×

NMB BANK
NIC ASIA

एनआईसी एसिया बैंकद्वारा १०% बढी लाभांश घोषणा

मंसिर २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – एनआईसी एसिया बैंक लिमिटेड सञ्चालक समितिको ३७७ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को लागि प्रतिशेयर १० रुपैयाँ (१०%) शेयर लाभांश तथा शेयर लाभांशमा लाग्ने कर प्रयोजनको लागि प्रतिशेयर ०.५२६ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात् मात्र शेयरधनीलाई वितरण गरिने छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैंकले आर्थिक वर्ष २०७४/७५ मा वार्षिक बिन्दूगत आधारमा कर्जा तथा सापटीतर्फ ४८ अर्ब रुपैयाँ (६७%) ले वृद्धि गरी १ सय २० अर्ब तथा निक्षेपतर्फ ६४ अर्ब रुपैयाँ (७३%) ले वृद्धि गरी १ सय ५२ अर्ब संकलन गरेको छ ।


Advertisment
Nabil box
Kumari

चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कर्जा तथा सापटीतर्फ वार्षिक बिन्दूगत आधारमा ६१ प्रतिशत (५३ अर्ब रुपैयाँ) ले वृद्धि गरी १ सय ३९ अर्ब तथा निक्षेप संकलनमा ५८ प्रतिशत (६० अर्ब रुपैयाँ) ले वृद्धि गरी १ सय ६३ अर्ब गर्न सफल भएको छ ।

Vianet communication
Laxmi Bank

खूद मूनाफामा १ सय ७० प्रतिशत (४७ करोड रुपैयाँ) ले वृद्धि गरी ७५ करोड ५३ लाख रुपैयाँ आर्जन गरेको छ । बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) ३६.७८ रुपैयाँ रहेको छ ।

‘बैंकले हासिल गरेको अभूतपूर्व उपलब्धी हासिल गर्न विशिष्ट योगदान पुर्याउने आम ग्राहकवर्ग, शेयरधनी, नियमनकारी निकाय लगायत सबैको पहिलो रोजाइ र देशकै सबैभन्दा ठूलो बैंक बन्ने हाम्रो अटल लक्ष्य हासिलमा अहोरात्र परिश्रम गरी अतूलनीय योगदान दिने बैंकका सबै कर्मचारीहरूमा हार्दिक आभार एवम् धन्यवाद समेत ज्ञापन गर्दछौं,’ बैंकद्वारा जारी विज्ञप्तिमा लेखिएको छ ।

बैंकले आफ्नो शाखा सञ्जालमा आर्थिक वर्ष २०७४/७५ मा १ सय १२ वटा नयाँ शाखा थप गरी कूल २ सय ३१ शाखा सञ्जाल, एटीएमतर्फ १ सय ५० नयाँ एटीएम थप गरी २ सय २० एटीएम, एक्सटेन्सन काउन्टरतर्फ १० वटा एक्सटेन्सन काउन्टर थप गरी कूल १४ एक्सटेन्सन काउन्टर तथा १५ नयाँ शाखारहित बैंकिङ थप गरेको छ ।

बैंकले नेपालभर २ सय ६५ वटा शाखा सञ्जाल, २ सय ६९ एटीएम, ३७ एक्सटेन्सन काउन्टर तथा १८ शाखारहित बैंकिङ सेवामार्फत् आफ्नो सेवा प्रदान गर्दै आएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा सूचना अधिकारी सुधिरनाथ पाण्डेले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x