×

NMB BANK
NIC ASIA

विदेशमा पढेका विद्यार्थीको समकक्षता निर्धारण गर्न छुट्टै समिति बन्ने

कात्तिक ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ– विदेशी विद्यालय वा शिक्षण संस्थाबाट प्राप्त उपाधिको समकक्षता निर्धारण गर्नका लागि छुट्टै समिति गठन गर्ने भएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार पारेको ‘विद्यालय तथा शिक्षण संस्था सञ्चालन’सम्बन्धी विधेयकको मस्यौदामा ‘राष्ट्रिय योग्यता निर्धारण समिति’ गठन गरेर विदेशी विद्यालय वा शिक्षण संस्थाबाट प्राप्त उपाधिको समकक्षता निर्धारण गरिने प्रस्ताव गरिएको हो । 

यसअघि विदेशमा अध्ययन गरेका विद्यालय तहको शिक्षाका लागि पाठ्यक्रम विकास केन्द्र र उच्च शिक्षाका लागि त्रिभुवन विश्वविद्यालयले विदेशी विद्यालयमा पढेका विद्यार्थीको समकक्षता निर्धारण गर्दै आएको थियो । 

विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको अध्यक्षतामा गठित निर्धारण समितिमा सरकारले नेपाल सरकारले नियुक्ति गरेको एक जना शिक्षाविद्, मन्त्रालयका सहसचिव, विशेषज्ञ सदस्य र पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक सदस्य सचिव रहने व्यवस्था गरिएको छ । 

समितिले विदेशी विद्यालय वा शिक्षण संस्थाबाट प्राप्त शैक्षिक वा प्राज्ञिक प्रमाणपत्र वा प्राज्ञिक उपाधिले नेपालभित्र मान्यताप्राप्त गर्नका लागि त्यस्तो प्रमाणपत्र वा उपाधिको समकक्षता निर्धारण गर्नेछ । 

समितिले कुनै विदेशी सरकारबाट स्वीकृत प्राप्त वा सञ्चालित विद्यालय वा शिक्षण संस्थाबाट जारी भएको शैक्षिक प्रमाणपत्र वा प्राज्ञिक उपाधिको नेपालमा मान्यता दिने वा नदिने सम्बन्धमा सरकारलाई सुझावसमेत दिन सक्नेछ । 

यसैगरी विदेशमा अध्ययन गरेका व्यक्तिलाई शैक्षिक प्रमाणपत्र वा प्राज्ञिक उपाधिलाई मान्यता दिन सकिने हो भने त्यस्तो प्रमाणपत्र वा उपाधिलाई नेपालका विद्यालय वा शिक्षण संस्थाबाट प्रदान गर्ने कुन तह वा स्तरको उपाधिसरह मान्यता दिने हो त्यसको समकक्षता निर्धारण गर्ने, सरकारबाट मान्यता प्राप्त विदेशी विद्यालय वा शिक्षण संस्थाबाट जारी भएको शैक्षिक प्रमाणपत्र वा प्राज्ञिक उपाधिको तह वा स्तर निर्धारण गरी त्यसको प्रमाणपत्र जारी गर्ने, विद्यालय वा शिक्षण संस्थाबाट जारी भएको शैक्षिक प्रमाणपत्र वा प्राज्ञिक उपाधिको मान्यता कायम राख्न पुनरावलोकन गर्नुपर्ने देखिएमा त्यसको कारण खुलाई सरकारसमक्ष सुझाव दिनेसक्ने प्रस्तावित मस्यौदामा उल्लेख गरिएको छ । 

विदेशी शैक्षिक संस्थामा अध्ययन गरेका विद्यार्थीले अब समितिमा निवदेन दिएर आफ्नो शैक्षिक प्रमाणपत्रको समकक्षता गराउन सक्नेछन् । समितिलाई विश्वविद्यालयबाहेकका शिक्षण संस्थाले समकक्षता वा स्तर निर्धारण र मान्यता प्रदान गर्ने कामको अधिकार प्रदान गरिएको छैन । 

यसैगरी समितिले कुनै विश्व विद्यालयको प्रयोजनका लागि विदेशी विद्यालय वा शिक्षण संस्थाबाट प्रदान गरिएको शैक्षिक प्रमाणपत्र वा प्राज्ञिक उपाधिको स्तर वा समकक्षता सोही विश्व विद्यालयबाट निर्धारण भएबमोजिम गर्नुपर्ने मस्यौदामा उल्लेख गरिएको छ । 

विधेयकको मस्यौदामा विदेशी विश्वविद्यालयको सम्बन्धन प्राप्त गरी नेपालमा शिक्षण संस्था सञ्चालन गर्नका लागि सरकारको नाममा धरौटी र धरौटी प्रत्येक आठ वर्षमा नवीकरण गराउनुपर्ने व्यवस्था गरिएको छ । 

यसैगरी सम्बन्धन प्राप्त शिक्षण संस्थाले विश्वविद्यालय अनुदान आयोगको सिफारिशमा नेपाल सरकारले निर्धारण गरेकोभन्दा बढी हुने गरी शिक्षा शुल्क, दस्तुर वा अन्य कुनै रकम असुल गर्न नपाउने, सरकारले तोकेको सम्बन्धन प्राप्त गरेको वा शिक्षा शुल्क, दस्तुर वा अन्य कुनै रकम असुल गर्ने शिक्षण संस्थालाई रु १० लाखसम्म जरिवाना वा त्यस्तो शिक्षण संस्था बन्द गर्न वा दुवै कारवाही र सजाय गर्नसक्ने व्यवस्था छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x