×

NMB BANK
NIC ASIA

ठेकेदारको लापरबाहीले धारापानी सिँचाइ योजना अलपत्र

मंसिर ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

भीमदत्तनगर- निर्माण कम्पनीको बेवास्ताका कारण कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लामा रहेको धारापानी सिँचाइ आयोजना अलपत्र परेको छ । 

Sagarmatha Cement
Muktinath Bank

सिँचाइ आयोजना सम्पन्न गर्न ठेक्का पाएको आशिष कन्स्ट्रक्सन धनगढीले दुई पटक समयसीमा थप गर्दा पनि काममा ढिलाइ गरेपछि योजना नै अलपत्र परेको हो । दोस्रो पटक काम गर्न थप गरिएको समय सकिएर आठ महीना बितिसक्दा पनि योजनाको काम निर्माण कम्पनीले अटेर गरेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भीमदत्तनगरले जनाएको छ । 

‘‘आशिष कन्स्ट्रक्सनलाई दोस्रो पटक काम सक्ने गरी गत फागुन १० गतेसम्म म्याद दिइएको थियो’’ जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भीमदत्तनगरका सूचना अधिकृत इञ्जिनीयर ग्रीष्मा ठगुन्नाले भन्नुभयो, “कार्यालयबाट पनि मौखिक र लिखित रुपमा ताकेता गर्दा पनि निर्माण व्यवसायी सम्र्पकमा आएनन् ।” 

सिँचाइ आयोजनाको नहर, कल्र्भटलगायत अन्य पूर्वाधार निर्माणका लागि उक्त निर्माण कम्पनीसँग २०७२ असार २५गते रु चार करोड १५ लाखका सम्झौता भएको इञ्जिनीयर ठगुन्नाले जानकारी दिनुभयो । ‘‘शुरुवातमा सम्झौता गर्दा २०७३ असोज महीनासम्मको म्याद थियो’’ उहाँले भन्नुभयो, “तोकिएको मितिमा काम नसक्ने भएपछि पुनः २०७४ फागुन २७ गतेसम्मको म्याद दिइएको थियो ।” 

दुबै म्याद सकिएको आठ महीना बितिसक्दा निर्माणका चासो नदेखाएपछि कार्यालयबाट लिखितरुपमा ताकेता गरिएको थियो । ‘‘निर्माण कम्पनीले करीब ६० प्रतिशत काम सकेर रकम भुक्तान समेत भइसकेको छ’’ ठगुन्नाले भन्नुभयो,“४० प्रतिशत काम अझै गर्न बाँकी नै छ ।” उहाँका अनुसार हालसम्म गरेको कामबापतको रु दुई करोड ६७ लाख भुक्तानसमेत भइसकेको छ । 

सो क्षेत्रको तीन सय हेक्टर जमीनमा सिँचाइ पुग्ने गरी निर्माण गर्न लागिएको योजना समयमा पूरा नहुँदा स्थानीयवासी भने चिन्तित बनेका छन् । ‘‘ठेकेदारले नहर बनाउन ल्याएका सामान समेत धारापानी क्षेत्रमा अलपत्र छन्’’ दोमिल्लाका स्थानीय भीमदत्त भट्टले भन्नुभयो । 

दुई प्याकेजमा निर्माणको ठेक्का दिइएको उक्त सिँचाइ योजनाको कामको जिम्मा पाएको भीमदत्तनगरस्थित पृथ्वी महरा जेभीले समयमै काम सम्पन्न गरेर हस्तान्तरण गरिसकेको छ । पृथ्वी महरा जेभीले रु एक करोड २० लाख बढीको काम गत २०७३ असोजमै सम्पन्न गरिसकेको थियो । 

खानेपानीको समस्या समेत रहेको दोमिल्ला क्षेत्रमा स्थानीयवासी दशकौंदेखि आकाशको पानीको भरमा खेती गर्दै आएका छन । उहाँले मुल नहर निर्माणसँगै सिँचाइ पु¥याउन बनाउन पर्ने शाखा नहर निर्माणका लागि सर्वे हुन नसकेको बताउनुभयो । 

पानीको मुहानमै नहर निर्माणको काम हुन नसकेको बताउँदै उहाँले तत्काल नहर निर्माणका लागि सम्बन्धित निकायलाई पहल गरिदिन आग्रह गर्नुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x