×

NMB BANK
NIC ASIA

नुवाकोटमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने

मंसिर २, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

नुवाकाेट– निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ प्रसारण लाइनमा तार विस्तारका लागि नुवाकोटमा दुईदिन विद्युत् आपूर्ति बन्द हुने भएको छ । 

नेपाल विद्युत् प्राधिकरण, नुवाकोट वितरण केन्द्रले सूचना जारी गर्दै यही मङ्सिर ३ र ४ गते दुईदिन नुवाकोट जिल्लाभर नै विद्युत् बन्द हुने जनाएको हो । त्रिशूली–काठमाडौँ प्रसारण लाइनको तार विस्तारका क्रममा जिल्लामा ६६ केभी प्रसारण लाइनमार्फत वितरण भएको स्थानीय प्रसारण तारमा छोएर दुर्घटना हुनसक्ने भएकाले दुई दिन विद्युत् आपूर्ति बन्द गर्न लागिएको केन्द्र प्रमुख सन्तोष कुमारले जानकारी दिए । 

उनका अनुसार माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाले आग्रह गरेअनुसार सोमबार र मङ्गलबार जिल्लाको सबै स्थानमा बिहान ८ देखि साँझ ६ बजेसम्म विद्युत् सेवा पूर्णरुपमा बन्द गर्न लागिएको हो । माथिल्लो त्रिशूली थ्री ‘ए’मार्फत निर्माणको काम भइरहेको त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ सर्किटको तार विस्तारको कार्य गत कात्तिक ७ गतेदेखि शुरु गरिएको थियो । 

नुवाकोट र रसुवामा उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनसम्म जोड्न लैजान २०६८ साल फागुन १४ देखि निर्माण शुरु भएको २२० केभी प्रसारण लाइन निर्माण अगामी पुस १५ गतेभित्र सक्नुपर्ने बाध्यकारी अवस्था छ ।

Sagarmatha Cement
Muktinath Bank

माथिल्लो त्रिशूली थ्री ‘ए’ले आगामी माघ २६ गते पहिलो युनिटमार्फत ३० मेगावाट विद्युत् उत्पादन गर्ने भएकाले सो विद्युत् केन्द्रीय प्रसारण लाइनसम्म पु¥याउन तोकिएको समयमा प्रसारण लाइन निर्माण सम्पन्न गर्न कार्य तीव्र बनाएको आयोजना प्रमुख फणीन्द्रराज जोशीले जानकारी दिए । 

सो प्रसारण लाइनमार्फत नुवाकोट र रसुवामा उत्पादित करीब ९०० मेगावाट विद्युत् एकै केन्द्रमार्फत केन्द्रीय प्रसारण लाइनसम्म जोड्न ४५ किमी प्रसारण लाइन निर्माणको काम हाल ९० प्रतिशत सम्पन्न भएको छ । ठेकेदार कम्पनी चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन (सिडब्लुई)मार्फत रु दुई अर्ब ५० करोड लगानीमा निर्माणको काम भइरहेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x