×

NMB BANK
NIC ASIA

छायानाथ रारा मदिरा निषेधित पहिलो नगरपालिका

मंसिर २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

रारा– मुगु जिल्लाका चार वटा स्थानीय तहमध्ये छायानाथ रारा नगरपालिकालाई देशकै पहिलो मदिरा निषेधित नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाका १४ वटै वडाका स्थानीयवासीको उत्साहका साथ संस्कृति, बाजा झाँक्रीसहित कार्यक्रम सहभागी थिए ।

Muktinath Bank

नगरलाई मदिरा निषेधित नगर घोषणा गर्न दुई महीनादेखि स्थानीय प्रहरी प्रशासन तथा नगरपालिकाका सबै गाउँ बस्तीमा नियमित प्रचारात्मक अभियान थालिएको थियो । नगरपालिकालाई मदिरा निषेधित नगर घोषणा कार्यक्रममा नगरपालिकाभित्रका पाँँच हजार बढी सर्वसाधारणको सहभागिता थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नगरलाई मदिरा निषेधित घोषणा गर्दा प्रदेश मुख्यमन्त्री शाहीले प्रतिबद्धतापत्र वाचन गर्दा उपस्थित सबैले उठेर वाचन गरेर मदिरा निषेधितमा प्रतिबद्धता जाहेर गरेका थिए । कार्यक्रममा नगरका वडा नं ५ का वडाध्यक्ष डम्बरबहादुर रावलले मदिराकै कारण समाज उधो गतितिर गएको र समाजमा महिला हिंसा, बालविवाह, विकास दुरुपयोग, अनियमिता बढ्दै गएको निष्कर्षसहित गत असोज १ गते बसेको नगरसभाको निर्णय गरेअनुसार निषेधित क्षेत्र घोषणा गरेको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

विगतका चाडबाडभन्दा यो वर्षका चाडबाड नगरवासीले खुशी र उल्लासमा मनाएको स्मरण गर्दै यो अभियानमा सबै लाग्न प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले आग्रह गरे । नगर क्षेत्रलाई बिक्री क्षेत्र बनाएका नेपाल सरकारबाट मदिरा बिक्रीका लागि इजाजत प्राप्त २६ जना व्यवसायीले आफ्ना इजाजतपत्र नगरपालिकालाई बुझाएको उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष रत्नसिंह मल्लले बताए । 

Vianet communication
Laxmi Bank

छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजंग शाहीको अध्यक्षतामा भएको कार्यक्रममा सांसद गोपालबहादुर बमले नगरपालिकाले मदिरा नियन्त्रण, व्यवस्थापन तथा निषेधित क्षेत्र घोषणा कार्यविधि २०७५ छायानाथ रारा राजपत्र सार्वजनिक गरे । मदिरा पीडितको प्रतिनिधित्व गदै छायानाथ रारा नगरपालिका वडा नं १ श्रीनगर गाउँकी नन्दकला मल्लले आफूले १८ वर्षमा विवाह गरेको १० वर्ष नबित्दै श्रीमानको मदिरा सेवनकै कारण कलेजोमा क्यान्सर भएर मृत्यु भएको र साथमा रहेका चार बच्चाको कठिन सामना गर्दै पालनपोषण गरेको बताए ।

शनिबार भएको कार्यक्रममा नगरपालिका–३ तुम गाउँका स्थानीय केशर रावलले विगतमा मदिरा सेवन गरेकामा पश्चाताप गर्दै १२ वर्षभन्दा लामो समयसम्म रक्सी सेवन गर्दा धन, इज्जत सबै गुमेको र आफ्ना बालबच्चाले राम्रो शिक्षा नपाएको तथा आर्थिकरुपमा आफ्नो परिवार कमजोर हँुदै गएको बताए । उनले नगरपालिकाले घोषणा गरेसँगै आफूले मदिरा सेवन छोडेको घोषणा गरे ।

स्वर्ग भनेकै कर्णाली हो भन्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले छायाँनाथ, चन्दननाथजस्ता प्रसिद्ध तीर्थस्थल रहेको बताए । उनले कर्णाली प्रदेशमा मानिस कासाका थाल, कासाका भाँडा, तामाका भाँडामा मार्सी चामल खाने क्षेत्र हो तर केन्द्रीय सरकारको उपेक्षाले क्रमशः कणाली गरीब भएको बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x