×

NMB BANK
NIC ASIA

सोलुखुम्बु : स्थानीय पूर्वाधार विकास कार्यक्रममा २० योजना छनोट

मंसिर २, २०७५

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

सोलुखुम्बु-स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमतर्फको बजेट सडक, खानेपानी, मोटरेबल पुल, सिँचाइ योजना र अन्य भौतिक पूर्वाधारका लागि विनियोजन गरिएको छ । निर्वाचित प्रतिनिधिसभा सदस्य हेमकुमार राई संयोजक रहेको निर्देशक समितिले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न २० योजना छनोट गरेको हो । 

योजना छनोट गर्दा सडकलाई विशेष प्राथमकिता दिइएको छ । यस्तै खानेपानी, मोटरेबल पुल, सिँचाइ योजना र अन्य भौतिक पूर्वाधारका योजना पनि छनोट गरिएको छ । छनोट गरिएका योजनामा सोलुदुधकुण्ड नगरपालिकाअन्तर्गत सामुदायिक भवन निर्माण सल्लेरीका लागि रु १० लाख, झाप्रे पिके हुँदै वडा नं २ टाक्टोर जुनवेशी पर्यटन पदमार्ग निर्माणका लागि रु २० लाख, तिङ्ला संसारीडाँडा भुद्रुङ कुर्लङ देविस्थान डाँडा सडकका लागि रु २० लाख र उद्धार सामग्री खरिद तथा गोदामघर जिल्ला प्रहरी कार्यालयको हाताभित्र निर्माणका लागि रु १० लाख रकम विनियोजन गरिएको छ । 

यस्तै, माप्यदुधकोशी गाउँपालिकाअन्तर्गत सोलुदुधकुण्ड नगरपालिकाबाट माप्यदुधकोशी १ जोड्ने ओलाङघाट मोटरेबल पुल निर्माणमा रु ९० लाख, वडा नं ६, ७ कायाघाटमा बेलीब्रिज निर्माणमा रु १० लाख र थालेम भुमेस्थान मर्मत वडा नं ६ काँकुमा रु १० लाख रकम विनियोजन गरिएको छ । त्यसैगरी थुलुङदुधकोशी गाउँपालिकाअन्तर्गत नेले चारघरे मुक्ली जोड्ने सडक स्तरोन्नतिमा रु ६० लाख रकम विनियोजन गरिएको जिल्ला समन्वय समिति सोलुखुम्बुका कम्प्युटर अधिकृत भोजनारायण राजभण्डारीले जानकारी दिनुभयो । 

लिखुपिके गाउँपालिकाको खानेपानी शुद्धीकरण तथा संवद्र्धन योजनाका लागि रु १५ लाख, किबीखेती प्रवद्र्धनमा रु १० लाख र लिखुखोला पिके पर्यटन पदमार्ग मर्मतसम्भारमा रु १५ लाख, सोताङ गाउँपालिकाअन्तर्गत छनोटमा परेका योजनामा सभाहल निर्माणका लागि रु १५ लाख र रिमुछा पतिसेसम्मको पर्यटन प्रवद्र्धनका लागि ट्र्याकओपनमा रु १० लाख विनियोजन गरिएको छ । 

नेचासल्यान गाउँपालिकाअन्तर्गत छनोट भएका योजनामा खहरे मुहान श्रीचौर देवीस्थानडाँडा हुँदै केउरेनी चुहान सिँचाइ आयोजना वडा नं २ का लागि रु १० लाख, बोसिमखोला मुहान फुर्के चुहान खानेपानी निर्माण वडा नं ३, ४ र ५ का लागि रु २६ लाख र शिवमन्दिर निर्माण तथा मर्मतका लागि रु १० लाख रकम विनियोजन गरिएको छ ।

Muktinath Bank

त्यसैगरी खुम्बुपासाङल्हामु गाउँपालिकाअन्तर्गत वडा नं २ मगरटोलमा पुल निर्माणका लागि रु १५ लाख रकम विनियोजन गरिएको छ । जिल्ला समन्वय समिति सोलुखुम्बुलाई प्रशासनिक खर्चका लागि रु चार लाख रकम सांसद क्षेत्र विकास कोषबाट विनियोजन गरिएको कम्प्युटर अधिकृत राजभण्डारीले जानकारी दिनुभयो । 

त्यसैगरी महाकुलुङ गाउँपालिकाअन्तर्गत वडा नं ४ पोम्लालुङ पर्यटन पदमार्ग निर्माणमा रु २० लाख, वडा नं ५ योउ लुबुम मन्दिर भवन निर्माणमा रु १० लाख र वडा नं १ को हिमचुली सामुदायिक भवन निर्माणमा रु १० लाख रकम विनियोजन गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x