×

NMB BANK
NIC ASIA

नुवाकोटमा आज र भोलि विद्युत् आपूर्ति बन्द, यस्तो छ कारण

मंसिर ३, २०७५

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

नुवाकोट– निर्माणाधीन त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ प्रसारण लाइनमा तार विस्तारका लागि नुवाकोटमा दुईदिन विद्युत् आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण, नुवाकोट वितरण केन्द्रले सूचना जारी गर्दै यही मङ्सिर ३ र ४ गते दुईदिन नुवाकोट जिल्लाभर नै विद्युत् बन्द हुने जनाएको हो । 

Muktinath Bank

त्रिशूली–काठमाडौँ प्रसारण लाइनको तार विस्तारका क्रममा जिल्लामा ६६ केभी प्रसारण लाइनमार्फत वितरण भएको स्थानीय प्रसारण तारमा छोएर दुर्घटना हुनसक्ने भएकाले दुई दिन विद्युत् आपूर्ति बन्द गर्न लागिएको केन्द्र प्रमुख सन्तोष कुमारले जानकारी दिनुभयो । उहाँका अनुसार माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाले आग्रह गरेअनुसार सोमबार र मङ्गलबार जिल्लाको सबै स्थानमा बिहान ८ देखि साँझ ६ बजेसम्म विद्युत् सेवा पूर्णरुपमा बन्द गर्न लागिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

माथिल्लो त्रिशूली थ्री ‘ए’मार्फत निर्माणको काम भइरहेको त्रिशूली–काठमाडौँ २२० केभी ‘डबल’ सर्किटको तार विस्तारको कार्य गत कात्तिक ७ गतेदेखि शुरु गरिएको थियो । नुवाकोट र रसुवामा उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनसम्म जोड्न लैजान २०६८ साल फागुन १४ देखि निर्माण शुरु भएको २२० केभी प्रसारण लाइन निर्माण अगामी पुस १५ गतेभित्र सक्नुपर्ने बाध्यकारी अवस्था छ । माथिल्लो त्रिशूली थ्री ‘ए’ले आगामी  माघ २६ गते पहिलो युनिटमार्फत ३० मेगावाट विद्युत् उत्पादन गर्ने भएकाले सो विद्युत् केन्द्रीय प्रसारण लाइनसम्म पु¥याउन तोकिएको समयमा प्रसारण लाइन निर्माण सम्पन्न गर्न कार्य तीव्र बनाएको आयोजना प्रमुख फणीन्द्रराज जोशीले जानकारी दिनुभयो ।


Advertisment
Nabil box
Kumari

सो प्रसारण लाइनमार्फत नुवाकोट र रसुवामा उत्पादित करीब ९०० मेगावाट विद्युत् एकै केन्द्रमार्फत केन्द्रीय प्रसारण लाइनसम्म जोड्न ४५ किमी प्रसारण लाइन निर्माणको काम हाल ९० प्रतिशत सम्पन्न भएको छ । ठेकेदार कम्पनी चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशन (सिडब्लुई)मार्फत रु दुई अर्ब ५० करोड लगानीमा निर्माणको काम भइरहेको हो । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

मंसिर १९, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा सानो (टनेल)को अधिकतम थोक मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो (भारती...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

माघ १७, २०८०

नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको छ । निगमले ग्यासको मूल्य प्रतिसिलिन्डर १५ रुपैयाँ बढाएको हो ।  यससँगै बिहीबारदेखि ग्यासको मूल्य प्रतिसिलिन्डर १९१० रुपैयाँ पर्ने भएको छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x