×

NMB BANK
NIC ASIA

कृषियोग्य जमीनको करमा ८० प्रतिशत छुट

मंसिर ४, २०७५

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

परासी-पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले कृषियोग्य जमीनमा लगाउँदै आएको करमा ८० प्रतिशत छुट दिने भएको छ । चालु आर्थिक वर्ष २०७५/७६ का लागि नगरपालिकाले करमा वृद्धि गरेपछि कृषक मारमा परेका थिए । कृषकको गुनासोपछि नगरपालिकाले करमा छुट दिने निर्णय गरेको हो ।

Muktinath Bank

नगरपालिकामा पाँच हजार ६४५ हेक्टर क्षेत्रफल कृषियोग्य जमीन छ । कृषि भूमिमा प्रति कट्ठा रु एक लाख ३२ हजारका दरले मूल्याङ्कन गरी नगरपालिकाले कर लगाउँदै आएको छ । त्यसलाई १०० प्रतिशत मानी ८० प्रतिशत घटाएर बाँकी आउने २० प्रतिशत मूल्यमा मात्र कर लिने रामग्राम नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिनुभयो । 

नगरपालिकाले रु दश लाखसम्म सम्पत्ति भएकालाई रु २०० र रु २५ लाखसम्म सम्पत्ति भएकालाई रु एक हजारको दरले कर लिँदै आएकामा अबदेखि कृषियोग्य जग्गा छुट्याएर कर छुट दिने भएको छ । जग्गाको मूल्याङ्कन भने नघटाइने गुप्ताले बताउनुभयो । कृषियोग्य जमीनमा लाग्ने कर शून्य प्रतिशतमा झार्ने प्रावधान नभएकाले २० प्रतिशत मात्र कर लिन लागिएको नगर प्रमुख गुप्ताको भनाइ छ । “घडेरी र भौतिक संरचनामा कर यथावत रहनेछ,” उहाँले भन्नुभयो, “कर छुट मङ्सिर १४ गते हुने नगरसभाबाट निर्णय गराई लागू गरिनेछ ।” 

नगरपालिकाले ११ प्रकारका सिफारिशमा लिँदै आएको शुल्क पनि हटाउने भएको छ । कृषि बीमा, दुर्घटना बीमा, क्रिया खर्चका लागि जरना दाउरा, अपाङ्ग अशक्तका लागि जुनसुकै सिफारिश, दीर्घ खालका रोगको औषधोपचार, दैवी प्रकोप सहायता, सार्वजनिक बाटोघाटो तथा अन्य सार्वजनिक प्रकृतिका जग्गाको लगत कट्टासम्बन्धी सिफारिश, सडक सिमाना क्षेत्रभित्र परेका संरचना तथा जग्गाको कर र घर नक्सा संशोधनसम्बन्धी कर, सार्वजनिक हितका लागि गैर नाफामूलक सङ्घ संस्थाको लागि निर्माण हुने भवनको घर नक्सा पास दस्तुर, व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षासम्बन्धी दर्ता तथा नवीकरणजस्ता सिफारिशमा लाग्दै आएको शुल्क अबदेखि नलिने गुप्ताले बताउनुभयो । ती सिफारिश दिँदा यसअघि नगरपालिकाले रु १५० देखि रु ५०० सम्म दस्तुर लिने गरेको थियो । 

कृषि जमीनमा कर छुट दिने तथा ११ प्रकारका सिफारिश निःशुल्क गर्ने भएपछि अब नगरको आन्तरिक स्रोतमा कमी आउने छ । कर वृद्धि गर्दा चालु आवमा कूल रु पाँच करोड आन्तरिक आय हुने प्रक्षेपण गरिएकामा अब रु चार करोडको हाराहारीमा मात्रै उठ्ने अनुमान गरिएको छ । गत वर्ष नगरपालिकाले रु दुई करोड ७४ लाख आन्तरिक आम्दानी गरेको कार्यालयका लेखापाल सञ्जय शर्माले जानकारी दिनुभयो । नगरपालिकाका पदाधिकारीको तलब भत्तामा मात्रै वार्षिक रु एक करोड ६० लाख खर्च हुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x