युवा उद्यमी कमलकृष्ण कार्कीको निधन

कात्तिक ३०, २०७५

पाल्पा– पाल्पाका युवा उद्यमी कमलकृष्ण कार्कीको निधन भएको छ । उनको बिहीबार राति हृदयाघातका कारण निधन भएको हो ।

खाना खाएर सुतेका उनकाे स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल पुर्याइएकाे थियाे । युनाइटेड  मिसन अस्पताल पाल्पामा उपचारका क्रममा उनकाे निधन भएकाे हाे ।


ADVERTISEMENT

पाल्पा उद्योग वाणिाज्य संघका उपाध्यक्ष, होटल क्राउनका सञ्चालक, ढाकाका युवा उद्यमी कार्की तानसेन नगरपालिकाका स्थायी बासिन्दा हुन् ।

कात्तिक ३०, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस