×

NMB BANK
NIC ASIA

विराटनगरको नमूना बसपार्क सञ्चालनमा आउँदै, उद्घाटन नहुँदै बस हुइकिन थाले

कात्तिक ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर– विराटनगरमा बन्दै गरेको सुविधा सम्पन्न बस टर्मिनल (बसपार्क)को निर्माण पूरा भएको छ । तर अहिलेसम्म सञ्चालनको लागि कुनै तयारी देखिएको छैन । निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी गौरी–पार्वती निर्माण सेवाले बिहीबारदेखि आफ्नो सम्पूर्ण निर्माणको काम सकेको जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

विराटनगर महानगरपालिका वडा नम्बर ११ मा रहेको पुरानो बसपार्कलाई भत्काएर त्यही स्थानमा अहिले सुविधासम्पन्न बस टर्मिनलको भवन र सवारी  पार्किङ स्थल बनाइएको छ । २०७३ फागुनदेखि शुरु गरिएको निर्माण अवधी १८ महिनाको थियो । तर २०७५ कात्तिकसम्मको समय दिएर २० महिनामा निर्माण पूरा भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

टर्मिनलको निर्माण अवधि १८ महिना तोकिए पनि  अझैसम्म उद्घाटन गरिएको छैन । बसपार्कको जिम्मा लिएको गौरी–र्पाती निर्माण कम्पनी आफ्नो तर्फबाट बनाउने काम  १ महिना अगाडी नै सम्पन्न भएको भनि महानगरपालीकालाई जानकारी गराएको दावी गर्छ । निर्माण कम्पनीले काम सकेपछि गर्नु पर्ने उद्घाटनको कामको बारेमा महानगरले अझै केही दिन लाग्ने जनाएको छ ।


Advertisment
Nabil box
Kumari

उद्घाटन अगावै बसपार्कभित्र सवारी साधनहरु पार्किङमा राखिएका छन् । उद्घाटन अगाडी कुनै पनि सवारी साधनलाई  प्रवेश नगराउने भनिएको भए पनि अहिले बसपार्क भित्र बस र माईक्रोबस स्टेशन नै बनाएर बसेका हुन् । बसपार्कको भवन अगाडी खुद्रा चिया पसलका ठेलाहरु समेत राख्न थालिएका छन् ।

Vianet communication
Laxmi Bank

बसपार्क भित्र  ठेक्का प्रक्रियामा मात्र पसलहरु संचालन गर्न दिने तयारीमा विराटनगर महानगरपालिका रहेको छ । उद्घाटन अगावै सवारी साधन र खुद्रा पसल गर्नेहरुको विषयमा अहिलेसम्म महानगरले केही बोलेको छैन । 

तिहार अगाडी किन संचालनमा आएन ?
विराटनगरमा बनेको सुविधा सम्पन्न बसपार्क तिहार अगाडि उद्घाटन गरी संचालनमा ल्याउने तयारी थियो । मेयर भीम पराजुलीले त्यही अनुसार नगरवासीसँग बोल्दै हिँडेका थिए  । तर त्यो अवधिमा संचालनमा आउन सकेन त्यसको एउटा मात्र कारण थियो, बसपार्क पूर्वमा पर्ने नालाको स्ल्याब बनाउन ६ लेन सडक परियोजनाको आलटाल ।

अहिले पनि यो ६ लेनको सडक परियोजनाको नाला निर्माण नहुँदा समस्याको रुपमा देखिएको छ । सडकको नाला निर्माणको लागि नालाको स्ल्याबको लागि रड हाल्ने काम भएपनि ढलान गर्न आलटाल गर्दा संचालनमा ढिलाई भएको हो । बसपार्क निर्माणको सम्पुर्ण काम सकिएको छ । वसपार्क भित्रका विजुली, पानी, नाला र बस पार्किङको स्थानको  रङरोगनका सबै काम भइसकेका छन् । 

नगर विकास कोषको ८ करोड ४७ लाख ऋण सहयोगमा महानगरपालिकाले निमार्णको काम शुरु गरेको थियो । ३० कठ्ठा क्षेत्रमा निर्माण गरिएको बसपार्कमा साना ठूला गरी ५० देखि ६० वटासम्म बस अट्नेछ ।

महानगर यसो भन्छ 
विराटनगर महानगरपालिकाका इञ्जिनियर अर्जुन थापाले बस पार्कको निर्माण सकिएको स्वीकार गरे । तिहार अगाडी नै उद्घाटनको तयारी गरिएको भएपनि बसहरु निस्कने ठाउँमा ६ लेन परियोजनाको काममा ढिलाई हुँदा केही ढिला भएको उनको भनाई छ । ‘हामीले सडक विभागलाई बारम्बार चाँडो बनाइदिनु पर्यो भनेर भनिरहेका छौ, थापाले भने, अब नालामाथि स्ल्याब बन्ना साथ  मंसिरको पहिलो साता भित्रमा बसपार्क संचालनमा ल्याउने छौ ।’


अहिले बनेको बसपार्क एक नम्बर प्रदेश कै नमूना टर्मिनल बसपार्क हो । यहाँ प्रतिक्षालय, दुई पसल रहने छन् । पहिलो तल्लामा रेष्टुरेन्ट, लगेज रुम र प्रशासन कक्ष रहने छ ।  व्यवस्थित टिकट काउन्टर, सपिङ सेन्टर, यात्रुहरुका लागि वेइटिङ रुम, रेष्टुरेन्ट, व्यागेजहरु राख्ने स्थान मिल्ने गरी भवन बनाउने काम भएको थापाले बताए ।

त्यस्तै खानेपानीको सुविधाका लागि ट्यांकी, गाडीहरु धुनका लागि छुट्टै स्थान पनि हुने छ ।  बस टर्मिनलको भुईँतल्लामा आउट र इन डोर रहनेछ भने सबै तिर गरी ८ वटा टिकट काउन्टर रहनेछ । भुईँ तल्लामा नै बस पार्कको कार्यालय बनाइनेछ । दोस्रो तल्लामा रेष्टुरेन्ट, किचेन र ब्यागेज रुम बनाइएको छ । दोस्रो तल्लामा नै ब्यागेज रुम पनि बनाइएको छ । 

महानगरपालिकाबाट छोटो तथा लामो दूरीका लागि करिब २ सय सवारीका साधनहरु सञ्चालन हुँदै आएका छन् । अहिले जेनियल होटल पछाडी आँप बगैचामा अस्थायी रुपमा बसपार्कको ब्यावस्थापन गरिँदै आएको छ । विगत बर्षदेखि अव्यवस्थित रुपमा संचालनमा रहेको विराटनगर बसपार्कको स्थानमा नयाँ सुविधा सम्पन्न बसपार्क निर्माण भएसँगै नगरवासीले राहत महसुस गर्नेछन् ।

तर तत्कालको लागि भने नयाँ बनेको बसपार्क संचालनमा आउने बितिकै अहिले बसपाकै अगाडीको धुलोले बसपार्कलाई कुरुप बनाउने हो की भन्ने चिन्ता पनि उसै गरी बढेको छ  । सडकको अबस्था बेहाल हुँदा बाहिरको फोहोरले बसपार्कलाई बिगर्नेमा प्राविधिकहरुले चिन्ता ब्यक्त गरेका छन्  । बसपार्क संचालन गर्न भन्दा पहिला नै अगाडीको सडकलाई बनाउन सक्ने हो भने विराटनगरको बसपार्क साँच्चिकै नमूना बन्ने उनीहरुको भनाइ छ । 

बसपार्क तत्काललाई विराटनगर महानगरपालिका आफैँले संचालन गर्ने छ । बसपार्क संचालन गर्नको लागि विराटनगर महानगरपालिकाले ३ जना कर्मचारीलाई परिचालन गरिसकेको इन्जिनीयर थापाले जानकारी दिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x