×

NMB BANK
NIC ASIA

सेनाका रत्नजित सातौं पटक बिजयी

मंसिर १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel


काठमाडौं–नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ्ग पुष्पलाल स्मृती ब्याडमिन्टन प्रतियोगिताको लगातार सातौ पटक बिजयी भएका छन् । 
शनिबार सम्पन्न योनेक्स सनराईज आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगितामा एपिएफका दिपेश धामीलाई २१।११, २१।१६ को सहज जित संगै रत्नले सातौं पटकको विजयी ईतिहास रच्न सफल भएका हुन् । 
तामाङ्गले नगद ५० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र हात पारे । उपविजयी दिपेशले नगद २० हजार सहित ट्रफि मेडल र प्रमाण पत्रका साथै तेश्रो स्थान हात पार्ने सेनाका नविन श्रेष्ठ र रुकेश महर्जनले नगद १०।१० हजारका साथ ट्रफि मेडल र प्रमाण पत्र हात पारे ।

Muktinath Bank

त्रिपुरेश्वरस्थित कभर्डहलमा भएको प्रतियोगिताको महिला एकल तर्फको खेलम सेनाकी नङ्गशल देवी तामाङ्गले सेनाकै रशिला महर्जनमाथि जित निकाल्दै पुनरागमन गरेकी छिन् । अघिल्लो संस्करणमा जेशिका गुरुङ्ग संग पराजित भएकी नङ्गशलले महर्जनलाई २२।२०, १५,।२१ र २१।१८ ले पाखा लगाइन् ।
 तामाङ्गले ५० हजार र उपविजेता महर्जनले २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरे । एपिएफका शोभा गौचन र जेशिका गुरुङ्गले तेश्रो स्थान हात पार्दै नगद १०।१० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल खेलकुद महासंघ अन्तरगत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको पुरुष युगल तर्फ सेनाका रत्नजित तामाङ्ग र नविन श्रेष्ठको जोडी विजयी भयो । रत्न र नविनको जोडीले एपिएफका दिपेश धामी र बिजित थापा मगरको जोडीमाथि २२।२०, २०।२२ र २१।११ को कठिन जित निकाल्दै उपाधी जिते । तेश्रो स्थानमा सेनाका रुकेश महर्जन र प्रफुल महर्जन तथा एपिएफका गौतम कठायत र सुनिल जोशीको जोडी रहे । शिर्ष तीन स्थान प्राप्त गर्ने जोडीले नगद २०, १० र ५ हजारका साथै ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।


Advertisment
Nabil box
Kumari

महिला युगल तर्फ एपिएफका पुजा श्रेष्ठ र जेशिका गुरुङ्गको जोडीले उपाधी हात पा¥यो । श्रेष्ठ र गुरङ्गको जोडीले सेनाका नङ्गशल तामाङ्ग र रशिला महर्जनको जोडीलाई २१।१३, २१।१४ को सोझो सेटमा हार चखाए ।
 विजयी जोडीले नगद २० हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । यस्तै उपविजेताले नगद १० हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी तथा तेश्रो स्थान प्राप्त गर्ने जेष्ट ब्याडमिन्टनकी सिता राई र बाँकेकी संझना शर्मा तथा सेनाका अमिता गिरी र अनुमाया राई जोडीले नगद ५।५ हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।

Vianet communication
Laxmi Bank

यु —१७ ब्वाईज तर्फ दुवई जुनियर अन्तराष्ट्रिय सेरिजमा स्वर्ण पदकधारी सिल्क ग्रुपका प्रिन्स दाहालले सेनाका दिवस शंकरलाई २१।१६, २१।५ को सहज जितका साथ पहिलो स्थान प्राप्त गरे ।
 दाहालले नगद १५ हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे । यस्तै दोश्रो स्थानका दिवसले ७ हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी तथा तेश्रो स्थानमा रहेका जेष्टका प्रियान्सु सिंह क्षेत्री र पेम्बा शेर्पाले नगद ५।५ हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।

यसैगरि गल्र्स तर्फको खेलमा सेनाकी रशिला महर्जनले सेनाकै रञ्जना भट्टलाई २१।५, २१।५ ले पाखा लगाउँदै उपाधी हात पारिन् । महर्जनले नगद १५ हजार सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरिन् ।
 उपविजयी रञ्जनाले नगद ७ हजार, ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरिन् । तेश्रो स्थानमा रहेका मोरङ्गका रोज पाण्डे र सिमा राजबंशीले नगद ५।५ हजार सहित सहित मेडल, प्रमाण पत्र र ट्रफी प्राप्त गरे ।

यस्तै मास्टर्स ४५ बर्ष माथिको प्रतियोगितामा सेनामा सुभाष श्रेष्ठ र भूमि गुरुङ्गको जोडीले बाजी मा¥यो । सुभाष र भूमिको जोडीले जेष्टका नविन बाबु श्रेष्ठ र श्याम पराजुलीको जोडी माथि १६।२१, २१।१६, २१।१६ को सेटमा पराजित गरे । यो उनीहरुको लगातार २० औं उपाधी जित हो । 
तेश्रो स्थानमा जेष्टका अनुज पौडेल र प्रेम घले तथा ललितपुरका सुनिल मान शाक्य र पुर्ण भक्त चित्रकारको जोडी रहे । शिर्ष तीन स्थान प्राप्त गर्नेले नगद २०, १० र ५।५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे ।

बियजी खेलाडीहरुलाई प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट लगायतले पुरस्कार वितरण गरेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x