कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौ- नेपाली सेनाले सङ्गठनभित्र नातावाद, भनसुन र उपहार लिने दिनेजस्ता विकृतजन्य प्रचलन र अभ्यास हटाउने प्रण गरेको छ ।
नेपाली सेनालाई आम नागरिकबीचमा आस्था र भरोसाको खम्बाको रुपमा विकास गर्न सैनिक मुख्यालयले यो कार्यक्रम मातहतका सबै संरचनामा कडाइका साथ तुरुन्त लागू गर्ने उद्घोष गरेको हो ।
सेनाले सैनिक आचरणमा सुधार ल्याउन संस्थाको अपेक्षा र मेरो जिम्मेवारी विषयमा जङ्गी अड्डामा नेतृत्व संवाद सञ्चालन गरी उक्त कार्यक्रम अभियानका रुपमा अघि बढाउने अठोट गरेको छ ।
आगामी चैतसम्म चरणबद्धरुपमा मातहतका निकायको तहसम्म उपहार लिने दिने तथा आर्थिक अनियमितता र भनसुनविरुद्ध सङ्गठनले सचेतना कार्यक्रम गर्न लागेको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिनुभयो ।
सेनालाई व्यवसायिक फौजका रुपमा स्थापित गर्ने लक्ष्यका साथ अघि बढाइएको यो कार्यक्रमले सकल दर्जाबीचमा थप विश्वासको वातावरण सिर्जना गर्ने र सङ्गठनको छवी सुधार्न योगदान पुग्ने सेनाले विश्वास लिएको छ ।
कार्यक्रम शुभारम्भ गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनभित्रका प्रत्येक तहका नेतृत्वले प्रस्तुत गर्ने विधि, व्यवहार र भूमिकाले राष्ट्रिय सुरक्षाको बलियो खम्बा र एकताका प्रतीकको रुपमा रही आएको नेपाली सेनाका सकल दर्जालाई यस्ता कार्यक्रमले व्यवसायिक बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभएको थियो ।
नेपाली सेनालाई प्रणालीमा आधारित व्यवसायिक र सृदृढ सङ्गठनको रुपमा विकास गर्दै लैजान निस्वार्थ रुपमा नीति नियमको परिपालनामा जोड दिन पनि उहाँले निर्देशन दिनुभएको थियो ।
सङ्गठनभित्र उठिरहेको अनेकौँखाले टिक्काटिप्पणी र प्रश्नलाई यस्ता कार्यक्रमले जङ्गीअड्डा मातहतका कमाण्डरलाई अनुशासित र व्यवसायिक बनाउन योगदान पु¥याउने सेनाको भनाइ रहेको छ । सङ्गठनभित्र रहेका अभ्यास र विगतका घटनाको समेत मूल्याङकन गरी सकारात्मक सन्देश प्रवाह नहुने खालका अभ्यासलाई हटाउन तहगतरुपमा हुने नेतृत्व सम्वाद कार्यक्रम फलदायी हुने सेनाले विश्वास लिएको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...