×

NMB BANK
NIC ASIA

राजनीतिक विश्लेषक केसीको प्रश्न– ओलीले किन पश्चगामी शैलीमा काम गर्न थाल्नुभयो ?

मंसिर २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं- राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले वर्तमान सरकारको ९ महिने कार्यकाल पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् । । निर्वाचनका ताका जनतामा गरेका प्रतिबद्धता र वाचाहरु यो सरकारले अहिले पूर्ण रुपमा छोडिसकेको उनको भनाइ थियो ।

Muktinath Bank

राजधानीमा आयोजित एक कायक्रममा उनले भने,‘कामको हिसाबले यो सरकार पूर्ण रुपमा असफल भैसक्यो । निर्वाचनका ताका जनतामा गरेका प्रतिबद्धता र वाचाहरु यो सरकारले अहिले पूर्ण रुपमा छोडिसक्यो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले बोलेका कुराहरु केही पनि पूरा नगरेको उनको आरोप छ । उनले भने,‘खाल्डाखुल्डीहरु पुर्छु भन्नुभयो । तर, त्यो काम पूरा भएन् । मन्त्रीहरुले ठेकेदारहरुलाई कारबाही गर्छौं भनेर ठूलो स्वरमा बोल्नुभयो । त्यसमा पनि केही भएन् । सिण्डिकेट हटाउँछौं भन्नुभयो । तर, एकाधिकार अहिलेपनि कायमै छ । सुन काण्डमा पनि त्यही हाल भयो । गृहमन्त्री बादलले त भ्रष्टाचारीहरुको पाता कस्छु भन्नुभयो। तर, कारबाही केही पनि भएन् । प्रचण्डले बोलाएर उनलाई गृहमन्त्री हुने की सिंघम बन्ने भनेर सोधेपछि उहाँ चुप लाग्नुभयो । त्यसपछि निर्मला पन्तको बलात्कारपछि हत्याको प्रकरण आउन थाल्यो ।’


Advertisment
Nabil box
Kumari

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलेसमेत यो सरकारले काम गर्न सकेन भनेर सैद्धान्तिक कुरा उठाएको उनले सुनाए । उनले भने,‘अहिले हेर्नुहोस्, नियुक्ती प्रकरणले ओली अहिले आलोचित बनेका छन् । झलनाथ खनाल, माधव नेपालले पनि यो सरकारको बारेमा आलोचना गरिरहेका छन् । माधव नेपालले त हाउसभित्रै तमासा देखाउनुभयो । तर, पछि उहाँले ओलीको विकल्प छैन भन्नुभयो । प्रचण्डजीले त सरकारको ‘गियर’ बढाउनुपर्छ भन्नुभएको छ ।’

Vianet communication
Laxmi Bank

ओली सरकारले कुनैपनि क्षेत्रमा आशातित नतिजा नदेखाएको उनको आरोप छ । उनले भने,‘ओलीले किन पश्चगामी शैलीमा काम गर्न थाल्नुभयो ? मैले बुझन् सकेको छैन् । नाकाबन्दीको बेलामा उहाँले राष्ट्रिय अडान लिनुभयो । हामीले पनि उहाँलाई सफल नेताको रुपमा चित्रण गरेकै हो । मैले त झनै सफल नेता र विकासको ‘एसेट’ को रुपमा लिएको थिएँ । तर, मैमाथि त्यतिवेला प्रश्न खडा भयो ।’

उनले मुलुकमा उद्योग तथा लगानीको वातावरण पनि नबनेको चित्रण गरे । केसीले ओली सरकारले जनतामा कुनैपनि आशालाग्दो नतिजा नदिएको जिकिर छ । 

फरक प्रसँगमा उनले तुलनात्मक रुपमा ओलीभन्दा प्रचण्ड राम्रो र गतिशिल नेता भएको बताए । उनले भने,‘अहिलेका नेताहरुमा प्रचण्ड गतिशील छन् । तर, उनको त्यो गतिशिलता हाम्रो लागि प्रयोग भएन् । उनकै छोरी र बुहारीको लागि त्यो ‘डाईनामिज्म’ लागु भयो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x