×

NMB BANK
NIC ASIA

सुर्खेत – सुरक्षा निकायमा लामो अनुभव बटुलेका नेपाली सुरक्षागार्डको रोजगारीमा बढी आकर्षित हुन्छन् । तर सुर्खेतमा एक जना नेपाली सेनाका पूर्वहवल्दारले गाउँमै कुखुरापालन गरेर मनग्यै आम्दानी गरिरहेका छन् ।

Muktinath Bank

सुर्खेतको पञ्चपुरी नगरपालिका–५ का ३६ वर्षीय पूर्ण भाट नेपाली सेनाबाट सेवानिवृत्त भइसके । उनलाई गाउँलेले हवल्दार सा’प भनेरै चिन्छन् । उनी अहिले जागिरे जीवनभन्दा झनै व्यस्त बनेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी प्रत्येक दिनको १८ घण्टा कुखुरा फार्ममै बिताउँछन् । ‘म प्रत्येक हप्ता भाडा र खोर सफा गर्छु,’ ट्यांकीबाट भाँडामा आफैं पानी आउने प्रविधि जडान गरेका भाटले भने, ‘चिसो मौसममा कुखुराका लागि खोरमा हिटरसमेत जडान गरेको छु ।’


Advertisment
Nabil box
Kumari

उनी २०५८ देखि २०७४ सालसम्म नेपाली सेनामा कार्यरत थिए । उनले गत वर्षदेखि मात्रै कुखुरापालन शुरू गरेका हुन् । उनले सुविधायुक्त खोर बनाएर कुखुरापालन गरिरहेका छन् । कुखुरा खोरमा उनले दाना राख्नेदेखि सुली सोहोर्नेसम्मको काम गर्छन् ।

Vianet communication
Laxmi Bank

१५ लाख लगानी

शुरूमा ८ लाख रुपैयाँ लगानी गरेर व्यवसाय शुरू गरेका भाटले अहिले १५ लाख पुर्याएका छन् । ‘मैले ८ लाख लगानी गरेर व्यवसाय शुरू गरेको हुँ,’ उनले भने, ‘अहिलेसम्म मैले १५ लाख रुपैयाँभन्दा बढी लगानी फार्ममा गरिसकेको छु ।’ उनले वार्षिक रुपमा २ लाख ५० हजार रुपैयाँभन्दा बढी नाफाआर्जन गरिरहेको बताए ।

‘शुरूमा २ हजार २ सय चल्ला राखेको खोरमा अहिले १ हजार ८ सय चल्ला थप गरेको छु,’ भाटले भने, ‘पहिलो पटक कुखुरापालन सम्बन्धी प्राविधिक ज्ञान र अनुभव नभएर धेरै चल्ला मरे । खासै फाइदा नभएपनि दोस्रो पटक १८ सय चल्ला थपे । यसबाट मुनाफा राम्रो भएको छ ।’

जागिरभन्दा व्यवसाय राम्रो

व्यवसायी भाटले जागिरभन्दा व्यवसायमा बढी फाइदा रहेको बताए । ‘जागिरमा खटिरहनुपर्थ्यौं,’ उनले भने, ‘तर व्यवसायमा आफूले चाहेको बेलामा काम गर्न, चाहेको बेला बिदा गर्न पाइन्छ ।’ त्यही आधारमा उनले जागिरभन्दा व्यवसाय रुाम्रो ठानेका रहेछन् । ‘जति बढी काम गर्न सक्यो, उति नै बढी आम्दानी हुन्छ,’ उनले भने, ‘जागिरमा त सीमित पैसा आउँछ र त्यो घरखर्चमै सकिन्छ ।’

उनी अहिले सन्तुष्ट छन् । ‘बिहान–बेलुका परिवारसँग बस्न पाइएको छ । गाउँ–समाजमा अप्ठ्यारो पर्दा सहयोग गर्न पाइन्छ । व्यापार व्यवसायमा परिवारको समेत सहयोग छ,’ उनले भने, ‘दुःखसुखमा समाजलाई सघाउन पाएको छु । परिवारसँग रमाउने अवसर मिलेको छ । आम्दानी पनि जागिरभन्दा सन्तोषजनक नै छ । कसैको दबाब छैन, अभाव छैन । म आत्मनिर्भर भएको छु ।’

बजार अभाव भएका कारण लगानी अनुसार कहिलेकाहीँ मुनाफा नहुने गरेको उनले बताए । ‘लगानी अनुसारको स्थानीयस्तरमा बजार नहुँदा समस्या भएको छ,’ उनले भने, ‘बाहिरको बजारको भरपर्दा समयमा कुखुरा बिक्री नहुँदा पनि घाटा हुने गरेको छ ।’

विदेश छोडेर स्वदेशमै काम

उनी सेवानिवृत्त सैनिक भएका कारण उनलाई विदेशबाट काम गर्ने अवसर नआएको होइन । तर उनले गाउँमै परिवारसँग बस्ने, सुखदुःख बाँडीचुँडी झेल्ने मन भएका कारण उनी यतै कुखुरापालनमा लागे । उनले विदेश जाने मोह त्यागिदिए ।

‘विदेशमा सुरक्षा गार्डका लागि मासिक २ लाख ५० हजारको जागिर ‘अफर’ आएको थियो,’ उनले भने, ‘त्यो अवसरलाई मैले मनदेखि अस्वीकार गरँे । आँगनमा कुखुरा फर्म खोलेँ । घरपरिवारबाट छुट्टिएर बस्नुको पीडा मैले १६ वर्ष नेपाली सेनामा काम गर्दा भोगेको थिएँ ।’ 

उनलाई सबथोक पैसा मात्र होइन भन्ने लाग्छ । आफन्तसँग भोकै भएपनि बस्न पाए सन्तोष लाग्छ उनलाई । ‘जीवनमा अरुका लागि दुःख गरियो । अब घरमा आफ्ना लागि र सुख शान्तिका लागि जागिर र विदेश त्यागेर व्यवसाय रोजेको छु,’ उनले भने ।

स्वदेशमा व्यापार व्यवसायबाट आम्दानी हुँदैन भन्ने मनसाय बोकेका युवाका लागि उदाहरण बनेका छन् उनी । वैदेशिक रोजगारीमा जाने युवालाई आँगनमै व्यवसाय गर्न उनले सुझाव दिए । ‘विदेशमा गएर दुःख पाउनुभन्दा यतै लगानी गरेर व्यवसाय गर्दा राम्रो हुन्छ,’ उनले भने, ‘आफ्नै देशमा लगानी गरे नाम पनि कमाइन्छ, दाम पनि कमाइन्छ ।’

लगानी र लगाव भए स्वदेशमा पनि मनग्यै आम्दानी गर्न सकिने उनले बताए । ‘नेपालमा स्वरोजगारको धेरै स्म्भावना छ । इमान्दारी साथ लगनशील भएर व्यवसाय गर्न सकेको खण्डमा विदेशभन्दा नेपालमै मनग्यै आम्दानी गर्न सकिन्छ,’ उनले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x