×

NMB BANK
NIC ASIA

सुर्खेत – कर्णाली प्रदेशमा रहेका तेस्रोलिङ्गीले आफूले परिवारमा बस्न पाउनुपर्ने माग गरेका छन् ।

Muktinath Bank

सोमवार वीरेन्द्रनगरमा आयोजना गरिएको यौनिक तथा अल्पसंख्यक महासंघ काठमाडौंले आयोजना गरेको कार्यक्रममा उनीहरूले विवाहको माग जोडदार रुपमा उठाएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तेस्रोलिङ्गी सिमरनले सरकारले आफूहरूलाई विवाह गर्ने, विवाह दर्ता गर्ने र बच्चा एडप्ट गर्ने अधिकार दिनुपर्ने बताइन । ‘म आफैं २ पटक आत्महत्याको असफल प्रयास गरी बाँचेकी थिएँ,’ विगत स्मरण गर्दै सिमरनले भनिन्, ‘समाजमा भएको विभेदका कारण मैले त्यो कदम त उठाएँ तर सफल हुन सकेन ।’


Advertisment
Nabil box
Kumari

उनले अहिले पनि नेपाली समाजमा आफूहरूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन नआएको दुखेसो पोखिन् । ‘भगवानको घरमा समय लिएर त आयौं तर नेपाली समाजको माया समय पाउन सकेनौं,’ उनले भनिन् । आफूहरूलाई भगवानले बेग्लै रुपमा बनाएको बताउँदै राज्यले नै आफूहरूलाई उपेक्षा गरेको आरोप लगाइन् ।

Vianet communication
Laxmi Bank

‘हामीलाई आर्थिक अधिकार चाहियो । संविधानमा व्यवस्था गरे अनुरुपको अधिकार हामीले प्रयोग गर्न पाउनुपर्छ,’ उनले भनिन्, ‘हामी कहिलेसम्म घरपरिवारबाट टाढा हुने ? कि हामी मानिस नै होइनौं ? के हाम्रा लागि संविधान बनेको होइन ?’

तेस्रोलिङ्गी पिटरले आफूहरूले राज्यबाट रोजगारीका लागि आरक्षण पाउनुपर्ने माग गरे । करीब देशभर ७ लाख तेस्रोलिङ्गी समुदाय रहेको बताउँदै उनले समुदायको उत्थान, संरक्षण र विकासका लागि सबै तहका सरकार सकारात्मक हुनुपर्ने र नयाँ कानून बनाउँदा स्थानीय र प्रदेश सरकारले आफूहरूको राय लिनुपर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले आफूहरूले आवश्यक नीति बनाउँदा तेस्रोलिङ्गी समुदायको भावना पनि समेट्ने बताइन् । ‘राज्यले सबै नागरिक बराबर हुन् भनेको छ,’ उनले भनिन्, ‘सोही बमोजिमा हामी तपाईहरूका लागि आवश्यक पर्ने नीति नियम, कानून संशोधन गर्न तयार छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x