×

NMB BANK
NIC ASIA

नेयमार आउन चाहन्छन् रियाल मड्रिड, तर रामोससँग खेल्न अनिच्छुक

मंसिर ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं — ब्राजिली सुपरस्टार खेलाडी नेयमार पेरिस सेन्ट जर्मान क्लबमा नबस्ने मनस्थिति बनाइरहेका छन् । 

पेरिसी क्लबलाई यूईएफएले फाइनान्सियल फेयर प्लेमा लगाउन सक्ने जरिवाना अनि च्याम्पियन्स लीगमा क्लब नकआउट चरणमा नपुग्ने सम्भावना देखेका नेयमार त्यहाँ बस्न नचाहेका हुन् । 

क्लबमा बसिरहेर आफ्नो करीयर उँभो नलाग्ने आँकलन नेयमारले गरेका छन् । 

उनी रियाल मड्रिड क्लब जान चाहन्छन् । पेरिसको क्लबबाट निस्कनका लागि रियालले नै पैसा तिर्न सक्ने हैसियत राख्ने उनलाई थाहा छ । त्यसो त नेयमार बार्सिलोना नै पनि फर्किन चाहन्छन् तर बार्साले उनलाई फेरि लिने मन बनाएको देखिँदैन । 

तर रियाल मड्रिडमा नेयमारलाई सर्जिओ रामोस पटक्कै मन पर्दैनन् । रामोससँग खेल्नका लागि नेयमार इच्छुक छैनन् । अनि रियालमा रामोसको ठूलो प्रभाव छ । 

हालै अर्जेन्टिनाका पूर्वखेलाडी तथा रियालका पूर्वव्यवस्थापक जोर्गे भाल्दानोले रामोसको खुबै प्रशंसा गरेका छन् । रियाल क्लब आफ्नै स्वामित्वको हो झैं गरी रामोसले क्लबको जीतका लागि सबैखालको प्रयास गर्ने गरेको भाल्दानोले बताए ।

नेयमारलाई रामोसको यही गुण चित्त बुझ्दैन । रामोसको अत्यधिक प्रभाव तथा लगावका कारण क्लबमा उनीसँग झगडा पर्न सक्ने नेयमारको आँकलन छ । 

आफू रियाल मड्रिड आउने हो भने रामोसलाई बिदा गर्नुपर्ने नेयमारको भनाइ छ । 

क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई रामोस र नेयमारबीच कसलाई छान्ने भन्ने विषयमा तनाव भएको छ । रोनाल्डोलाई बेचेपछि क्लबलाई गोलको वर्षा गर्नसक्ने एउटा खेलाडी जरूरी भइसकेको छ र नेयमार त्यसका लागि उपयुक्त पात्र हुन् ।

तर रामोसलाई क्लबबाट हटाउने कल्पना पनि गर्न सक्ने स्थिति छैन ।

डोन बलोनबाट

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x