×

NMB BANK
NIC ASIA

सुविधामा पाएको मोटरसाइकल वडाअध्यक्षले लिएनन्, उक्त रकमले जनतालाई खानेपानीको व्यवस्था गर्ने

मंसिर ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

कञ्चनपुर–जनतालाई सुविधा दिने तहमा पुगे पछि जनप्रतिनिधि आफ्नै तलब भत्ता, सेवा सुविधा बढाउने तर्फ उन्मूख हुन थालेपछि चौतर्फी आलोचित हुन थालिरहेको अवस्थामा कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा नं. १ का वडा अध्यक्ष प्रतापबहादुर चन्दले भने सुविधामा दिएको मोटरसाइकल लिन अस्वीकार गरेका छन् ।

Muktinath Bank

चन्द तत्कालिन एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । गत आ.ब २०७५÷७६ को नगरसभाले ११ वटै वडा अध्यक्षलाई मोटरसाईकल खरिद गर्न भनी ३५ लाख विनियोजन गरेको थियो । उक्त रकम लगभग एउटा पुरै वडाको विकास बजेट जतिकै भएको हुँदा जनप्रतिनिधि सुविधाभोगी हुनु नहुने भन्दै नगरसभामा आपत्ति जनाएका थिए । विनियोजित कार्यक्रम अनुसार नगरपालिकाले दशैंको अवसर यमाहाको एस.जेड.आर. १५० सि.सि. मोटरसाईकल खरिद गरि वडा अध्यक्षहरुलाई वितरण गरेको थियो । तर वडा अध्यक्षले भने मोटरसाईकल नलिई उक्त रकले आफ्नो वडामा पानी फिल्टर वितरण गर्ने योजना बनाएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफ्नो वडाको भकुण्डा भन्ने गाउको २३ घरधुरीको धारामा अत्याधिक आरसेनिक भेटिएको र बर्षौदेखि स्थानीयवासी त्यही दुषित र जोखिमयुक्त पानी पिउन बाध्य भएका कारण आफुले यो योजना बनाएको वडा अध्यक्ष चन्द बताउँछन् । संविधान कार्यान्वयन गर्ने पहिलो निकाय भनेकै स्थानीय तह हो । नागरिकको बाँच्न पाउने अधिकारलाई सुनिश्चत गर्न मोटरसाईल बराबर मूल्यको उक्त बस्तीमा ‘बायो स्याण्ड फिल्टर’ मार्फत पानी वितरण गर्ने चन्दले बताए । ‘तराईको ४२–४३ डिग्री गर्मीमा मजदुरी गरि छाक काटेर संकलन भएको करबाट मोटरसाईकल चढ्नु भनेको गरिब नगरवासीको ढाडमा चढ्नु हो’ चन्दले बताउँछन् । यस क्षेत्रमा बसोबास भएको ४८ वर्ष बन्दा बढी भए पनि अहिले आएर फिल्टर पाए पछि आफुहरुले शुद्ध पानी खान पाउने भएकोमा स्थानीयबासी हर्षित भएको छन् । वडा अध्यक्ष चन्दको यो कमदको भने चौतर्फी प्रशंसा हुन थालेको छ ।
 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x