्रीसँग मतभेद भएपछि बेलायती सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् । 

ब्रेक्जिट सेक्रेटरी डोमिनिक राबले युरोपेली संघसित बेलायतले गरेको मस्यौदा ब्रेक्जिट सम्झौतालाई समर्थन गर्न नसक्ने भन्दै राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री टेरिजा मेले बुधवार बेलुका उक्त सम्झौतामा आफ्नो मन्त्रिपरिषद्को समर्थन रहेको घोषणा गरेकी थिइन् । 

तर कैयौं मन्त्रीहरूले त्यसविरुद्ध बोलेको बुझिएको छ ।

राबले राजीनामा दिएको एक घन्टापछि वर्क एन्ड पेन्सन्स मन्त्री एस्थर मक्वेले पनि राजीनामा दिएकी छन् । 

अनि कन्जर्भेटिभ पार्टीका केही सांसदहरूले मेविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सुझाव समेत दिएका छन् । 

त्यसैगरी नर्दर्न आयरल्यान्ड अफिसका एक मन्त्री शैलेश भाराले पनि राजीनामा दिएका छन् ।

शिक्षामन्त्रीकी एक सहयोगी एन–मारी ट्रेभेल्यानले पनि राजीनामा दिएकी छन् ।

ब्रेक्जिट पक्षधर कन्जर्भेटिभ सांसद एन मारी मोरिसले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव सम्बन्धी पत्र धेरै सांसदले बुझाएको र अब नेतृत्वका लागि संघर्ष हुने बताइन् । 

उनले नयाँ प्रधानमन्त्री नियुक्त गर्नका लागि अनि ब्रेक्जिटको दिशा परिवर्तन गर्नका लागि प्रशस्त समय रहेको बताइन् भनिन्, ‘अहिले टेरिजा मेले नेतृत्व लिने समय होइन ।’

युरोपेली भन्सार नियम मान्ने गरी ब्रेक्जिट गराउने प्रधानमन्त्री मेको प्रस्तावलाई ब्रेक्जिट पक्षधरहरूले अस्वीकार गरेका हुन् । उनीहरू यसो हुँदा युरोपेली भन्सार नियममा बेलायत बाँधिने त्यसैले यो अस्वीकार्य भएको तर्क राख्छन् ।

एजेन्सी 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर २, २०७५

बर्लिन- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले विश्वलाई अस्तव्यस्तताबाट जोगाउन यूरोपको पुनजागरण आवश्यक रहेको बताएका छन् । आइतबार बर्लिनमा भएको एक कार्यक्रमका बाेल्दै फ्रान्सका राष्ट्रपति म्याक्रोँले भने, “यूरो...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

चैत १४, २०७४

कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ ।  चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् ।  सनु २०११ पछि नेतृत्वमा आएका किमको...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x