×

NMB BANK
NIC ASIA

ठेकेदार सम्पर्कविहीन भएपछि पुल निर्माण अलपत्र, ढिलाइप्रति सांसदको चासो

मंसिर ३, २०७५

NTC
Sarbottam
तस्वीर: रासस
Premier Steels
Marvel

दमौली-तनहुँको व्यास नगरपालिका–५ साँगे र म्याग्दे गाउँपालिका–७ रानीटारी जोड्ने साँगे खोलामाथिको पुल निर्माण अलपत्र परेको छ । ठेकेदार सम्पर्कविहीन भएपछि ४० मिटर लामो पुलको निर्माण कार्य अलपत्र परेको हो । विसं २०७३ देखि शुरु भएको उक्त पुलको निर्माण कार्य छ महीनादेखि ठप्प छ ।

Muktinath Bank

पुल निर्माणको अन्तिम म्याद गत असारसम्म थियो । तर ठेकेदार भने वैशाखदेखि नै सम्पर्कमा नरहेको म्याग्दे गाउँपालिका–७ का वडा अध्यक्ष पदमराज वाग्लेले बताउनुभयो । पुल निर्माणका लागि स्थानीय सबै प्रकारको सहयोग गर्न तयार भए पनि ठेकेदार सम्पर्कमा नआएको उहाँले बताउनुभयो । ड्रागन हीरा एण्ड नमिता जेभीले रु चार करोड सात लाखको लागतमा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुलको हालसम्म दुवैतर्फको पिल्लरमात्र उठेको छ । सडक डिभिजन कार्यालय दमौलीका इञ्जीनियर कर्ण केसीले पुल निर्माण कार्य सञ्चालन गर्नका लागि निर्माण व्यवसायीलाई म्याद थपका लागि पत्राचार गरिएको जानकारी दिनुभयो । 

उहाँले निर्माण व्यवसायीले हालसम्म पुल निर्माण सम्पन्न गर्न नसक्नुका कारणबारे कार्यालयलाई आधार पेश गरेपछि मात्र जरिवाना तिराएर म्याद थप गर्ने वा कालोसूचीमा राखेर पुनःबोलपत्र आह्वान गर्ने प्रक्रिया शुरु हुने जानकारी दिनुभयो । 

ढिलाइप्रति सांसदको चासो 
यसैबीच पुल निर्माणमा ढिलाइ भएको गुनासो आएपछि तनहुँ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले चासो व्यक्त गर्नुभएको छ । सांसद सिग्देलले पुलको निरीक्षण गर्दै विकासमा निर्माणमा कुनै पनि बहानामा ढिलाइ गर्न नहुने र उक्त पुल प्रदेश सरकारको जिम्मेवारीमा रहेकाले बजेट अभाव नहुने आश्वासनसमेत दिनुभयो । 


Advertisment
Nabil box
Kumari

सडक डिभिजन कार्यालयका प्रमुख काफ्लेले निर्माण व्यवसायीको केही कमजोरीका कारण पुल निर्माणमा ढिलाइ भएको भन्दै अब धमाधम काम शुरु हुने बताउनुभयो । उहाँले वर्षा अगाडि नै पुलको ढलान गरिसक्नेसमेत बताउनुभयो । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x