×

NMB BANK
NIC ASIA

सरकारले चासो नदिँदा अनुदान पाएनन् भूकम्पपीडितले

मंसिर २, २०७५

NTC
Sarbottam
फाइल तस्बिर
Premier Steels
Marvel

बेत्रावती– शिवपुरी गाउँपालिका–५ महाकालीको विभिन्न स्थानका जोखिमबस्तीका भूकम्पपीडित लाभग्राहीले आवास पुनःनिर्माणबापतको अनुदान रकम पाउनबाट बञ्चित भएका छन् । 

विसं २०७२ वैशाख १२ को भूकम्पले महाकालीको ५४ घरधुरी परिवार भूगर्भविद्को अध्ययनबाट पहिरोको जोखिमबस्तीमा रहेको भनी राष्ट्रिय पुनःनिर्माण प्राधिरकरणले सूचीकृत गरेको थियो । ती परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारी पक्षबाट चासो नभएपछि जोखिमस्थानमा नै घर बनाएका लाभग्राहीले आवास निर्माणबापत पाउने अनुदान रकम पाउनबाट बञ्चित भएको शिवपुरी–५ का वडाध्यक्ष सीताराम थापाले जानकारी दिनुभयो । 

जोखिमबस्तीमध्ये आवास निर्माणको प्रक्रिया शुरु गरेका ५१ परिवारको बैंक खाता पुनःनिर्माण प्राधिकरणले रोक्का गरेको छ । “पुनःनिर्माण प्राधिकरणले जोखिम बस्तीका बासिन्दालाइ बढीमा रु दुई लाखसम्म दिएर सुरक्षित स्थानमा घडेरी खरीद गर्ने भए पनि ढिलाइ गरेपछि पीडितले पहिरोको जोखिममा नै घर बनाउन बाध्य भएका हुन्”, उहाँले भन्नुभयो, “तोकिएको मापदण्डअनुसार घर बनाउनेलाई सरकारले दिने अनुदान रकम निकासाको चरणमा बैंंक खाता रोक्का गर्नाले पीडित थप मर्माहित भएका छन् ।” 

भूगर्भविद्को अध्ययनअनुसार महाकालीका कुढारटोल, मूलाबारी र कल्लेरीमा पर्ने बस्ती पहिरोको जोखिममा रहेको प्राधिकरणले जनाएको छ । भूकम्पपीडित लाभग्राहीले आवास पुनःनिर्माण गर्न सरकारले दिने रु तीन लाख अनुदानको बैंक खाता गत भदौ अन्तिम साता प्राधिकरणले रोक्का गरेपछि घर निर्माण शुरुदेखि सम्पन्न गर्नेले अनुदान रकम पाउनबाट बञ्चित भएका हुन् । 

सरकारले पुनःस्थापनामा लामो समयसम्म पहल नगरेपछि जोखिम स्थानमा नै घर निर्माण गर्नु आफूहरुको बाध्यता भएको भूकम्प र पहिरोबाट पीडित स्थानीय सुमन खड्काले बताउनुभयो । जोखिम बस्तीमा घर निर्माण गर्नेलाई शुरुआती समयमा पुनःनिर्माणले अनुदान उपलब्ध गराए पनि हाल आएर खाता रोक्का गर्नु न्यायोचित नभएको उहाँको भनाइ छ । 

“आर्थिक अवस्था कमजोर र बस्तीसँगै जग्गा पनि जोखिममा परेपछि खेती लगाउन नपाउँदा आम्दानीको स्रोत केही छैन”, उहाँले भन्नुभयो, “सरकारी अनुदान पाउने आशामा ऋण खोजेर घर बनाएको थियाँै, त्यो नपाएपछि अहिले ब्याज तिर्न धौधौ भएको छ ।” बस्तीको चारैतिरबाट पहिरो बगेको स्थानका पीडितलाई पुनःस्थापनाका लागि सुरक्षित जग्गाको खोजी भइरहेको शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले बताउनुभयो । 

उहाँका अनुसार बस्ती नजिकै तल्लो मूलाबारीमा सुरक्षित जग्गा पाइए पनि खरीदका लागि पुनःनिर्माणले उपलब्ध गराउने रु दुई लाख रकमले घडेरीका लागि आवश्यक जग्गा नआउने भएपछि थप ढिलाइ भएको हो । 

प्राधिकरणले जोखिम बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा घडेरी खरीद गर्न बढीमा रु दुई लाखसम्म र आवास पुनःनिर्माण गर्न अनुदानस्वरुप रु तीन लाख दिने प्रावधान छ । जोखिम बस्तीमा घर बनाउनेलाई यसअघि लिएको अनुदान रकम फिर्ता गराउँछु भनेर लिखित निवेदन स्थानीयतहमा दिएपछि प्राधिकरणले जग्गाको खोजी अघि बढाउने व्यवस्था रहेको जिल्ला आयोजना कार्यान्वयन एकाइअन्तर्गतको निजी आवास पुनःनिर्माणसम्बन्धी अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका सूचना अधिकारी सुन्दर पोखरेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार जोखिम बस्तीमा घर बनाएकालाई भदौसम्म अनुदान दिए पनि हाल खाता रोक्का गरिएको छ । “जोखिम बस्तीमा घर बनाएर यसअघि लिइएको अनुदान फिर्ता गर्ने शर्तमा पीडित लाभग्राहीले स्थानीय तहमा निवेदन दिनुपर्छ”, पोखरेलले भन्नुभयो, “सोही निवेदनका आधारमा स्थानीय तहले प्राधिकरणलाई जग्गा खोजीका लागि पहल गर्ने कार्यविधिमा उल्लेख छ ।” 

भूगर्भविद्को अध्ययनका आधारमा अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयको तथ्याङ्कअनुसार भूकम्पका कारण नुवाकोटका विभिन्न बस्तीका ३७७ परिवार जोखिममा देखिएकाले सुरक्षित स्थानमा सार्नुपर्नेछ । तीमध्ये महाकालीका ५१ सहित ६१ परिवारले जोखिमस्थानमा घर निर्माणको प्रक्रियामा गएकाले उनीहरुको बैंक खाता रोक्का गरी सरकारी अनुदान रोकिएको छ । 

जोखिम बस्तीमा सूचीकृत भएकामध्ये हालसम्म १९० परिवारलाई प्राधिकरणले सुरक्षित स्थानमा घडेरी खरीद गरी स्थानान्तरण गराउन शुरु गरेको छ भने बाँकीको स्थानान्तरण र पुनःनिर्माण अन्योल छ । 


– रामहरि न्यौपाने 

 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x