×

NMB BANK
NIC ASIA

अवकाशप्राप्त कृषि प्रसार अधिकृतको परिवार : ३ छोरादेखि छोरीज्वाइँसम्म सबै डाक्टर

मंसिर १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

जनकपुरधाम – धनुषाको विदेह नगरपालिका–६ तथा हाल जनकपुरधाम उपमहानगरपालिका–१ का रामसेवक महतो र फुलकुमारी देवी दम्पतीका ३ छोरा र १ छोरी छन्, सबै चिकित्सक ।

Muktinath Bank

महतोले २०७४ माघ १० गते सरकारी सेवाको कृषि प्रसार अधिकृत पदबाट अनिवार्य अवकाश पाएका छन् । सरकारी जागिर गरेर चारै छोराछोरीलाई उच्च शिक्षा दिलाउन सक्नु र सबैलाई डाक्टर बनाउन सक्नु नै आफ्नो जीवनको उपलब्धी रहेको उनी बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महतोका ४ सन्तानमध्ये ३ सन्तानले सरकारको पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययन गरेका छन् भने १ छोराले आधा छात्रवृत्तिमा पढेका छन् ।


Advertisment
Nabil box
Kumari

महतोका जेठो छोरा २९ वर्षीय रविरञ्जन प्रधानले प्राथमिक शिक्षा गाउँकै सामुदायिक विद्यालय जनता मावि गिद्धा बेलापट्टिमा पढेर २०६१ सालमा जनकपुरको मोनास्टिक सेकेन्ड्री बोर्डिङबाट एसएलसी उत्तीर्ण गरे । त्यसपछि जनकपुरकै मीट क्याम्पसबाट विज्ञान संकायमा उनले उच्च शिक्षा उत्तीर्ण गरे ।

Vianet communication
Laxmi Bank

शिक्षा मन्त्रालयको छात्रवृत्ति प्रवेश परीक्षामा उत्तीर्ण गर्दै कलेज अफ मेडिकल साइन्स भरतपुर चितवनबाट उनले पूर्ण छात्रवृत्तिमा एमबीबीएस उत्तीर्ण गरेका छन् । रवि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट सरकारको पूर्ण छात्रवृत्तिमै एमडी अध्ययन गरिरहेका छन् ।

छोरी रञ्जिताले गाउँमै जनता मावि गिद्धा बेलापट्टिमा अध्ययन गर्न थालिन् । उनको बुवा कृषि विकास कार्यालयमा कार्यरत रहँदा चितवनको रामपुरमा बीएस्सीएजी अध्ययन गर्न जाँदा रञ्जिता पनि रामपुर गइन् । त्यहाँ सामुदायिक विद्यालयमै उनले पढाइ थालिन् ।

मैथिली भाषा मात्र बोल्न आउने रञ्जितालाई नेपाली भाषा पनि बोल्न आउँदैन्थ्यो । साथीहरूसँग घुलमिल हुन समेत गाह्रो हुने रञ्जिताले जसोतसो नेपाली बोल्न सिकिन् । पछि बुवाको अध्ययन सकिएपछि जनकपुर आउनुपर्यो । जनकपुरमा आउँदा उनले सरस्वती नमूना माध्यमिक विद्यालयमा ८ कक्षामा पढाइ थालिन् । 

बुवाआमाले त अरु छोरासरह बोर्डिङ स्कूलमै पढ्न भनिरहेपनि सामुदायिक विद्यालयमै पढ्न सहज भएपछि २०६१ सालमा रञ्जिताले सरस्वती नमूना मावि जनकपुरधामबाट एसएलसी उत्तीर्ण गरिन् । प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरेपछि जनकपुरकै मोनास्टिक बोर्डिङ स्कूलबाट उनले २०६४ सालमा उच्च मावि विज्ञान संकायमा प्रथम श्रेणीमै उत्तीर्ण गरिन् ।

रञ्जिताले पनि दाजु रविजस्तै मेडिकल प्रवेश परीक्षा उत्तीर्ण गरिन् । शिक्षा मन्त्रालयको पूर्ण छात्रवृत्तिमा रञ्जिताले युनिभर्सल कलेज अफ मेडिकल साइन्स भैरहवाबाट प्रथम श्रेणीमै एमबीबीएस उत्तीर्ण गरिन् । सन् २०१४ मा एमबीबीएस उत्तीर्ण गरेकी रञ्जिता हाल स्वास्थ्य मन्त्रालय काठमाडौंमा आठौं तह मेडिकल अधिकृतका रूपमा कार्यरत छिन् ।

अर्का छोरा शशिरञ्जन प्रधानले प्रारम्भिक शिक्षा गाउँकै विद्यालय हासिल गरे । उनी २०६४ सालमा मोनास्टिक बोर्डिङ स्कूलबाट ८९ प्रतिशत अंक ल्याएर एसएलसीमा उत्तीर्ण भए । उनी जनकपुर अञ्चल प्रथम भएका थिए । त्यसपछि काठमाडौंको सेन्ट जेभियर्स कलेजबाट उनले आइएससी उत्तीर्ण गरे ।

सन् २०१० मा ८५ प्रतिशत अंक ल्याएर आईएस्सी उत्तीर्ण गरेका शशिले आंशिक छात्रवृत्तिमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमबीबीएस उत्तीर्ण गरे । शशि हाल नेपाल सरकारको पूर्ण छात्रवृत्तिमा एमडी सर्जरी धरानमै अध्ययन गरिरहेका छन् ।

कान्छो छोरा धिरीरञ्जन प्रधानले पनि गाउँमै प्रारम्भिक शिक्षा हासिल गरेका हुन् । २०६५ सालमा जनकपुरको मोनास्टिक बोर्डिंग स्कूलबाट धिरीले ८६ प्रतिशत अंक ल्याएर एसएलसी उत्तीर्ण गरे । काठमाडौंको सेन्ट जेभियर्सबाट ८५ प्रतिशत अंक ल्याएर उच्च शिक्षा उत्तीर्ण गरेका धिरीले शिक्षा मन्त्रालयको पूर्ण छात्रवृत्तिमा चितवन मेडिकल कलेज भरतपुरबाट २०७३ सालमा एमबीबीएस उत्तीर्ण गरे । धिरी हाल धनुषाको प्राथमिक स्वास्थ्य केन्द्र यदुकुहा, शहीदनगर नगरपालिकामा कार्यरत छन् । सरकारी सेवाको आठौं तहमा मेडिकल अधिकृतको रूपमा उनी कार्यरत छन् ।

महतो भन्छन्, ‘मेरो एउटा मात्रै सपना थियो कि मैले आफ्ना सबै सन्तानलाई एमबीबीएस डाक्टर जसरी पनि बनाउनुपर्छ । भगवानको कृपाले आज मेरो त्यो सपना साकार भएको छ ।’

उनका लागि ४ जना छोराछोरीलाई डाक्टर बनाउनु सामान्य कुरा थिएन । ‘रुपैयाँ–पैसा त खोलासरह नै बगाउनुपर्छ । एमबीबीएसमा नाम निकाल्नका लागि पढाउनुपर्दा र छात्रवृत्तिमै पनि नाम निकालिसकेपछि धेरै रुपैयाँ लाग्छ,’ महतोले भने, ‘मैले आफ्नो गाउँको खेत, जनकपुरको घर सबै छोराछोरीको पढाइको लागि बेचिदिएँ । अहिले जनकपुरमा फेरि घर किन्न सफल भएको छु ।’

शुरूमा गाउँको खेत बेचेर छोराछोरीलाई पढाउन लाग्दा गाउँमा आफूलाई ‘पागल भयो’ भनेर भनिएको उनी सम्झन्छन् । पढाइका लागि जमिन बेच्नुलाई उतिबेला पागलपनजस्तै ठानिन्थ्यो । ‘अन्य विषयको पढाइमा त्यति समस्या हुँदैन । तर चिकित्सकको पढाइ भनेको विद्यार्थीसँगै आमाबुवाको लागि पनि एउटा ठूलो तपस्या नै हो,’ उनले भने । छोराछोरीका लागि जग्गा बेचेर खर्च जुटाउने कार्यमा पत्नी फुलकुमारी देवी सँगसँगै महतो एकमत थिए । ‘छोराछोरीमा पैसाको मात्र लगानी गर्दा सफलता हासिल हुँदैन । आमाबुवा पनि छोराछोरीसँगै एक किसिमले पढ्नुपर्ने हुन्छ, अनि मात्र सफलता हासिल हुन सक्छ,’ आमा फुलकुमारीले भनिन् ।

घरमा जेठो छोरा पढाइमा राम्रो भयो भने बाँकी सन्तानलाई बाटोमा डोर्याउन सजिलो हुने महतो बताउँछन् । ‘जेठो छोरामा नै लगानी गर्न सकियो, जेठो छोराको देखासिकी अन्य सन्तानले पनि पढाइमा राम्रो गर्न थाले,’ उनले भने ।

महतोको छारीज्वाइँ पनि डाक्टर नै छन् । ज्वाइँ दिनेशकुमार गुप्ता रुपन्देहीको धगधईका वासिन्दा हुन् । उनले पनि रामनरेश यादव मावि धगधईबाट २०६० सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे । त्यसपछि भैरहवा उच्च माविबाट २०६३ सालमा उच्च मावि प्रथम श्रेणीमा उत्तीर्ण गरे । उनले युनिभर्सल मेडिकल कलेज भैरहवाबाट सन् २०१५ मा एमबीबीएस उत्तीर्ण गरे । अहिले उनी एमडीको तयारी गरिरहेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x