×

NMB BANK
NIC ASIA

फक्रिँदै कोइलहीको जवानी : जहाँ पुग्छन् नेतादेखि प्रेमीजोडी

मंसिर २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

कैलाली – ‘वाह ! यस्तो जवानी । यिनी त साँच्चै जवान भइन् । त्यही भएर होला पागल मनहरू झन पागल हुन यहाँ आइपुग्छन् ।’ प्रवेशद्वारबाट केहीभित्र अधबैंसै उमेरका दुई व्यक्ति यसरी गफिँदै थिए । 

Muktinath Bank

शुरूमा कुरा सुन्दा आफ्नै जवानी र प्रेमिकाहरूबारे कुरा गर्दैछन् भन्ने लागेको थियो, तर होइन रहेछ । उनीहरूको आसपास कुनै स्त्री थिइनन् । यथार्थ बुझ्दै जाँदा तिनीहरू त त्यही ठाउँकै बारेमा भलाकुसारी गरिरहेका रहेछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हुन पनि हो । कैलालीको कैलारी गाउँपालिका– ९ स्थित कोइलही ताल गुमनाम थियो । कसैले सोधीखोजी गर्दैनथ्यो । सुन्दरता र ऐतिहासिकता आफैंमा सीमित थियो । तर २ वर्षयता यो ताल आफ्नो जवानी भरपूर प्रर्दशन गरिरहेको छ । हुलकाहुल पर्यटक ओइरिएका छन् । मानौं, कुनै मेला महोत्सव लागेको छ ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

बच्चाहरूको झुण्ड बच्चा झुलामा झुम्मिरहेका थिए । तन्नेरीहरू सेल्फी लिइरहेका थिए । कोही तालकै ढिकमा कानको जाली फुट्ने गरी बजिरहेको डिजे साउन्ड सुन्दै उप्पर खुट्टी लाइरहेका थिए । पिकनिक टोलीहरू पनि आफ्नै सुरमा थिए ।

तालको मन्दिर भएको ठाउँमा पुग्दा त मन मिल्नेहरूको समूह पैदले बोट (डुंगा)मा शयर गर्दै सेल्फीसँगै तालको सुन्दरता चोरिरहेका थिए । 

यतिमा सीमित थिएन त्यहाँको परिदृष्य । अलि पर हेर्दा रुखको उचाई बराबर बनाइएको भ्यु टावरमा फरक दृष्य देखियो । २ प्रेमिल मन आफ्नै दुनियामा रमेका थिए । मानौं कि आसपास उनीहरू मात्रै छन् । भएका जति निर्जीव छन् । शायद उनीहरूको अनुभूतिमा त्यहाँको परिवेश र उनीहरूको जवानी उस्तै–उस्तै हो ।

टुप्लुक्क ताल पुगेको नेता गणको एक टोली पनि रमाउनसम्म रमायो । सुदूरपश्चिम प्रदेशका पर्यटन राज्यमन्त्री प्रकाश रावल, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष एवं पूर्वसभासद कर्ण थापासहितको टोली तालको सौन्दर्यमा लिप्त थियो ।

तालको अर्को कुना पुग्दा स्थानीय थारु समुदायका मछरमर्नीहरूमा आफ्नै उत्साह थियो । ३०/३५ जनाको समूह घाघी (जाल) तानिरहेको थियो । अइ डैया...बरे–बरे बैखा, नैनी, चरंगा लइलै । पक्रो–पक्रो (वाउ...ठूला–ठूला बैखा, नैनी, चरंगी माछा आए) सो तालमा व्यावसायिक माछापालन समेत हुँदै आएको हो ।

२ वर्षको अवधिमा के भयो त्यहाँ ?

७२ हेक्टर क्षेत्रफलमा फैलिएको ताल सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी एंव कैलाली जिल्लाको सदरमुकाम धनगढीबाट करीब ४७ किलोमिटर र पूर्वपश्चिम राजमार्गको राजीपुरबाट झण्डै १२ किलोमिटर दक्षिणी दूरीमा रहेको छ । 

२ वर्ष पहिलेसम्म आफ्नै प्राकृतिक संरचनामा थियो यो प्राकृतिक ताल । संरक्षण र सम्वर्द्धनको कमीले दिनप्रतिदिन कुरूप हुँदै गएको थियो । तर राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिद्वारा कोइलही ताल संरक्षण, विकास तथा व्यवस्थापन कार्यक्रम लागू भएपछि सुन्दर तालको मुहारमा निखारता थपिएको हो ।

विभिन्न भौतिक संरचना निर्माणको जिम्मा लिएको नेपाली सेनाले २ वर्षको अवधीमा मुल गेट, मन्दिर, चिल्ड्रेन पार्क, पिकनिक स्पट, भ्यू टावर, पूल, बाटो, ड्याम, सिमेन्टेट बस्ने कुर्सी, खानेपानी, शौचालय, प्रतिक्षालयलगायत विभिन्न भौतिक संरचना निर्माण गरेको छ । भने तालमा शयर गर्न डुंगा सञ्चालन गरिएको छ ।

आर्थिक वर्ष २०७३/२०७४ मा तालको मर्मत सम्भार तथा भौतिक संरचना निर्माणको लागि ९७ लाख ७४ हजार बजेट विनियोजन भएको थियो । भने आव २०७४/०७५ मा १ करोड ७६ लाख बजेट विनियोजन भएको राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका सदस्य विदुर भारतीले जनाए ।

व्यवस्थापनमा चुनौती

तालको संरक्षण, सम्वर्द्धनसँगै प्रचारप्रसार हुन थालेपछि हाल तालमा पर्यटकहरू ओइरिन थालेका छन् । स्थानीय कोइलही ताल संरक्षण तथा सम्वर्द्धन समितिका अध्यक्ष सिहीलाल चौधरीले बाहृय र आन्तरिक गरी दैनिक ५ सयदेखि १ हजारसम्मको हराहारीमा पर्यटक आउने गरेको जानकारी दिए । पर्यटकहरूको संख्यामा वृद्धि हुँदै गएपछि व्यावसायिक सम्भावना बढेको छ । चहलपहल बढेपछि वरिपरी स–साना खाजाघर, होटल समेत खुल्न थालेका छन् । संगै तालको व्यवस्थापकीय चुनौती पनि थपिएको छ ।

सरसफाई, विद्युत, खानेपानी, डुंगा व्यवस्थापनमा समस्या भएको समितिका अध्यक्ष चौधरीले बताए । उनको अनुसार तालमा ४ वटा डुंगा सञ्चालन गरिएको छ । तर पर्यटकहरूको माग अनुसार डुंगा थप्न नसकेको उनले बताए ।
‘आउने पर्यटकहरू डुंगाको लागि यहाँ झगडा गर्छन् । हामीले पुर्‍याउन सकिरहेका छैनौं । एउटा डुंगाको मूल्य एक लाख भन्दा बढी पर्छ । हामीसंग स्रोत छैन । दैनिक मर्मत गरेर जसोतसो चलाउँदै छौ । पिकनिक आउनेहरू प्लाष्टिकलगायत वस्तु फालेर जान्छन् । फोहोर उत्तिकै हुन्छ । त्यसको व्यवस्थापन पनि चुनौती नै हो’, उनले भने ।

व्यवस्थापनका लागि केही कर्मचारी थपेको बताउँदै समितिका अध्यक्ष चौधरीले पिकनिक आउनेबाट लिएको थोरै शुल्क र डुंगाबाट उठ्ने रकमबाट कर्मचारीलाई तलब खुवाउन समेत मुस्किल भएको सुनाए । उनले हालसम्म व्यवस्थापनमा कुनै निकायबाट सहयोग नभएको समेत बताए । 

उनले अगाडि थपे– ‘यहाँ सहयोग गर्छौं भन्नेहरू धेरै आउँछन् । गाउँपालिकाबाट पनि सहयोग हुने बताएका थिए तर भएको छैन । यहाँ आउँछन्, मीठा आश्वासन दिन्छन् तर सबै उधारो मात्रै ।’

ऐतिहासिक पक्ष

जिल्लाको घोडाघोडी तालपछि दोस्रो ठूलो तालको रूपमा चिनिने कोइलही तालको आफ्नै ऐतिहासिक विशेषता छ । कोइलहीको नामले परिचित भएपनि त्यहाँ कोइलही र कोइलुवा गरी दुईवटा ताल छन् । जसको केही क्षेत्र वनजंगलले घेरिएको छ । भने ताल क्षेत्रमा बहुसंख्यक आदिवासी थारु समुदायको बसोबास रही आएको छ ।
स्थानीय बुढापाकाहरूका अनुसार कुनै बेला ताल भएको क्षेत्रमा वृद्ध लुहार दम्पति बसोबास गर्दथे । जहाँ सानो पोखरी थियो । उनीहरू त्यही पोखरीको ढिकमा दाउरा जलाएर कोइला भिजाउने काम गर्दथे ।
एक दिन कोइला बनाउने क्रममा एकाएक पोखरीसहितको त्यहाँको जमिन भासिन पुग्यो । पोखरी भासिएपछि ती वृद्ध दम्पतिको मृत्यु भएको र पोखरी तलाउमा परिणत भएको किंवदन्ती रहिआएको स्थानीय रामस्वरूप चौधरी बताउँछन् । 
कलान्तरमा कोइलाबाटै ठूलो तालको नाम कोइलहुवा (पुरुष) र सानो ताललाई कोइलही (महिला) भन्न थालिएको स्थानीयहरू बताउँछन् । तालकै नामबाट नामाकरण गरिएको कोइलही गाउँ समेत रहेको छ । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x