×

NMB BANK
NIC ASIA

किम जोङ–उनले अत्याधुनिक हतियार निर्माणस्थलको गरे अवलोकन

कात्तिक ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — उत्तर कोरियाका नेता किम जोङ–उन हालै विकसित एक अत्याधुनिक हतियारको अवलोकन गर्नका लागि परीक्षणस्थल पुगेका छन् । अमेरिका र दक्षिण कोरियासँग न्यानो सम्बन्ध बनाउँदै गरेका किमले हतियार विकास चाहिँ जारी राख्ने घोषणा यससँगै गरेका छन् । 

कोरियन सेन्ट्रल न्युज एजेन्सीले ठ्याक्कै कुन प्रकारको हतियार हो र परीक्षण कहिले गरिएको हो भनी स्पष्ट पारेन । तर उत्तरको आणविक कार्यक्रमका सम्बन्धमा अमेरिकासँग वार्ता स्थगित भएको अवस्थामा यो सार्वजनिक घोषणा आएको हो । 

वाशिङटनसँगको सम्बन्ध सुधार्ने क्रममा उत्तर कोरियाले आणविक र क्षेप्यास्त्र परीक्षण स्थगित गर्ने बताएको थियो अनि किमले उत्तरको ध्वस्त अर्थतन्त्र सुधार गर्नमा जोड दिने भनेका थिए । 

‘रणनीतिक हतियारको शक्ति देखेर सर्वोच्च नेता किम अत्यन्तै उत्साहित हुनुभयो । रक्षाक्षेत्रका वैज्ञानिकहरू र हतियार उद्योगका कामदारहरूले देशको सुरक्षा क्षमता बढाएर अर्को महान् काम गरेको उहाँले बताउनुभयो,’ रिपोर्टमा लेखिएको छ । 

किमलाई सैन्य नेताहरूले घेरेका थिए र उनीहरूले टिपोट गरेका थिए अनि त्यसको एउटा मात्र तस्वीर सार्वजनिक गरिएको हो । उत्तरले अन्तिम परीक्षण सन् २०१७ को नोभेम्बरमा गरेको थियो र त्यसपछि नाटकीय रूपमा कोरियाली प्रायद्वीपमा न्यानोपन आएको थियो । 

अमेरिकाको परराष्ट्र मन्त्रालयका एक प्रवक्ताले जुन महिनामा सिंगापुरमा डोनल्ड ट्रम्पसँगको सम्मेलनमा गरेको सहमतिलाई किमले पालन गर्ने विश्वास आफूले लिएको बताए ।

एजेन्सी

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x