×

NMB BANK
NIC ASIA

नदी किनारकाे कुमाल बस्ती : ‘खाए मकै, नखाए भोकै’

मंसिर १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरा-मुलुकमा ठुल्ठूला परिवर्तन आए पनि कालीगण्डकी नदीको किनारस्थित कुमाल बस्तीमा अहिले पनि ‘खाए मकै, नखाए भोकै’ भन्ने उखान चरितार्थ हुँदै आएको छ । तनहुँ जिल्लाको दक्षिणी भेग घिरिङ गाउँपालिका–४ को उर्वरभूमि गड्यौलीटारमा सिँचाइ अभावका कारण स्थानीय बासिन्दा अहिले पनि मुख्य खाद्यान्न बाली मकैमा निर्भर रहँदै आएका हुन् । 

बिहान उठेदेखि साँझ सुत्ने बेलासम्म विशेषगरी मकैकै भात, ढिँडो, आँटो, रोटी, भुटुवा र जाँडसमेत बनाउनाका साथैं वृद्ध र बालबालिकाका लागि सातुजस्ता परिकार बनाएर खानु–खुवाउनु पुस्ताँैदेखिको दैनिकी अहिले पनि कायमै छ । “बारीमा धान फल्दैन, विदेशबाट आएको र मजदुरी गरेर कमाएको पैसाले चामल किन्न सके मात्र भात खाने हो नत्र यही उब्जने मास, भटमास, बोडीको दाल र मकैको ढिँडो खाने गरेका छौँ”, गड्यौलीटारकी ४८ वर्षीया चन्द्रकुमारी कुमाल बताउनुहुन्छ । 

गाउँमा विद्युत् छैन, डिजेलबाट चल्ने कलमा कुट्दा महङ्गो पर्ने भएकाले परम्परागत कुटानी पिसानी गर्ने जाँतो र ढिकी प्रयोग गर्दै आएको र सिँचाइ अभावमा आकाशे वर्षाको भरमा खेती गर्दै आएका छौँ भन्दै उहाँ जोड दिनुहुन्छ, “बालबालिका, युवा तथा वृद्ध जुनसुकै उमेरका हुन् यहाँका सबैको मुख्य आहारा भनेकै मकै नै हो, के गर्ने विकल्प छैन, ‘खाए मकै, नखाए भोकै’ । यहाँका मानिसलाई मात्र नभई गाईवस्तुलाई समेत मकैकै कुँडो पकाएर दिने गरिन्छ ।” 

वैशाख महीनाको पहिलो हप्ता बारीमा लगाएको मकै साउनमा पाक्ने नयाँटारका भीमबहादुर कुमाल बताउनुुहुन्छ । मकै पाकेर भाँचेपछि भदौको पहिलो हप्तामा मास, बोडीको बीउ, भटमास र फेरी मकै बारीभित्रै छर्ने गरिएको उहाँको भनाइ छ । यहाँका प्रत्येक घरको आँगनमा भण्डारण गरेको मकैको सुली बाह्रै महीना देख्न पाइन्छ । 

भीमबहादुरका अनुसार गाउँपालिका–१ खुङलिङटार, जगौलीटार तथा वडा नं ४ को गड्यौलीटार र नयाँटारमा झण्डै ५५० घर कुमाल परिवारका साथै आसपासका करुवाटार, पिपलटार, रुपटार र पट्टाटारका अधिकांश बासिन्दाको खाद्यान्नको मुख्य आधार पनि मकै नै हो । 

उहाँका अनुसार गाउँपालिकामा उत्पादनका हिसाबले अन्न भण्डारका रूपमा रहेका अधिकांश फाँटमा सिँचाइको व्यवस्था गर्न सके खाद्यान्न र तरकारीमा जिल्ला आत्मनिर्भर हुने देखिन्छ । 

फाँटमा सिँचाइको व्यवस्था हुने हो भने कृषिबाट स्वरोजगार सिर्जना हुने भएकाले युवाशक्ति विदेशिनु नपर्ने स्थानीयवासीको भनाइ छ । आफूले लगाएको २५ रोपनी जग्गामा मकै राम्रो उत्पादन भएको र सो जग्गामा लगाएको मास बिक्रीबाट मात्र यस वर्ष लगभग रु छ लाख आम्दानी गर्ने लक्ष्य रहेको गड्यौलीटारका कृषक धनबहादुर कुमाल बताउनुहुन्छ । 

“उत्पादित वस्तु बिक्री हुँदैन कि भन्नु पर्दैन, खरीदका लागि व्यापारी गाउँमै आउने गरेका छन्”, उहाँ भन्नुहुन्छ, “मास, भटमास र बोडी प्रतिपाथी ५०० का दरले बिक्री हुने गरेको छ ।” कालीगण्डकी नदीको पानी लिप्टिङ प्रविधिमार्पmत फाँटमा सिँचाइ गर्न सक्ने हो भने स्थानीय कृषकको आर्थिक उन्नतिका साथै सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान सार्थक हुने उनीहरूको अपेक्षा छ ।

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x