×

NMB BANK
NIC ASIA

कर्णालीमा मन्दिर–मस्जिद बनाउन ८ करोड, मुख्यमन्त्रीले रोके बजेट कार्यान्वयन

कात्तिक ३०, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – कर्णाली प्रदेश सरकारले मन्दिर, गुम्बा र मस्जिद निर्माणका लागि साढे ८ करोड बजेट विनियोजन गरेको छ ।

Muktinath Bank

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयले मन्दिर, मस्जिद र गुम्बा बनाउन बजेट विनियोजन गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सांसद ठम्मर विष्टले मन्दिर, मस्जिद र गुम्बा निर्माण गर्नुको साटो भौतिक पूर्वाधारतर्फ ध्यान केन्द्रीत गर्न सरकारलाई आग्रह गरेको बताउँछन् । ‘मैले संसदीय दलको बैठक तथा संसद बैठकमा पनि मन्दिर निर्माणभन्दा पनि भौतिक पूर्वाधार विकासमा जोड दिन सरकारलाई सुझाव दिएको थिएँ,’ उनले भने, ‘सरकारले सामाजिक मूल्य मान्यतालाई पनि आधार मानेर जान बजेट ल्याएको हुन सक्छ ।’


Advertisment
Nabil box
Kumari

सांसद दानसिंह परियारले आफूहरूले मन्त्रालयमा गएर मन्दिर निर्माणका लागि बजेट माग गरेको बताए । ‘हामी धर्म कर्मलाई पनि सकारात्मक रुपान्तरणका साथ लैजानुपर्छ भनेर मन्दिर निर्माणका लागि बजेट माग गरेका थियौं ।’
सामाजिक विकास मन्त्री दल रावलले सांसदले मन्दिर निर्माणका लागि बजेट माग गरेको बताए । उनले भने, ‘पुरातात्विक आस्थाका धरोहरलाई संरक्षण गरौं भन्ने ध्येयका साथ बजेट विनियोजन गरेका हौं ।’

Vianet communication
Laxmi Bank

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्ष २०७५/०७६ मा खर्च गर्ने बजेटमध्ये ८ करोड ५४ लाख ५० हजार रूपैयाँ मन्दिर, मस्जिद र गुम्बा निर्माणमा छुट्याएका छन् । जसमा २९ वटा नयाँ योजना र गत वर्ष पहिचान गरिएका ३५ वटा योजना रहेका छन् । यस वर्ष थप गरिएका २९ वटा मन्दिर, मस्जिद र गुम्बा निर्माणका लागि मन्त्रालयले ३ करोड ४० लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । एउटा मन्दिर निर्माणका लागि न्यूनतम ५ लाखदेखि अधिकतम २० लाख रूपैयाँसम्म छुट्याइएको छ ।

मन्त्रालयले मन्दिर र गुम्बा निर्माणका लागि भनेर सबैभन्दा बढी बजेट सुर्खेतमा छुट्याएको छ । सुर्खेतका देउतीबज्यै मन्दिर, शिव मन्दिर, रामजानकी मन्दिर, ठिन्ले ताकतेन लिङ गुम्बा, पेङबायाङदेलछुङदेल गुम्बा लगायत निर्माणका लागि ६५ लाख रूपैयाँ छट्याएको छ ।

डोल्पाका लागि ६० लाख छुट्याइएको छ, जसबाट गणेश र सरस्वती मन्दिर, सांचेन गुम्बा, ध्यांगगोनथ्यांगडोन गुम्बा, मण्टा भवानी मन्दिर लगायत निर्माण गरिने छ ।

जुम्लामा बुडाल मण्टा थान, चन्दननाथ मन्दिर, खुमालगाउँ कुलालबाडा मन्दिर, कैलाश मन्दिर, बाविरोधान मन्दिर, वण्डाली मन्दिर लगायत निर्माण गर्न ५० लाख रूपैयाँ खर्च गरिने भएको छ । 

जाजरकोटमा सुयाडा सिडी मन्दिर निर्माण गर्न १५ लाख, रुकुममा डिग्री साई मन्दिर निर्माण गर्न १५ लाख, मुगुमा साग्मो गुम्बा, शिवालय मन्दिर, नाचिंग तीर्थ गुम्बा लगायतका लागि ३५ लाख बजेट विनियोजन भएको छ ।

दैलेखमा बण्डाली मन्दिर, विन्ध्याबासिनी मन्दिर, कालिका मन्दिर, मस्जिद दरगाह लगायतका लागि ५० लाख बजेट छ भने हुम्लामा धिगा गुम्बा, ताङ्गिन गुम्बा, गुरामण्टा डाँडामाडु मन्दिर लगायतका लागि ३० लाख र सल्यानमा शिव गुफा सिढी निर्माण गर्न २० लाख विनियोजन गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरेको रातोकिताबमा उल्लेख छ ।

मन्त्रालयले यसबाहेक गत आर्थिक वर्ष २०७४/०७५ मा पहिचान गरिएका ३५ वटा मन्दिर, मस्जिद, गुम्बाका लागि २ करोड ९५ लाख रूपैयाँ विनियोजन गरेको छ । जसमा न्यूनतम २ लाख ५० हजारदेखि अधिकतम १० लाखसम्म छ ।

सामाजिक विकास मन्त्रालयले पनि पुरातात्विक ऐतिहासिक धार्मिक स्थलको संरक्षण र प्रवद्र्धनका लागि भन्दै ३ करोड ५० लाख रूपैयाँ विनियोजन गरेको छ । मन्त्रालयले बाँफीकोटकाँडामा रहेको बुरालबाबा मन्दिर स्तरोन्नतिका लागि १० लाख छुट्याएको छ भने बराहताल–५ सुर्खेतमा बोधीज्ञान तपोभूमि बुद्धविहारको आराधाना भवन निर्माण गर्न २० लाख छुट्याइएको छ । यसबाहेक विभिन्न जिल्लाका ५३ वटा मन्दिरका लागि समान ५–५ लाखको दरले बजेट विनियोजन गरेको सामाजिक विकास मन्त्रालयले कालिकोटको डाँडासिमनाथ मन्दिर निर्माण गर्न १० लाख छुट्याएको छ ।

बजेट कार्यान्वयनमा रोक

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्दिर, मस्जिद, गुम्बा निर्माणका लागि भनेर विनियोजन गरिएको सबै बजेट रोक्न निर्देशन दिएको बताए । उनले सांसद र जनताको मागका आधारमा मन्त्रालयले बजेट विनियोजन गरिएपनि मन्दिर निर्माणको बजेट कार्यान्वयन हुने या नहुने अन्योल रहेको बताए ।

‘मुख्यमन्त्री ज्यूले हामीलाई बजेट कार्यान्वयनमा नलैजान निर्देशन दिनुभएको छ,’ उनले भने, ‘सोही अनुरुप अहिले कार्यान्वयनमा लगिएको छैन । मुख्यमन्त्री ज्यूले जे निर्देशन दिनुहुन्छ, सोही अनुरुप अघि बढने छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x