×

NMB BANK
NIC ASIA

बक्स अफिस कार्यान्वयनमा अलमल, निर्माताले गरे यस्तो गुनासो

मंसिर १, २०७५

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

काठमाडौंँ– नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि ‘बक्स अफिस’को विषयले चर्चा बटुलेको थियो । तर, बक्स अफिस लागू भएको चार महिना पुगिसक्दा पनि अलमल कायमै छ । चलचित्र निर्माताहरू खुसी छैनन् भने चलचित्र विकास बोर्डले पनि त्यस विषयमा नियमित जानकारी दिन सकेको छैन ।

Muktinath Bank

के कति सङ्कलन भएको छ भन्ने राम्रोसँग हेर्न नपाएको गुनासो निर्माताहरूको छ भने अझै कतिपय चलचित्रको इ–टिकटिङ् हुन सकेको छैन । चलचित्र विकास बोर्डले सूचना नै जारी गरेर इ–टिकटिङ गर्न आह्वान गरेपछि अलमल देखिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बक्स अफिस सञ्चालनमा आएसँगै सार्वजनिक चलचित्रको निर्माण पक्षले ‘यति कमायो’ भन्ने दाबी कम भएको थियो । तर, केही समय यता पुनः चलचित्रको यति र उति कारोबार भयो भनेर सार्वजनिकरुपमा दाबी हुन थालेको छ । बक्स अफिसले कारोबारलाई तत्कालै पारदर्शी रूपमा देखाउन सक्नुपर्ने हो र त्यसका लागि दाबीको भर नपर्नु पर्ने हो । 


Advertisment
Nabil box
Kumari

सङ्कलित रकमबारे जानकारी चलचित्र निर्माण पक्ष वा वितरकले दिएको जानकारीका आधारमा सार्वजनिक गरिन्छ । बक्स अफिस सञ्चालक अर्थात् चलचित्र विकास बोर्डले भने सङ्कलित रकम सार्वजनिक गर्ने अनुमति नभएको दाबी गरेको छ । 

Vianet communication
Laxmi Bank

चलचित्र ’छक्का पञ्जा ३’ ले बक्स अफिसमा आफ्नै पहिलो संस्करणको ‘रेकर्ड ब्रेक’ भएको खबर सार्वजनिक ग¥यो । कलाकार दीपकराज गिरी र निर्देशक दीपाश्री निरौलाले फेसबुकमार्फत चलचित्रले १७ दिनमा १६ करोड रुपियाँ कारोबार गरेको जानकारी दिनुभएको थियो । तर त्यसका आधिकारिकता भने पुष्टि हुन सकेको छैन । बक्स अफिसले त्यसबारे जानकारी दिएको छैन ।

 बक्स र अफिस अलग !
चलचित्र छक्का पञ्जा ३ का निर्माता गिरी बक्स अफिसको काम कारवाहीबाट सन्तुष्ट देखिनुहुन्न । उहाँ भन्नुहुन्छ– एकातिर ‘बक्स’ र अर्कातिर ‘अफिस’ छ । छक्का पञ्जा ३ ले ‘रेकर्ड ब्रेक’ गरेको दाबी गर्दै उहाँ थप्नुहुन्छ,‘तर त्यसका जानकारी पाउन सकिएको छैन ।’ गएको साउन १ गतेदेखि बक्स अफिस कार्यान्वयनमा आएको हो । चार महिना बितिसक्दा पनि सही उपयोग नभएको गुनासो गर्देै उहाँले भन्नुभयो,‘बक्स अफिसले त ‘लाइभ’ तथ्याङ्क दिनुपर्ने थियो तर खै ?’

उहाँले छक्का पञ्जा ३ को अहिले दुई वटा शो मात्र रहेको जानकारी दिदै चलचित्रलाई दर्शकले माया गरेको तर त्यही कुरा कारोबारका आधारमा सार्वजनिक हुन नसकेको गुनासो गर्नुभयो ।

चङ्गा चेट पनि उस्तै 
यता चलचित्र चङ्गा चेटको निर्माता तथा वितरक माधव वाग्ले भने आफूलाई बक्स अफिसमार्फत कुनै पनि दिनको कारोबार तथ्याङ्क नपाएको गुनासो गर्नुभयो । 
उहाँ भन्नुहुन्छ,‘ सञ्चारमाध्यमलाई जानकारी दिन पनि हामीलाई दैनिक तथ्याङ्क त आउनुप¥यो नि ?’, उहाँले निर्माण गर्नुभएको चलचित्र ’चङ्गा चेट’ कात्तिक १६ गतेदेखि प्रदर्शन भइरहेको छ । तर, दुई साता बित्दा पनि कारोबार रकम जानकारीमा नआएको भन्दै उहाँआक्रोश पोख्नुहुन्छ,‘मैले बक्स अफिसको लागि सबै प्रक्रिया पूरा गरिसके तर मलाई ‘तथ्याङक’ भने अहिलेसम्म पनि पठाएको छैन ।’ 

प्रणालीले काम गरेको दाबी 
निर्माताहरूले बक्स अफिसको आलोचना गरे पनि चलचित्र विकास बोर्डले भने त्यसको बचाउ गरेको छ । बोर्डका अध्यक्ष अध्यक्ष निकिता पौडेलले भन्न्ुभयो,‘बक्स अफिसले काम गरेको छैन भन्ने कुरा गलत हो । काम प्रभावकारी नै भइरहेको छ ।’

गत साउन १ गते बक्स अफिस लागू गर्नुअघि भएको सहमतिमा निर्माताले चाहेको खण्डमा मात्र बक्स अफिसले कारोबार रकम जानकारी दिने सहमति भएको उहाँले स्पष्ट गर्नुभयो । पौडेलले भन्नुभयो,‘ ‘हामीले कारोबार रकमबारे जानकारी दिन पाउँदैनौ ।’

उहाँले बक्स अफिसमा कुनै पनि किसिमको प्रविधिक समस्या नदेखिएको र हरेक चलचित्र निर्माता एवं वितरकलाई ‘डाटा’ नियमित पठाएको दावी गर्नुभयो । 
नेपालका लागि बक्स अफिस व्यवस्थापक मनिष पण्डित भने हाल अमेरिका हुनुहुन्छ । पौडेलले भन्नुभयो,‘यसअघि हरेक चलचित्रका निर्मातालाई कारोबारको एक घन्टामा बक्स अफिस सङ्कलन जानकारी दिइएको थियो ।’

सूचना नै जारी 
बक्स अफिस लागू गर्दै ‘इटिकटिङ’लाई अनिवार्य गरे पनि परम्परागत रूपमा नै चलचित्र टिकट प्रयोग आएकोमा बोर्डले आपत्ति जनाएको छ । विभिन्न बहानामा मेनुअल रूपमा नै टिकट बिक्री हुने थालेपछि बोर्डले नयाँ निर्देशन जारी गरेको छ ।

बोर्डले इटिकटिङ प्रणालीमा गइसकेका चलचित्र हलमा परम्परागत रूपमा टिकट बिक्री बन्द गर्न निर्देशन दिएको हो । सोमबार सूचना जारी गर्दै मेनुअल रूपमा टिकट बिक्री गर्ने र विभिन्न बहानामा ‘रियल टाइम कलेक्सन डाटा’ नदिएको गुनासो प्राप्त भएको जनाउँदै बोर्ड कडा रूपमा उत्रिएको हो ।

सोमबार सार्वजनिक सूचनामा भने बोर्डले केही हलले विभिन्न बहाना बनाएर रियल टाइम डाटा सर्भरमा नपठाएको जनाउँदै नियम उल्लङ्घन गर्ने चलचित्र हललाई कारवाहीको चेतावनी दिएको हो । साथै, निर्माता र वितरकले फिल्म प्रदर्शनको पाँच दिन अघि बक्स अफिसमा आवद्ध हुन प्रकिया अपनाउनुपर्ने जानकारी समेत दिएको छ ।, गोरखापत्रमा खबर छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x