×

NMB BANK
NIC ASIA

फुटबल एकेडेमीका लागि जग्गा नापजाँच, भेँडाबारी उपयुक्त

मंसिर ४, २०७५

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

कास्की-माछापुच्छ्रे गाउँपालिका–६ भेँडाबारीमा प्रादेशिक फुटबल एकेडेमीका लागि आवश्यक जमीनको नापजाँच गरिएको छ । भेँडाबारीको पाँच सय रोपनी जमीनमा फुटबल एकेडेमीका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्राविधिक टोलीले जमीन नापजाँच गरेको हो ।

Muktinath Bank

एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले प्राविधिक टोलीले १२ दिन लगाएर जग्गा नापजाँच गर्दा उपयुक्त देखिएको र फुटबल एकेडेमी सोही ठाउँमा बन्ने सम्भावना बढी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले प्रस्तावित जमीनको नापजाँच सम्पन्न गरेका छौँ, इञ्जिनियरको टोलीले गरेको नापजाँचको रिपोर्ट केन्द्रलाई बुझाउँदैछौँ, अहिलेसम्म अन्यत्रभन्दा एकेडेमीका लागि सबै हिसाबले भेँडबारी नै उपयुक्त छ ।” 

विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)को सहयोगमा एन्फाले रु १० करोड लागतमा सो एकेडेमी निर्माण गर्न लागेको हो । फुटबल एकेडेमीमा १४, १६ र १८ वर्ष गरी तीन उमेर समूहका ९० जना किशोरलाई आवासीय प्रशिक्षण दिइनेछ । उनीहरुका लागि आवश्यक आवास भवन, कार्यालय भवन, अभ्यास मैदान तथा चेञ्जिङ रुमलगायत पूर्वाधार निर्माण गर्ने योजना एन्फाको छ । 

तल्लोतहबाट नै फुटबलको विकास गर्ने उद्देश्यले एन्फाले देशका सात वटै प्रदेशमा एकेडेमी निर्माण गरेर दक्ष खेलाडी उत्पादन गर्ने योजना अघि सारेको बताइएको छ । एकेडेमीको निर्माणका लागि यसअघि भेँडाबारीसँगै पोखरा महानगरपालिका–१५ मा पनि जग्गा हेर्ने काम भएकामा सो स्थान मात्र उपयुक्त देखिएको एन्फाले जनाएको छ । 

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव केशवकुमार बिष्ट, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले असोज पहिलो हप्ता प्रस्तावित ठाउँको जमीन निरीक्षण गर्नुभएको थियो । मन्त्रीसहितको उक्त टोलीले जमीन निरीक्षण गरेपछि उपयुक्त भन्दै एकेडेमी निर्माणका लागि प्रक्रिया अघि बढाउन गाउँपालिकालाई आग्रह गरेको थियो । 

सोही अनुसार गाउँपालिकाले एन्फालाई जमीन नापजाँचका लागि प्राविधिक टोली पठाएको गाउँपालिका प्रमुख कर्णबहादुर गुरुङले जानकारी दिनुभयो । पाँच सय रोपनी जग्गामध्ये छ रोपनीबाहेक अरू सबै सरकारी जमीन हो । व्यक्तिगत जमीन पनि स्थानीयवासीले एकेडेमीका लागि दिन तयार रहेका उहाँले बताउनुभयो । 

एकेडेमीका लागि प्रस्तावित जमीनसम्म सडक पूर्वाधार, शिक्षालय तथा स्वास्थ्य चौकीसम्मको व्यवस्था छ । उक्त ठाउँबाट माछापुच्छ्रे तथा अन्नपूर्ण हिमशृङ्खलासमेत स्पष्ट रुपमा देख्न सकिन्छ । प्रमुख गुरुङले एकेडेमी निर्माणबाट व्यावसायिक खेलाडी उत्पादन हुने र समग्र देशको खेलक्षेत्रको विकासमा मद्दत पुग्ने धारणा व्यक्त गर्नुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उहाँले भन्नुभयो, “पूर्वाधारहरु बजार केन्द्रित भएको अवस्थामा माछापुच्छ्रे मा एकेडेमी बन्दा गाउँका जनतालाई पनि अब विकास गाउँमा आउँदैछ भन्ने सन्देश जानेछ ।” पोखरा–बाग्लुङ राजमार्गको पोखरामहानगरपालिका–२५ मिलनचोकबाट सात किमीको दूरीमा रहेको भेँडाबारीमा यातायात सुविधासँगै पूर्वाधार निर्माण गर्नसमेत सहज हुने गाउँपालिका उपप्रमुख कृष्णकुमारी दवाडीले बताउनुभयो । 


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x