×

NMB BANK
NIC ASIA

सुर्खेत– लेकबेसी नगरपालिका वडा नं. ६ को बाघखोर यतिबेला समृद्धिको यात्रामा अघि बढिरहेको छ । जहिल्यै वर्षायामको एक खेती बाहेक अन्य समयमा केही पनि उब्जाउ नहुने बाघखोर अहिले हरियाली भएको छ ।

Muktinath Bank

सबैका घरमा तरकारी खेती छ भने स्थानीयहरूले गहुँ, मकै, तोरीको मुल बीउ समेत उत्पादन गरेर लाखौं रुपैयाँ कमाइरहेका छन् । यस्तो हुनुको प्रमुख कारण बाघखोर सिँचाइ आयोजना सञ्चालनमा आउनु नै हो । ४० हेक्टर जमीनमा सिँचाइ गरिँदै आएको बाघखोरमा रातभरि पानी ट्यांकीमा पानी जम्मा गरिन्छ र बिहान ७ बजेदेखि सिँचाइ गर्न शुरु हुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त सिँचाइ आयोजनाले बाघखोरका ६३१ जनाको जीवनस्तर सुधार गर्न महत्त्वपूर्ण भूमिका खेलेको स्थानीय सरिता ताउलेले बताइन् । उनका अनुसार पहिले एकमात्र खेती हुने र अधिकांश युवाहरु कामको खोजीमा भारत जाने गरेका थिए । लोकान्तरसँग कुरा गर्दै ताउलेले भनिन्, ‘अहिले गाउँको मुहार नै फेरिएको छ । सबै युवाहरु गाउँमा खेती किसानीमै रमाइरहेका छन् ।’ तर युवाहरु अझै पनि खेती गर्न खुलेर लाग्न नसकेको उनको धारणा छ ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

अर्की स्थानीय कौशीला ज्ञवालीले युवाहरुलाई खेतीमा आकर्षित गर्न राज्यले नै ध्यान दिनुपर्नेमा जोड दिइन् । ‘खेती किसानीलाई फरक नजरबाट हेर्ने सोचलाई सबैभन्दा पहिले सरकार तथा समुदायले बदल्न जरुरी छ । उनले भनिन्, ‘पर्याप्त सम्भावना हुँदाहुँदै युवा भारत पस्न दिनु नराम्रो हो । कृषिलाई सम्मानका साथ हेर्ने वातावरण भएको खण्डमा पक्का युवाहरु खेतीमा लाग्ने छन् र देशको समृद्धिमा योगदान दिने मेरो अपेक्षा छ ।’

अर्का स्थानीय केशरबहादुर रानाले सिंचाई आयोजनाका कारण हरेक घरमा ताजा तरकारी उत्पादन भइरहेको बताए । ‘हाम्रो गाउँमा अहिले बाह्रै महिना हरियो तरकारी खान पाइन्छ ।’ उनले भने, ‘त्यतिमात्रै होइन, सिँचाइ आयोजनाका कारण हामीले गाईवस्तु पाल्न र अन्य व्यवसायसमेत गर्न पाएका छौं । हामी वाघखोरवासी समृद्धिको यात्रामा अघि बढिसकेका छौं ।’

सिँचाइ जलउपभोक्ता समितिका अध्यक्ष देवबहादुर रानाले सिँचाइका लागि आफूहरुले पालो मिलाउने गरेको बताए । पालो मिलाएको कारण सबै किसानले सहज रुपमा सिँचाइ गर्न पाएका छन् । अध्यक्ष रानाले भने, ‘सिँचाइकै कारण गतवर्ष गाउँमा ८४ लाख रुपैयाँ भित्रियो ।’

उनका अनुसार वाघखोरका किसानले गतवर्ष २५ टन गहुँको वीउ, ४० टन धानको बीउ, ४० टन मकैको बीउ र ५ टन तोरीको बीउ विक्री भएको हो । वडा नं. ६ का वडा अध्यक्ष भीमसेन पुनले पहिले वाघखोरवासी खानका लागि खेती गर्थे भने अहिले व्यवसायकालागि खेती गर्ने गरेको बताए । उहिले खानका लागि मात्रै खेती गर्ने र युवाहरु भारत जाने प्रचलन थियो । उनले भने, ‘अहिले त्यो अवस्था पुरै फेरिएको छ । हरेक किसान व्यवसायिक बन्दै गएका छन र उनीहरु आतमनिर्भरतातर्फ उन्मुख भएका छन् ।’

लेकबेसी नगरपालिकाका उपप्रमुख शान्ति छन्तेलले नगरपालिकाको समृद्धिमा वाघखोरवासीको महत्त्वपूर्ण योगदान रहेको बताइन् । उनले कृषि क्षेत्रको विकासका लागि काम गरिरहेको बताइन् । उनले नगरपालिकालाई समृद्ध बनाउन कृषि क्षेत्रको विकास अनिवार्य भएका कारण आफूहरुले सिँचाइ आयोजना निर्माणदेखि किसानलाई प्रोत्साहनसम्मका कार्यक्रमहरु ल्याइरहेको बताइन् । उनले नगरपालिकाले पशुपालन क्षेत्रमा पनि काम गरिरहेको जानकारी दिइन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x