×

NMB BANK
NIC ASIA

'बुवा गइहाल्छ कि भनेर चुठ्न जाँदासमेत मेरो हात छोड्दैनथ्यो' - प्रचण्ड

मंसिर ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

ठीक एक वर्ष अगाडि मंशिर तीन गते विहान नेपालको राजनीतिका किङमेकर मानिएका पुष्पकमल दाहाल प्रचण्डका एक्ला छोरा प्रकाश दाहालको हृदयघातको कारणले निधन भएको खबर आगोको डढेलोसरी फैलियो । विवादास्पद छवीको कारणले राजनीतिमा कम सक्रिय र सामाजिक संजालमा बढी सक्रिय देखिएका प्रकाश दाहालले प्रचण्ड प्रधानमन्त्री रहँदा र नरहँदा सचिवालयको व्यवस्थापनमा कुनै कमी आउन दिएका थिएनन् । सामाजिक सञ्जालमार्फत सूचना प्रवाहमा पनि प्रकाशलाई अब्बल मानिन्थ्यो । प्रकाश दाहाल निधनपूर्व नै  समाजसेवीलाई दिइने प्रवल जनासेवाश्री पदकबाट विभूषित भएका थिए ।

Muktinath Bank

प्रकाशको निधनमा उनका कट्टर आलोचक मानिएकामध्ये धेरैले आँशु चुहाए, परिवारलाई समवेदना दिए र प्रकाशलाई श्रद्धान्जली दिए । नेपालको राजनीतिमा उदियमान मानिएका एक युवाको असामयिक निधनमा दुखी नहुने नेपालको कुनै युवा थिएन । चाहे सामाजिक संजालमा होस्, चाहे चिया पसलमा होस्, चाहे चौर र चौतारोमा होस्, प्रकाशको असामयिक निधनको चर्चा हप्तादिन भन्दा बढीसम्म चलिरह्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश र प्रतिनिधसभा चुनाव संघारमै थियो, शोकसन्तप्त प्रचण्डले एक्लो छोराको निधनमा भोग्नु परेको वियोग सार्वजनिक गर्न पाएनन् बरू शोकलाई भरपुर शक्तिमा बदल्नमा आफ्नो समय खर्चिए । प्रकाशको श्रद्धान्जली सभामै चुनावी घोषणापत्रहरू सार्वजनिक गरिए । सीता दाहालको खस्किएको स्वास्थ्यको पनि रेखदेख गर्ने समय पाएनन् प्रचण्डले ।


Advertisment
Nabil box
Kumari

प्रकाशको निधनलगत्तै मंशिर ७ गते आफ्नै निवास लाजिम्पाटमा आयोजना गरिएको श्रद्धान्जलीसभामा देशका सबै युवा–युवती आफ्ना छोरा प्रकाश जस्तै रहेको र तिनको समुन्नत भविष्यका लागि अझ धेरै मेहनत गर्नुपर्छ भन्ने निष्कर्षमा आफू पुगेको भन्दै भावविव्हल प्रचण्डले आफैलाई शान्त्वना दिएका थिए । केही दिन अघिमात्र चरिकोटमा प्रकाश दाहाल प्रथम स्मृति फुटबल प्रतियोगिता उद्घाटन गर्दै सम्बोधन गर्दा पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहाल भक्कानिए । प्रकाशलाई उनले आफ्नो छोरा भन्दा बढी उदियमान नेताको रूपमा रहेको भनेर सम्बोधन गरेका थिए ।

Vianet communication
Laxmi Bank

राष्ट्रिय अन्तर्राष्ट्रिय चासोको विषय बनेको प्रकाश दाहालको असामयिक निधन भएको एक वर्ष बितिसकेको छ । यो बीचमा बागमतीमा धेरै पानी बग्यो । शोकले आमा सीता दाहालको स्वास्थ्यस्थिति दयनीय बन्दै गइरहेको छ । प्रकाशको अभावमा बाबु प्रचण्डको दैनिकी प्रभावित भइरहेको अन्य सचिवालय सदस्यहरु बताउँछन् ।

प्रकाश दाहालको निधन भएपछि मंशिर ६ गते भरतपुरको केन्द्रीय बस टर्मिलनमा आयोजित प्रकाश दाहालको श्रद्धान्जली तथा सभामा गीत गाउँदा–गाउँदै हृदयघात भएर ढलेका गायककार खुशीराम पाख्रिनको उपचारको क्रममा नारायणी सामुदायिक अस्पतालमा निधन भएको थियो । तत्कालीन माओवादीले थालेको युद्धमा परिवारका सदस्यसमेत गुमाएका पाख्रिन सहीद परिवार थिए । उनी तत्कालीन माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार थिए । यसले माओवादी केन्द्रमा दोहोरो क्षति पुगेको थियो । प्रकाश दाहालजस्तै केही दिनपछि नै असामयिक रूपमा दिवंगत भएका पाख्रिनले पनि तत्कालीन माओवादी केन्द्रलाई बिर्सने नसक्ने पीडा दिएर गएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली प्रकाशलाई सम्झिँदै यसो भन्छन्, ‘म मेरा प्रिय मित्र, आदरणीय मित्र, नेकपाका अध्यक्ष, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यू, उहाँका धर्मपत्नी सीता दाहाल लगायत सबैमा, सिंगै परिवारमा मेरो तर्फबाट, मेरो पार्टीको तर्फबाट र हामी सबैको तर्फबाट हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु । सिङ्गै पार्टी नेकपालाई एउटा ठूलो क्षति भएको छ ।’

प्रकाशलाई सम्झना गर्दै बाबु प्रचण्ड भन्छन्, ‘प्रकाश ३/४ वर्षको हुँदासम्म म भूमिगत रुपमा मिलाएर मात्र गाउँको घरमा जाने गर्दथें । घरमा गएको बेला बुबा फेरि गइहाल्छ कि भनेर प्रकाश भने खाना खाएर बाहिर चुठ्न जाँदासमेत मेरो हात छोड्दैनथ्यो । म बाहिर जाने थाहा पाएमा रुनु, कराउनु र पछि लाग्नु उसको विशेषता नै थियो । यसै क्रममा एकपटक तीन वर्षको नहुँदै मैले उसलाई लिएर भारतको नौतनवामा क. मोहन बिक्रम सिंहसँगको भूमिगत बैठकमा गएको थिएँ । राति उठेर ऊ रुन थालेपछि क. मोहन बिक्रम सिंहले केरा दिएर फकाई, फुल्याई सुताएको घटना मेरा लागि अविस्मरणीय रहेको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x