×

NMB BANK
NIC ASIA

नयाँ मुलुकी ऐन बुझाउँदै न्यायाधीश

मंसिर १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

मङ्गलबारे-  नयाँ मुलुकी ऐनमा भएका कुरा बुझाउन इलाम र पाँचथरको सीमा बजार रविमा न्यायिक संवाद कार्यक्रम आयोजना गरियो । 

Sagarmatha Cement
Muktinath Bank

संवाद कार्यक्रममा उच्च अदालत विराटनगर इलाम इजलासका मुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलले न्यायाधीश जहिल्यै पनि स्वतन्त्र हुनुपर्ने र न्यायाधीशले व्यक्तिगत भेटघाटभन्दा पनि सामूहिक भेटघाट मात्र गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले अदालतले जहिल्यै पनि ठीक फैसला गरेको भन्ने हुँदैन कहिलेकाहीँ सेवाग्राहीले दुःख पनि पाइरहेका हुन्छन्, त्यस्तो दुःख नहोस् भनेर न्यायिक संवाद कार्यक्रम आयोजना गरिएको बताउनुभयो । 

उच्च अदालत विराटनगर इलाम इजलास, जिल्ला अदालत इलाम र जिल्ला अदालत पाँचथरको संयुक्त आयोजनामा शुक्रबार भएको कार्यक्रममा पाँचथरको मिक्लाजुङ र इलामको फाकफोकथुम गाउँपालिकाका ७० जना जनप्रतिनिधिको सहभागिता रहेको थियो । 

अदालतले गरीब तथा असहायका लागि वैतनिक वकिलको व्यवस्था गरेको बताउँदै इलाम इजलासका न्यायाधीश तेजनारायणसिंह राईले बताउनुभयो । 
कार्यक्रममा उच्च अदालत विराटनगर इलाम इजलासकी न्यायाधीश यमुना भट्टराईले भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता र फौजदारी संहिताको बारेमा स्पष्ट पार्नुभयो । कुनै अपराधमा पहिले सर्वस्वसहित जन्मकैद हुन्थ्यो भने अहिले ऐन परिमार्जन भएर आजीवन काराबासको व्यवस्था रहेको छ । 

गाउँपालिका तथा नगरपालिकामा गठन भएका न्यायिक समितिमा चित्त नबुझेमा जिल्ला अदालतमा पुनरावेदन गर्न सकिने व्यवस्थासमेत रहेको सो अवसरमा जानकारी गराइयो । अदालतका न्यायाधीश भेट्न हुँदैन भन्ने भ्रम चिर्नलाई गाउँगाउँमा न्यायाधीश कार्यक्रमलाई अझ व्यापक बनाउने उच्च अदालत विराटनगर इलाम इजलासले जनाएको छ । 

कार्यक्रममा जिल्ला अदालत इलामका न्यायाधीश इन्द्रकुमार चोङटेन्ली, पाँचथरका न्यायाधीश मनोज केसी, फाकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले बर्तमान ऐनका बारेमा प्रकाश पार्नु भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x