×

NMB BANK
NIC ASIA

घुम्ती शिविरबाट बाह्र सय लाभान्वित

मंसिर ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

गलेश्वर- म्याग्दीको धवलागिरि गाउँपालिका– ७ ताकममा सम्पन्न निःशुल्क आँखा उपचार शिविर र रघुगङ्गा गाउँपालिका– ६ कोटगाउँमा सम्पन्न एकीकृत घुम्ती शिविरबाट एक हजार २०० जना भन्दाबढी लाभान्वित भएका छन् । 
हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोग, धवलागिरि गाउँपालिका, ताकम स्वास्थ्य चौकी र धवलागिरि जनयुवा क्लब ताकमको आयोजनामा चार दिनसम्म शिविर सञ्चालन भएको थियो । 

शिविरमा एक हजार १३ जना लाभान्वित भएका गाउँपालिकाको स्वास्थ्य संयोजक लोकनाथ पौडेलले जानकारी दिनुभयो । अन्ठाउन्न जनाको मोतियाबिन्दु र आँखाभित्र परेला पसेका चार जनाको शल्यक्रिया गरिएको छ । 

त्यसैगरी कोटगाउँमा सम्पन्न एकीकृत घुम्ती शिविरबाट २०६ जनाले गाउँमा नै सरकारी सेवा पाएका छन् । गाउँपालिका र वडा कार्यालयको संयोजनमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा शिविर सम्पन्न भएको हो । 

जिल्ला प्रशासन कार्यालयको टोलीले ३८ जनालाई नयाँ र आठ जनालाई प्रतिलिपि नागरिकता प्रमाणपत्र वितरण गरेको प्रजिअ लीलाधर अधिकारीले जानकारी दिनुभयो । बत्तीस जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिएको छ । बेनी अस्पतालका चिकित्सकको टोलीले ७१ जनाको निःशुल्क स्वास्थ्य परीक्षण, परामर्श र औषधि वितरण सेवा दिएको छ । 

अठार जनाको जन्मदर्ता, दुई वटा मृत्यु दर्ता, २३ जना महिला र २३ जना पुरुषको तस्बीरसहितको मतदाता नामावली दर्ता भएको छ । सशस्त्र प्रहरीको टोलीले एक वडा एक हेलिप्याड कार्यक्रमका लागि सम्भाव्यता अध्ययन गरेको छ । 

भौगोलिक विकटताका कारण सदरमुकामका कार्यालयमा पुगेर सेवा लिन नसकेका सर्वसाधारणलाई गाउँमै सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको प्रजिअ अधिकारीले बताउनुभयो । ताकममा सम्पन्न आँखा शिविरबाट भौगोलिकरुपमा विकट र दुर्गम बस्तीका बासिन्दालाई शिविरले राहत मिलेको मोतियाबिन्दुको शल्यक्रिया गर्नुभएका ताकमका उद्धिमबहादुर भण्डारीले बताउनुभयो । 

Muktinath Bank

हिमालयन आँखा अस्पतालका चिकित्सक हरिविक्रम अधिकारीको नेतृत्वमा नेदररल्याण्डका विशेषज्ञ चिकित्सक टर्न रोवर्टसनलगायत १४ जना विदेशी र नेपाली स्वास्थ्यकर्मीको टोलीले सेवा दिनुभएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x