काठमाडौँ- प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समिति मातहतको उपसमितिले आगामी प्रतिनिधिसभाको बैठकका लागि पहिलो व्यावसायिक कार्यसूचीका रुपमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्ने तयारी गरेको छ ।
उपसमितिको आजको बैठकले उक्त कार्यसूचीको रुपमा समितिको प्रतिवेदन पेश गर्ने गरी उपसमितिले कार्यसम्पादन गर्ने र सोहीअनुरुप समितिमा प्रतिवेदन पेश गर्ने निर्णय गरेको समितिका सचिव जीवराज बुढाथोकीले जानकारी दिए ।
उपसमितिले त्यसका लागि समितिका सदस्य भैरवबहादुर सिंहलाई सर्वसम्मतिले संयोजक चयन गरेको छ । बैठकले विधेयकमा संशोधनकर्ता सदस्यहरुसँग छलफल गर्नका लागि व्यवस्थित कार्यतालिका बनाउन सचिवालयलाई निर्देशन दिएको छ ।
बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजक रहेको चिकित्सा शिक्षा जाँचबुझ आयोगको प्रतिवेदन अध्ययनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत सरकारसँग प्रतिवेदन माग्ने निर्णय पनि गरेको छ ।
थप समाचार
- पशुपति शर्माको गीतबारे प्रधानमन्त्रीले मुख खोले- गरी खाएर काम लाग्दैन, लुटेर खा भाइ, लुट !
- बर्दिबास, बुटवल र सुर्खेतमा मेडिकल कलेज खोल्ने सरकारको तयारी
- संविधान संशोधनको माग दोहोर्याउँदै राजपाले भन्यो- हामीलाई उच्छृङ्खल बन्न बाध्य नपारियोस्
- नेकपा पार्टी एकता : केन्द्रमा निर्णय गर्न सकस, महासचिवको गृहजिल्लामा ‘चमत्कार’
- काज मिलाएर काठमाडौंमै रमाउने सचिवबाट मन्त्री दिक्क, सेवाग्राही मारमा
- काँग्रेस नेता शेखर कोइरालामाथि कारबाही हुन्छः सभापति देउवा
प्रतिक्रिया दिनुहोस