कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
काठमाडौं –उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले एन्टीबायोटिकको प्रभावकारिता घट्दै जानु खतरनाक संकेत भएको बताएका छन् ।
स्वास्थ्य तथा जथा जनसंख्या मन्त्रालयमा आयोजित प्रतिजैविक प्रतिरोधसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री यादवले एन्टीबायोटिकको असर खतरनाक भएकाले यसका विषयमा जनचेतना जागाउनु पर्ने बताए ।
‘नेपालमा एन्टीबायोटिकको गलत प्रयोगलाई न्युनिकरण गर्ने अभियान स्वरूप हामीले कार्यक्रमहरू शुरू गरिसकेका छौं,’ मन्त्री यादवले भने, ‘एन्टीबायोटिकले काम गर्न छाड्दै गएमा हामी भविष्यमा ठूलो समस्यामा पर्छौं । विकसित देशहरूले सजिलै विकल्प खोज्लान्, तर हाम्रो जस्तो विकासोन्मुख देशले समयमै सजकता अपनाउनुपर्छ ।’
उनले एन्टीबायोटिकको गलत प्रयोगलाई रोक्न सरकार गम्भीर भएर लाग्ने बताए ।
नेपालमा भएका अध्ययनहरूले मानिस र पशुपंक्षीमा जीवाणुहरू बलियो भन्दै गएको र एन्टीबायोटिकले काम गर्न छाड्ने अवस्था आइसकेको बताए । तर नेपालमा एन्टीबायोटिकको प्रयोग कति र कसरी भइरहेको छ भन्ने यकिन तथ्यांक भने सरकारसँग नभएको उनले स्वीकार गरे ।
यस्तै स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले एन्टीबायोटिकको गलत प्रयोगका कारण नेपालमा एन्टीबायोटिक रेसिस्ट्यान्स बढेको बताए । नेपालमा जथाभावी रूपमा एन्टीबायोटिक बिक्री गर्न नपाइने कानून रहेपनि यसको कार्यान्वयन गर्न नसकिएको स्वास्थ्य राज्यमन्त्री यादवको भनाइ छ ।
नेपालमा मानिस, कृषि क्षेत्र र जनावरमा पनि एन्टीबायोटिकको प्रयोग हुने गरेको छ । नेपाल सरकारले एन्टीबायोटिकको गलत असर हुन नदिन कुखुरा तथा वस्तुभाउलाई दिइने खाद्यान्न दानामा एन्टीबायोटिक प्रयोग गर्न निषेध गरेको छ ।
साथै एन्टीबायोटिकलाई चिकित्सकको सिफारिस विना प्रयोग गर्न नपाइने व्यवस्था छ तर नेपालमा एन्टीबायोटिकको गलत प्रयोग हुँदै आएको छ । चिकित्सकको सिफारिस विना जथाभावी रूपमा एन्टीबायोटिक बिक्री र प्रयोग
भइरहेपनि सरकारले यसलाई नियन्त्रण र नियमन गर्न सकेको छैन । जसका कारण पनि नेपालमा एन्टीबायोटिक रेसिस्ट्यान्स बढ्दै गएको चिकित्सकहरूले बताएका छन् ।
सरकारले एन्टीबायोटिकको दुरुपयोग रोक्न र जनचेतना जगाउन राष्ट्रिय कार्ययोजना बनाएर अघि बढ्न लागेको स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. सुशीलनाथ प्याकुरेलले बताए । सरकारले एक स्वास्थ्य नीतिअनुसार मानव स्वास्थ्य, पुश तथा वातावरणीय स्वास्थ्यलाई ध्यानमा राखेर एन्टीबायोटिकको समुचित प्रयोगका लागि जनचेतनाका कार्यक्रमहरू गर्ने डा. प्याकुरेलले बताए ।
हाल विश्वभर जिवाणुप्रतिरोधी संक्रमणका कारण विश्वमा वार्षिक सात लाख मानिसको मृत्यु भएको अनुमान छ । एन्टीबयोटिकको प्रभावकारिता घट्दै गएमा स्न २०५० सम्ममा बर्सेनि एक करोड मानिसको मृत्यु हुनसक्ने र करीब ६६ अर्ब पाउण्ड आर्थिक क्षति हुने विश्व स्वास्थ्य संगठनले जनाएको छ । यसको असर नेपालजस्तो विकासोन्मुख देशहरूमा बढी पर्ने खतरा छ ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...