नाजिबकी श्रीमतीलाई नयाँ अभियोग, लाखौँ डलर हिनामिना गरेको अभियोग

कात्तिक २९, २०७५

क्वालालमपुर- मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाककी श्रीमतीलाई नयाँ अभियोग लगाइएको छ । 

उहाँलाई ग्रामीण क्षेत्रका विद्यालयहरूमा सौर्य ऊर्जा जडानसम्वन्धी परियोजनामा लाखौँ अमेरिकी डलर हिनामिना गरेको अभियोग लगाइएको हो । 


ADVERTISEMENT

नाजिबकी श्रीमती रोसमा मनसुरलाई यसअघि पनि अरू विभिन्न अभियोग लगाइएको छ । 

त्यस बाहेक अन्य तत्कालीन अधिकारीहरूलाई पनि विभिन्न अभियोग लगाइएको छ । कतिपयलाई दण्ड सजायको फैसला भइसकेको छ भने कतिपयको अनुसन्धान भइरहेको छ । 

पूर्वप्रधानमन्त्री नाजिबलाई मात्रै ३८ वटा मुद्दा लगाइएको छ । 

कात्तिक २९, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस