×

NMB BANK
NIC ASIA

भरतमोहन अधिकारीलाई विराटनगरमा अभिनन्दन

मंसिर १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर – पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको विराटनगरमा शनिवार भव्य नागरिक अभिनन्दन गरिएको छ ।

Muktinath Bank

विराटनगरलाई कार्यक्षेत्र बनाएर लामो समय बिताएका ८३ वर्षीय नेकपाका नेता अधिकारीलाई १ नम्बर प्रदेशका प्रदेश प्रमुख डा. गोविन्द तुम्बाहाङले अभिनन्दन गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर अधिकारीलाई नागरिक अभिनन्दन गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख तुम्बाहाङले नेपाली राजनीतिमा प्रतिवद्ध र ईमान्दार छवि भएका व्यक्तिको रुपमा अधिकारीलाई चित्रण गरे । 


Advertisment
Nabil box
Kumari

प्रदेशका मुख्यमन्त्री शेरधन राईले अहिलेको अवस्थामा नेपाली राजनीतिको प्रेरणाको स्रोत अधिकारी भएकाले अधिकारीबाट आफूले धेरै सिक्न पाएको बताए । उनले २०६२÷६३ को जनआन्दोलन, संविधान निर्माणदेखि अहिलेसम्म आउँदा अधिकारीको योगदानलाई मुलुकले भुल्नै नसक्ने भन्दै प्रशंसा गरे । 

Vianet communication
Laxmi Bank

अभिनन्दनपछि समारोहलाई सम्बोधन गर्दै अधिकारीले इतिहास बोकेको विराटनगरलाई कसैले बिर्सन नहुने बताए । उनले यस्तो ऐतिहासिक ठाउँलाई प्रदेशको स्थायी राजधानी बनाएर प्रदेशलाई समृद्ध बनाउनुपर्ने बताए । आफूलाई अभिनन्दन गरिएकोमा खुसी भएका अधिकारीले मुलुकलाई समृद्धिको दिशामा लैजान सबै मिल्नुको विकल्प नभएको बताए ।

कोराइराला परिवारसँगको सम्बन्ध

२०४६ सालको राजनीति आन्दोलनअघि विराटनगरमा ल फर्म चलाएर बसेका अधिकारी २०४६ सालपछि पूर्णकालीन राजनीतिमा लागेका हुन् । २०४६ सालको जनआन्दोलनअघि विराटनगरमा राजनीतिक जागरण ल्याउन उनले भूमिका खेलेका थिए ।

नाताले स्व. कृष्णप्रसाद कोइरालाको भान्जा पर्ने अधिकारीले मातृकाप्रसाद कोइरालाका छोरा कमल कोइरालासँग मिलेर विराटनगरमा लामो समय ल फर्म चलाएका थिए । विराटनगरमा ल फर्म सञ्चालन गरेका बेला अधिकारी राजनीतिक मुद्दामा पक्राउ परेका व्यक्तिको पक्षमा बढी बहस गर्ने गर्दथे । 

अर्थमन्त्री हुँदाको योगदान

बहुदलीय आन्दोलनपछि मनमोहन अधिकारीको नेतृत्वमा बनेको ९ महिने कम्युनिस्ट सरकारमा भरतमोहन अधिकारी अर्थमन्त्रीको रुपमा थिए । उनी स्व. मनमोहन अधिकारीका भाई हुन् ।

ज्येष्ठ नागरिकलाई बृद्धभत्ता दिने कार्यको प्रारम्भ गर्न भूमिका खेलेका अधिकारी पछिल्लो समय राजनीति जीवनमा थोरै मात्र क्रियाशील छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x