×

NMB BANK
NIC ASIA

शुरु भयो प्रथम बडिगाड महोत्सव, अतिथिलाई खुवाइयो न्वागी

मंसिर १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

बागलुङ–बागलुङको बडिगाड गाउँपालिकामा  शनिबारदेखि ‘प्रथम वडिगाड महोत्सव तथा न्वागी मेला’ शुरु भएको छ । 

Muktinath Bank

महोत्सवको संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा बागलुङ जिल्लाका संघीय सांसदहरु, प्रदेशसभाका सांसदहरु, स्थानीय तहका प्रमुखहरुसहित बागलुङमा जन्मिएर राष्ट्रियस्तरमा ख्याती कमाएका व्यक्तित्वहरुको समेत सहभागिता रहेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

महोत्सवको उद्घाटन गर्दै मन्त्री  अधिकारीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले निर्वाचनका बेला गरेका प्रतिबद्धता पूरा गर्ने चरणमा रहेको बताए । 


Advertisment
Nabil box
Kumari

देशमा सङ्घीय गणतन्त्रको स्थापनासँगै समृद्धिको ढोका खुलेको भन्दै मन्त्री अधिकारीले विगतका सरकारले जस्तो छ महिना वा नौ महिनामा परिणाम देखाउने नभई दीर्घकालीन परिणाम देखाउने गरी वर्तमान सरकारले काम गरिरहेको दाबी गरे । 

Vianet communication
Laxmi Bank

आर्थिक वृद्धिदर ९ प्रतिशत र पर्यटकको सङ्ख्यामा ३०.५० प्रतिशतले वृद्धि गरेको भन्दै अधिकारीले अबको पाँच वर्षमा मुलुकले मुहार फेर्ने दाबी गरे । 

उनले बागलुङमा रहेका पर्यटकीय क्षेत्रको विकासमा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।
 
बागलुङ भित्रका दुर्गम ठाउँहरुलाई जोड्ने मार्गको रुपमा रहेको मध्यपहाडी लोकमार्गको कामलाई गति दिन पहल गर्ने भन्दै अधिकारीले ढोरपाटन–सालझण्डी सडक निर्माणको कामलाई गति दिने बताए । 

बागलुङको पश्मिक्षेत्रका पर्यटकीय स्थलहरु ढोरपाटन, चमेरे गुफा र धनपतिको मन्दिर लगायतका क्षेत्रको बिकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने पनि अधिकारीको भनाई थियो ।

महोत्सवको पहिलो दिन आज कार्यक्रमस्थलमा पुग्नेलाई निःशुल्क न्वागी खुवाउने व्यावस्था गरिएको थियो । यस्तै सहभागि अतिथिलाई पनि मञ्चमै न्वागी खाने व्यवस्था गरिएको थियो । 

पौंदेलीको विशिष्ट पहिचान बनेको न्वागीको साइत शनिबार विहान ५ वजेर ४२ मिनेट जाँदा रहेको र नैरित्य दिशातर्फ फर्किएर भगवान् विष्णुलाई अर्पण गरी खानुपर्ने चलन रहेको एक स्थानीयले जानकारी दिए । 

न्वागी स्थानीय जातको धान (जडन) को चामल, दही र केरामा भिजाएर स्थानीय उत्पादन सिलाम, तिल मिसाई वास्तु पुजा गरी शुभ साइतमा शुभ दिशा पारी खाने एक परिकार होे। 

पौंदेलीहरुले मंसिरमा पर्ने न्वागी नखाएसम्म नयाँ धान प्रयोग नगर्ने चलन रहेको महोत्सवका सचिव समेत रहेका स्थानीय विष्णु प्रसाद आचार्यले बताए । 

पौंदी क्षेत्रभित्र बागलुङको ग्वालीचौर, जलजलासहित गुल्मीको नेटा, पौदीअमराई लगायत तत्कालिन इश्मा राज्य अन्तरगत पर्ने क्षेत्रहरु पर्ने गर्दछन्। 

यही पौदेलीको न्वागी मेलाको अवसरपारी प्रथम बडिगाड महोत्सवको आयोजना गरिएको हो ।

 ‘कला संस्कृति कृषि र पर्यटन समृद्ध बडिगाडको आधार, प्रथम बडिगाड महोत्सव तथा पौंदी न्वागी मेला नमुना बडिगाडको पूर्वाधार’ भन्ने नारा सहित महोत्सव सञ्चालन भएको हो । महोत्सव मंसिर ९ गते सम्म चल्नेछ । 

महोत्सवमा १ सय ५० स्टल रहनुका साथै २ करोड वढीको कारोवार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ। बडिगाड खोलाको असला माछा, रणसिंहको भीरमौरी तथा मह, कुमाल जातीको हेम्फै नाच, पौंदीवासीको न्वागी, शिसाखानीको घाटु तथा हनुमान नाच, दगातुन्डाडा, घ्वाग, जलजला लगायतका क्षेत्रको सोरठी, भैलो, बडिगाडका नौमती बाजा, भिमगिठेको गुरुङ संस्कृति, सरायँनाच, लाखेनाच तथा ३० भन्दा वढी प्रजातिका जडिवुटी, खानीका स्लेट ढुंगा, कृषि प्रदर्शनी लगायतका आकर्षण रहेका छन्।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x