×

NMB BANK
NIC ASIA

सरकारको आँखा नपुगेको पाल्पाको ‘भैरवनाथ मन्दिर’, महिनामा ९ लाख भेटी संकलन

मंसिर १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पाल्पा– पाल्पा सदरमुकाम तानसेनबाट ९ किलोमिटरको दूरीमा अवस्थित छ प्रसिद्ध ‘भैरवनाथ मन्दिर’ । तानसेन—तम्घास सडकखण्ड अन्तर्गत हालको रिब्दिकोट गाउँपालिका–४ भैरवस्थानमा भैरवनाथ मन्दिर छ । सवारीबाट ओर्लिएसँगै १० मिनेटको सिढी चढेपछि डाँडामा रहेको भैरवनाथ मन्दिर पुग्न सकिन्छ । निजी सवारी लिएर जानेहरु मन्दिरसम्मै पुग्न सक्छन् । 

Sagarmatha Cement
Muktinath Bank

मन्दिर दर्शनका लागि दर्शनार्थीहरुको व्यवस्थित लाइन् । जुत्ता,चप्पलका लागि राखिएको ¥याक । व्यवस्थित शौचालय, दर्शनार्थीको थकान मेटन राखिएका प्रतिक्षालय यो भैरवनाथ मन्दिरका विशेषता हुन् ।
मन्दिर नजिकै निर्माण गरिएको फूलवारी, त्यहाँ फूलेका रंगीचंगी फूल अनि शान्त वातावरण । यस्तै व्यवस्थापनले नमूना बनेको छ,— यो मन्दिर । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एसियाकै सबैभन्दा ठूलो त्रिशुल रहेको मन्दिर भनेर पनि ‘भैरवनाथ मन्दिर’ परिचित छ । सदरमुकामबाट नजिकै रहेको, यातायातको सहज व्यवस्था भएको र व्यवस्थित बन्दै गएसंगै यहाँ पुग्ने दर्शनार्थीहरुको संख्यामा पनि उल्लेख्य बृद्धि हुँदै गएको छ । मन्दिर वरिपरीका १ सय भन्दा बढी परिवारले प्रत्येक्ष रोजगारी पाएका छन् ।


Advertisment
Nabil box
Kumari

धार्मिकमात्र नभई ऐतिहासिक, तथा पर्यटकीय महत्व बोकेको यो मन्दिरमा वार्षिक १० लाखको हाराहारीमा स्वदेशी तथा विदेशी दर्शनार्थीहरु आउने गरेका छन् । भैरवनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारी भन्छन्, ‘जति राम्रो व्यवस्थापन गर्यो पर्यटक तथा दर्शनार्थीहरु पनि त्यहीअनुसार बढने रहेछन् । त्यो हाम्रो अनुभवले पनि देखाएको छ ।’ 

Vianet communication
Laxmi Bank

नित्य पूजाआजा

मन्दिरमा दर्शन गरी भाकल गर्नाले मनले मनोकामना पूरा हुने धार्मिक जनविश्वास रहँदै आएको छ । केही वर्ष पहिलेसम्म यहाँ दर्शन गर्न महिना, बार भन्ने चलन थियो । शनिबार, मंगलबार साथै बैशाख महिना, मंसिर महिना र दशैंको पूर्णिमामा दर्शनाथीको भीड लाग्छ । तर अहिले अन्य बार र महिना पनि दर्शनार्थीहरु मन्दिर पुग्ने गरेका छन् ।

सेनकालिन यस मन्दिरमा एक माना वा एक पाथी चामलको पिठोबाट बनेको रोट(एक प्रकारको रोटी) चढाउने गरिन्छ । साथमा कुखुरा, बोका रागोलगायतका बली चढाउँने गरिन्छ । बि.सं.१४६५ मा पाल्पाका तत्कालीन राजा मणिमुकुन्द सेनले भैरवस्थानमा मन्दिर निर्माण गरेको किंबदन्ती रहेको छ । 

सिजनमा थप्नुपर्छ कर्मचारी

मन्दिर व्यवस्थापन समितिले १३ जना कर्मचारीहरु राखेको छ । ति कर्मचारीहरुलाई समितिले मासिक तलव खुवाउँदै आएको छ । कर्मचारीहरुले मन्दिर आसपासको सरसफाई, लाइन व्यवस्थापन लगायतका कामहरु गर्दै आएका छन् । 

तर सिजनमा यी कर्मचारीले पनि नपुग्ने समितिले जनाएको छ । बैशाख, मंसिर महिना साथै दशैंको नवदुर्गाको समयमा यहाँ आउने दर्शकनार्थीहरुको संख्या धेरै हुने गरेको छ । यो समयमा ज्यालादारी कर्मचारीहरु थप गर्नुपर्ने अध्यक्ष अधिकारी बताउँछन् । कर्मचारीको तलवमा मात्रै डेढदेखि २ लाख रुपैयाँ खर्च हुँदै आएको उनले बताए ।   

दशैं तिहारमा मात्रै ९ लाख भेटी संकलन

यो मन्दिरमा भेटीबाट महिनामै लाखौं रुपैयाँ आम्दानी हुँदै आएको छ । यसवर्ष दशैं तिहारको समय (कात्तिक) महिनामा ९ लाख बढी भेटी संकलन भएको छ । समितिका अध्यक्ष अधिकारीले कात्तिक महिनामा ९ लाख २८ हजार ५ सय ८० रुपैयाँ भेटी संकलन भएको बताए । मन्दिरमा पूजा गर्ने दर्शनार्थीले चढाएको भेटी र अन्यबाट उक्त रुपैयाँ संकलन भएको हो । 

किन परेन सरकारको १ सय गन्तव्यको सूचीमा 

ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व बोकेको मन्दिर सरकारले सार्वजनिक गरेको १ सय पर्यटकीय गन्तव्यको नजरभित्र पर्न नसक्नु आश्चार्यजनक रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अधिकारी बताउँछन् । भैरवस्थान पाल्पाको मुख्य धार्मिक तथा पर्यटकीयस्थल हो । पाल्पा घुम्न आउने प्रायः मानिसहरु भैरवनाथ मन्दिर नपुगी फर्किंदैनन् ।

पर्यटकीय गन्तव्यमा सरकारले भैरवनाथ मन्दिरलाई नसमेट्दा आश्चर्यचकित र दुःखी भएको अध्यक्ष अधिकारी बताउँछन् । उनी भन्छन्, ‘यो मन्दिर भन्दा कम व्यवस्थित स्थानहरु सरकारको सूचीमा पर्दा भैरवनाथ मन्दिरलाई सरकारले चिन्न सकेन, यसमा हामीहरु दुःखी छौं ।’

उनले आफूहरुले पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई भेटेर सरकारको १ सय गन्तव्यको सूचिमा राख्नेगरी कुरा गरेपनि अन्तिममा नपरेको बताउँछन् । ‘हामीहरु पूर्ण आशावादी थियौं, सरकारको यो सूचीमा भैरवनाथ मन्दिर पर्छ भनेर, उनले भने ‘पछि के कारणले छुट्यो, कहाँबाट कमजोरी भयो हामीपनि अचम्ममा परेका छौं ।’ सरकारले तोकेका एक सय पर्यटकीय गन्तव्यमध्ये पाल्पाका ४ वटा स्थल परेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x