×

NMB BANK
NIC ASIA

राजपा नेताको आरोप : ‘गृहमन्त्रीले नाटक र सामान्य प्रशासनमन्त्रीले उट्पट्याङ देखाए’

मंसिर १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका महामन्त्री केशव झाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घेराबन्दीमा पर्ने चेतावनी दिएका छन् । 

Muktinath Bank

शनिबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै महामन्त्री झाले भने,‘सरकारलाई हामीले दिएको समर्थन अब फिर्ता लिन्छौं । काउन्टडाउन सुरु भैसक्यो । हामीले छठ सकिएलगत्तै १० दिनको समय दिएका थियौं । आज चार दिन बितिसक्यो । अब ६ दिन बाँकी छ । हामी अहिले बाध्यकारी अवस्थामा छौं । अब समर्थन फिर्ता लिएर अघि बढ्छौं ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेता झाले आफूहरुले प्रधानमन्त्री ओलीलाई भेटेरै दशैंअघि समर्थन फिर्ता लिने अल्टिमेटम दिएको स्मरण गराए । उनले भने,‘हामीले त उहाँलाई भेटेरै समर्थन फिर्ता लिनेबारे अल्टिमेटम दिएका थियौं । तर, उहाँले दशैंको टिका अगाडि नै संविधान संशोधन प्रक्रिया अघि बढाउँछु भन्नुभयो । हामीले चाडपर्व भएकोले छठ सकिएलगत्तै १० दिनको समय दिएका थियौं । तर, आज चार दिन बितिसक्यो संशोधन प्रक्रिया अघि बढाउने कुनै सुरसार देखाएको छैन् ।’ 
सरकार गठन हुँदै गर्दा वर्तमान प्रधानमन्त्री ओलीसँग सिँगो मधेशका जनता आक्रोशित रहेको बेला आफूहरुले रिस्क मोलेर समर्थन दिएर हातेमालो गरेको झाले सुनाए । 


Advertisment
Nabil box
Kumari

सरकार बनेको आज ९ महिना बितिसक्दापनि सरकारले संविधान संशोधनको लागि आजसम्म ईमानदार प्रयत्न नगरेको उनको आक्रोश छ । 

Vianet communication
Laxmi Bank

फरक प्रसँगमा उनले वर्तमान सरकारले संघीयतालाई कमजोर पार्ने काम गरिरहेको आरोप लगाए । संघीयताको सवालमा वर्तमान प्रधानमन्त्री ओली र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको बुझाई एउटै रहेको पनि उनले बताए । उनले भने,‘अहिलेको सरकारले संघीयता पचाएको छैन् । त्यसैले कमजोर बनाउने काम भयो । यो सरकारको राष्ट्रघाती सोच हो ।’

प्रधानमन्त्री ओलीको ९ महिने कार्यकाल पूर्ण रुपमा असफल भएको पनि उनको दाबी छ । उनले भने,‘सरकारको कामकारबाही र गतिविधिबाट जनता निराश छन् । कर्मचारी व्यवस्थापनको हिसाबलेपनि यो सरकार असफल भयो। सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी व्यवस्थापनको सवालमा उट्पट्याङ अभिव्यक्ति दिए । उनले कर्मचारीलाई दोषारोपण गर्ने काम गरे । त्यही भएर यो सरकारलाई कर्मचारीबाट सहयोग भएन् ।’

त्यस्तै मुलुकको अर्थतन्त्रपनि अहिले डामाडोल भएको उनको आरोप छ । उनले भने,‘सेयर अहिले लगातार ओरालो झरिरहेको छ । विज्ञता हाँसिल गरेका अर्थमन्त्री हुँदापनि उहाँको संकुचित सोचका कारण मुलुकमा लगानी भित्र्याउने वातावरण अहिले बनेको छैन् ।’ सुशासन कायम गर्ने मामिलामा पनि यो सरकार पूर्ण रुपमा असफल भएको पनि उनको दाबी छ । 

उनले भने,‘हत्या, हिंसा र बलात्कारका घट्ना दिन प्रतिदिन बढिरहेका छन् । तर, सरकार यो विषयमा मौन छ । निमर्ला पन्तको बलात्कारपछि हत्या भएको आज महिनौं बितिसक्यो । तर, यो सरकारले हत्यारा पत्ता लगाउन सकेन । यो लाजमर्दो स्थिति हो ।’

सिण्डिकेट पूर्ण रुपमा हटेको भनेर गृहमन्त्री रामबहादुर थापाले नाटकीय प्रस्तुति देखाएकोपनि उनले आरोप लगाए । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x