×

NMB BANK
NIC ASIA

अब विराटनगरबाटै माउण्टेन फ्लाइट, कुन-कुन हिमालको दृश्यावलोकन गर्न सकिन्छ ?

मंसिर ४, २०७५

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

विराटनगर– अब विराटनगरबाटै माउण्टेन फ्लाइट हुने भएको छ । ‘विराट होलिडेज’ नाममा शनिवारदेखि नियमित माउण्टेन फ्लाइट गराउन लागिएको हो । काठमाडौंभन्दा सस्तो दरमा माउण्टेन फ्लाइट गराउन सकिने देखेका व्यवसायीले यती एयरलाईन्ससँगको सहकार्यमा पर्यटन तथा होटल व्यवसायीहरूले आफ्नै पहलमा माउण्टेन फ्लाइट उडाउन लागेका हुन् ।

Muktinath Bank

उनीहरूले यसअघि प्रदेश तथा संघीय सरकारसँग आवश्यक पहल गरिदिन आग्रह गरेका थिए । तर, दुवै सरकारले त्यसलाई अघि बढाउन समय लगाउने संकेत पाएपछि आफ्नै पहलमा माउण्टेन फ्लाइटको तयारी थालिएको विराटनगरका पर्यटन व्यवसायी भविशकुमार श्रेष्ठले जानकारी दिए । विराटनगरमा २०७३ फागुन ११ देखि १७ गतेसम्म भएको विराट एक्स्पोको बेला एउटा माउण्टेन फ्लाइट गराइएको थियो । तर, अब भने नियमित हरेक हप्ता माउण्टेन फ्लाईट गराउन लागिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यही आउँदो शनिवारदेखि यती यएरलाईन्सबाट हरेक शनिवार हप्तामा एउटा फ्लाईट गर्ने तयारी भएको श्रेष्ठको भनाई छ । विराट हालिडेजको नाममा १० जना व्यवसायीले विराटनगरबाट माउण्टेन फ्लाईटको तयारी थालेका हुन् । पहिलो चरणमा एक नम्बर प्रदेशका नागरिकलाई लक्षित गरिएको छ । 


Advertisment
Nabil box
Kumari

त्यस्तै बोर्डर आसपास भारतको बिहार, बंगाल र सिक्कीमका पर्यटक लक्षित गरि उडान गर्न लागिएको श्रेष्ठले जानकारी दिए । प्रदेश सरकार, मुख्यमन्त्रीको नारा नै माउण्टेन फ्लाईट थियो, त्यही नारालाई हामीले होस्टेमा हैसे गरेका हौ, श्रेष्ठले भने । यसले भारतीय पर्यटकको बसाई लम्व्याउन सकिने व्यवसायिको भनाई छ । 

Vianet communication
Laxmi Bank

अहिले चार्टरको रुपमा हप्तामा एउटा गर्ने तयारी छ भने बिस्तारै नियमित गराउने तयारी रहेको छ । माउण्टेन फ्लाईट संचालनको लागि विराटनगरमा रहेका सबै ट्रावल एजेन्सीहरुको भुमिका रहेको छ । प्रति व्यक्ति ९ हजार ९ सयमा ५५ मिनेटको माउण्टेनको आनन्द लिन सकिने गरी तयारी थालिएको हो । एउटा माउण्टेन फ्लाईटमा १९ जनालाई उडाइने र कन्जनजंगा, मकालु र सगरमाथाको दृश्य हेर्न सकिने छ । 

विराटनगरका अगुवा पर्यटन व्यवसायी तथा नेपाल उद्योग बाणिज्य संघ महासंघ प्रदेश १ का पर्यटन तथा हवाई यातायात समितिका संयोजक श्रेष्ठको संयोजकत्वमा ‘विराट होलिडेज’ बनाइएको थियो । त्यसमा अन्य होटल व्यवसायी, पर्यटन व्यवसायी र ट्राभल एशोसिएशन सम्वद्ध पदाधिकारीहरू सदस्य रहेका छन् । यी सबै व्यवसायीको संयुक्त पहलमा उडानको तयारी गरिएको हो । 

व्यवसायीहरूले लहान, विराटनगर, इटहरी, दमक, विर्तामोड लगायतका आन्तरिक प्रमुख बजार र सीमावर्ती भारतीय बजारलाई लक्षित गरी माउण्टेन फ्लाइटको तयारी गरेका हुन् । सम्वद्ध एयरलाइन्सले समेत सकारात्मक रूपमा लिएका कारण आफूहरू उत्साहित भएर लागेको व्यवसायी श्रेष्ठले बताए ।

माउण्टेन फ्लाइटसँगै धनकुटाको भेडेटार–हिले हुँदै बसन्तपुरसम्मको प्याकेज तयारी पनि भरातीय पर्यटकलाई लक्षित गरि थालिएको छ । श्रेष्ठले भने, ‘माउण्टेन फ्लाइटलाई निरन्तरता दिन सकिए प्रदेश १ को पर्यटन व्यवसाय माथि उचालिन सक्छ ।’

नागरिक उड्ययन कार्यालय विराटनगरका प्रमुख टेकनाथ सिटौलाले माउण्टेन फ्लाइटका लागि विमानस्थलमा कुनै समस्या नभएको जानकारी दिए । तर उड्ने रूट र उडानको समय तालिकाका लागि अनुमति लिनुपर्ने प्राविधिक तथा कानुनी प्रक्रिया रहेको उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x