×

NMB BANK
NIC ASIA

खानेपानीमा खेलवाड : पैसा कमाउने ध्याउन्नमा मापदण्ड मिच्ने उद्योगमा शिलबन्दी

कात्तिक ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका २०७४’ कार्यान्वयन नगर्ने पानी उत्पादक उद्योगलाई शिलबन्दी गराउन थालेको छ ।

Sagarmatha Cement
Muktinath Bank

निर्देशिकाअनुसार बोतल पानी उत्पादनका लागि बोतलको वासिङ, फिलिङ र क्यापिङको काम स्वचालित मेशिनबाट गर्नुपर्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रशोधित पानीको गुणस्तर सुधार्न कृषि मन्त्रालयले पानी उद्योगमा असल उत्पादन अभ्यास (जीएमपी) सरहको मापदण्ड लागू गर्दै नयाँ निर्देशिका जारी गरेको हो । कार्यालयले हालसम्म ७ वटा कम्पनीमा शिलबन्दी गर्दै ती उद्योगलाई बोतलको पानी उत्पादनमा रोक लगाएको छ । 


Advertisment
Nabil box
Kumari

कार्यक्षेत्र १६ जिल्ला रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले निर्देशिका कार्यान्वयन नगर्ने अन्य उद्योगलाई पनि क्रमशः कारवाहीको दायरामा ल्याइने जनाएको छ । ‘निर्देशिकाअनुसार स्वचालित मेशिन नराख्ने उद्योगको अब बोतलको पानी उत्पादन गर्ने अनुज्ञापत्र रिन्यू हुँदैन,’ कार्यालयका खाद्य निरीक्षक श्रवणकुमार ढुंगानाले भने, ‘नियमानुसार अनुज्ञापत्र लिएर मात्र बजारमा पानी बिक्री वितरण गर्न पाइन्छ । आर्थिक वर्ष शुरू भएको ३ महिनाभित्र अनुज्ञापत्र नविकरण नभएमा वा नविकरणको प्रक्रियामा नगएमा पानीको विक्रीमा रोक लगाउन सकिने व्यवस्था छ ।’   

Vianet communication
Laxmi Bank

निर्देशिकाको बारेमा उद्योगीलाई जानकारी गराएर स्वचालित प्लान्ट लगायतका पूर्वाधार निर्माण गर्न दिइएको समयसीमा सकिएपछि कार्यालयले अनुगमन गरी ती उद्योगमा शिलबन्दी गरेको  हो । शिलबन्दी गरिएका उद्योगलाई जारको पानी उत्पादन गर्ने छुट भने छ । ढुंगानाका अनुसार २ उद्योगलाई जारको पानी समेत बिक्री गर्न रोक लगाइएकोमा १ उद्योगले जारका लागि आवश्यक पूर्वाधार पुर्याएपछि अनुमति दिइएको छ ।

केही समयअघि केही उद्योग अनुगमन गरेको कार्यालयले अब फेरि अनुगमनलाई पुनः तीव्रता दिइने जनाएको छ । ‘कर्मचारी अभावमा चाहे जसरी अनुगमन गर्न नसकिएको यथार्थता हो । तर हामीले अब फेरि पानी उद्योगको अनुगमनलाई तीव्रता दिन्छौं,’ खाद्य निरीक्षक ढुंगानाले भने, ‘अब कसैले पनि म्यानुअली बोतलमा पानी भरेर बजार पठाउन पाउँदैन ।’ 

सरकारले जार र बोतलमा सिलप्याक भएर आउने प्रशोधित पानीको गुणस्तर कायम गर्न खाद्य ऐन २०२३ अन्तर्गत बनेको खाद्य नियमावली २०२७ को नियम ३३ को ‘क’ बमोजिम नयाँ ‘प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका २०७४’ जारी गरेको हो । 

नियमावलीको ३३ (क) मा ऐनको उद्देश्य कार्यान्वयन गर्नका लागि ऐन तथा नियमावलीमा उल्लेख भएको व्यवस्थाको प्रतिकूल नहुने गरी मन्त्रालयले आवश्यक निर्देशिका बनाउने व्यवस्था छ ।

रुपन्देहीमा रहेका झण्डै ३० वटा पानी उद्योगमध्ये ८ वटाले मात्र स्वचालित प्लान्ट जडान गरेको बताइन्छ । कतिपयले शुरूबाटै स्वचालित प्लान्ट जडान गरेकोमा कतिपयले निर्देशिका जारी भएपछि प्लान्ट थपेर बजारमा पानी पठाएका छन् । तर सबै पानी उद्योगमा अनुगमन हुन नसक्दा कतिपयले हातैले बोतलमा पानी भरेर बजारमा पठाउने गरेको बताइन्छ । निर्देशिकाले बोतलको पानीको उत्पादनमा स्वचालित मेसिनको प्रयोग गर्न भने पनि जारको पानीलाई म्यानुअल गर्न बाधा पारेको छैन ।

निर्देशिकाअनुसार अनिवार्य रूपमा विभागबाट अनुमति लिएर उद्योगहरूले प्रशोधन गर्ने पानीको भण्डारण, प्याकेजिङ सामग्रीको भण्डारण, पूर्व प्रशोधन, पानीको प्रशोधन कक्ष, प्रशोधित पानी भर्ने कक्ष, जार तथा बोतल सफा गर्ने कक्ष, पुनः प्रयोग गर्ने बोटको भण्डारणको लागि पर्याप्त स्थान सहितको उद्योग व्यवस्था गर्नुपर्ने लगायतका भौतिक सुधारका काम गर्नुपर्नेछ ।

पानीको स्रोतको स्वच्छता, कामदार र काम गर्दा लगाइने लुगा, उद्योगबाट आउने फोहोर पानी व्यवस्थापनदेखि कामदारलाई अनिवार्य रूपमा ६ महिनामा १ पटक तालिमको व्यवस्था गर्नुपर्ने व्यवस्था छ । कम्तिमा महिनामा १ पटक उद्योगको मान्यताप्राप्त प्रयोगशालाबाट परीक्षण गराउनुपर्ने र हरेक ४ महिनामा विभागको प्रयोगशाला वा विभाग मातहतका प्रयोगशालाबाट परीक्षण गराउनुपर्नेलगायत बाध्यात्मक व्यवस्था निर्देशिकामा गरिएको छ ।

पुराना उद्योगले निर्देशिकाअनुरूपको मापदण्ड पालना गरेर उद्योगमा सुधार गरेमा तथा नयाँ उद्योगले मापदण्ड पालना गरेपछि मात्र उत्पादनको लागि अनुज्ञापत्र पाउने छन् । उपभोक्ता स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने पानीको गुणस्तर सुधारका लागि सरकारबाट निर्देशिका जारी भएर त्यसलाई कार्यान्वयनमा ल्याउनु अत्यन्त सकारात्मक रहेको उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका उपाध्यक्ष तेजकुमार पाठक बताए ।

उद्योगले पालना गर्नुपर्ने लामो सूचीको मापदण्डमा प्रशोधित पानीको प्रत्येक ब्याचको पीटीडीएस, कडापन, फ्री क्लोरीन, आइरन, एमोनिया तथा कोलिफर्म जस्ता आधारभूत प्यारामिटर कम्तिमा टेक्टकिट माध्यमबाट विश्लेषण गरी प्रत्येक महिना अभिलेख अद्यावधिक गर्नुपर्नेछ । सरकारले पानी उद्योगीसँग समेत परामर्श गरेर निर्देशिकाको प्रस्ताव तयार गरेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x