×

NMB BANK
NIC ASIA

काठमाडौं – दुईतिहाइ बहुमतको वर्तमान सरकारले अपेक्षित काम गर्न नसकिरहेका बेला संसदको वाचडग मानिने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि कताकता हराइरहेको आभास भइरहेको छ । गठन भएको नौ महिनासम्म सरकारले गफ मात्र गरिरहेको र सम्झनलायक कुनै पनि काम नगरेको भनेर आलोचना भइरहेका बेला कांग्रेसको भूमिका सरकारको आलोचना गर्ने तहसम्म मात्र सीमित देखिन्छ ।

Muktinath Bank

संसदीय लोकतन्त्रमा सरकारको असफलता प्रमुख प्रतिपक्षका लागि स्वर्ण अवसर हो । आम जनताले सरकारको आलोचना गरिरहेको यो घडीमा कांग्रेसले आफूलाई अर्को चुनावमा विकल्पको रूपमा प्रस्तुत गर्ने जमर्को गरेजस्तो देखिएको छैन । कांग्रेस नेताले पार्टीलाई सुधार्छौं भनेर गफ दिइरहे पनि यथार्थ भने कांग्रेसभित्र रहेको गुटबन्दी अझ झाँगिदै गइरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२०७४ सालको स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा हार बेहोरेको नेपाली कांग्रेस अझै पनि त्यो हारको जिम्मा कसले लिने भन्ने बहसमा अल्झेको देखिन्छ ।


Advertisment
Nabil box
Kumari

कांग्रेसभित्र अहिले देखिएको चरम गुटबन्दीको कारक तत्व त्यही हार हो भन्ने गरिएता पनि लोकप्रिय मतलाई हेर्ने हो भने कांग्रेसलाई जनताले दुत्कारेको अवस्था चाहिँ होइन । आन्तरिक किचलो समाधान गर्ने हो भने चुनावी अंकगणितले नेपाली कांग्रेसलाई जनताको राम्रो समर्थन र सहयोग रहेको देखाएको छ ।

Vianet communication
Laxmi Bank

केही समयअघि नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसको आगामी महाधिवेशनबाट कांग्रेसको नेतृत्व पुनः कोइराला परिवारमै फर्किने संकेत गरेका थिए । आफू वा डा. शेखर कोइरालामध्ये एक जना आगामी महधिवेशनमा सभापतिको उम्मेद्वार बन्ने निश्चित भएपनि दुईभाइमध्ये को अगाडि बढ्ने भन्ने टुङ्गो लाग्न मात्रै बाँकी रहेको बताएका थिए ।

उनको भनाइलाई पुष्टि गर्दै गत मंसिर २ गते विराटनगरमा बीपीपुत्र शशांक कोइराला, नोनापुत्र डाक्टर शेखर कोइराला र गिरिजापुत्री सुजाता कोइरालाले एउटै मञ्चमा एकताको प्रतिकस्वरूप एउटै माला लगाएर कांग्रेसको आगामी नेतृत्व लिनका लागि कोइराला परिवार एक भएको सन्देश दिन खोजेका थिए ।

त्यसलगत्तै विराटनगर पुगेका पार्टी सभापति शेरबहादुर देउवाले शेखर कोइरालासँग आधाघण्टा गोप्य कुराकानी गरेको हल्ला बाहिरिएको थियो । धेरै लामो संघर्षपछि कोइराला परिवारबाट पार्टीको नेतृत्व खोसेका देउवाले आगामी नेतृत्वको दाबी गरिरहेको कोइराला परिवारका एक सदस्यसँग गरेको गोप्य वार्तालाई अर्थपूर्ण रूपमा हेर्न सकिन्छ । 

कांग्रेस नेता तथा पूर्वमन्त्री समेत रहेका प्रकाशशरण महतले केही दिनअघि लोकान्तरसँग कुराकानी गर्दै संघीय संरचना अनुसार आफ्नो पार्टीको विधान परिवर्तन हुने बताएका थिए । विधानलाई संशोधन गर्दै थप समावेशी संरचना बनाउने छलफल भइरहेको र सभापति बिमलेन्द्र निधिको संयोजकत्वको कार्यदलले ल्याउने राजनीतिक प्रस्ताव र आफैं संयोजक रहेको कार्यदलले ल्याउने आर्थिक प्रस्ताव पारित हुने महतको भनाइ थियो ।

तर पार्टी सदस्यता, पदाधिकारी संख्या, प्रदेश संरचना र विशेष परिस्थितिको व्याख्याको बारेमा पार्टीभित्र चरम असन्तुष्टि रहेको कुरा छिपेको छैन । विद्यार्थी संगठनको केन्द्रीय समितिको म्याद दुई महिना थप गरेर निर्धारित मितिमा चुनाव हुन नसकेको सन्देश नेपाली कांग्रेसले दिइसकेको छ । आफूलाई नेपालको सबभन्दा ठूलो लोकतान्त्रिक शक्ति बताउने कांग्रेसभित्र देखिएका यी स-साना किचलोले कांग्रेसको दाबीलाई आफैं खारेज गरिदिएको छ ।

कांग्रेस वृत्तमै चलेको चर्चा अनुसार पार्टी सभापति शेरबहादुर देउवालाई अधिनायकवादीको संज्ञा दिँदै उनीविरुद्ध गुटबन्दीमा लाग्ने समूह र सो समूहलाई हाबी हुन नदिने देउवाको दाउले पार्टी कमजोर हुन गएको हो ।

जसले गर्दा नेताहरूले रचनात्मक भूमिकातर्फ ध्यानै दिएका छैनन् । कतिपय के पनि ठान्छन् भने आन्तरिक गुटबन्दीका मुख्य पात्रका रूपमा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शेखर कोइरालालगायत पार्टी सभापति बन्ने दाउमा देखिन्छन् । यद्यपि उनीहरूको यो दाउ अस्वाभाविक चाहिँ होइन । 

पार्टी नै सिद्धिने खतरा

नेपाली कांग्रेसले दशैं, तिहार र छठको शुभकामना आदानप्रदानका लागि आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएका नेकपा वरिष्ठ नेता झलनाथ खनालले कार्यक्रमको समापनपछि पत्रकारहरूसँग भनेका थिए – 'अपोजिसन पार्टी  (प्रमुख प्रतिपक्षी दल कांग्रेस) कता हरायो भन्ने लागिरहेको थि, आज सानेपामा आउँदा भव्यताका साथ चियापान गरिरहेको भेटेँ, खुशी लागेको छ ।'

त्यसो त सत्तासीन पार्टीका अन्य नेताहरूले पनि ‘कांग्रेसलाई लालटिन बालेर खोज्नुपर्ने’ अवस्था आएको भनिरहेकै थिए ।

पार्टी निकै कमजोर बनेको कांग्रेसकै युवा नेताहरूले पनि महसुस गरेका छन् । पार्टी साँच्चै कमजोर भएको र आम कार्यकर्तामा निराशा बढेको कांग्रेस युवा नेता प्रदीप पौडेल बताउँछन् ।

लोकान्तरसँगको छोटो कुराकानीमा पौडेलले कांग्रेस सभापतिको अहिलेको रबैया हेर्दा पार्टी सिद्धिने खतरा कायम रहेको र यसलाई जोगाउने जिम्मा अब कार्यकर्ताको रहेको टिप्पणी गरे । नेपाली कांग्रेसभित्र मनपरी निर्णय गर्ने र त्यसलाई जबरजस्ती लाद्ने प्रकारको प्रवृत्ति हावी हुँदै गइरहेको र त्यसलाई कम गर्नका लागि आगामी महाधिवेशनपछि छानिने नेतृत्व स्पष्ट र डाइनामिक हुनुपर्नेमा पौडेलको जोड थियो । सर्वसम्मत निर्णय हुनुपर्नेमा बहुमतीय प्रक्रियामा प्रवेश गर्ने स्थिति कांग्रेसका लागि फाइदाजनक नभएको र यसले बीपी कोइरालाको ‘मेलमिलाप नीति’लाई पनि आघात पुर्‍याएको पौडेलको दाबी थियो ।    

त्यसविपरीत धारणा कांग्रेसका अर्का नेता गोपालमान श्रेष्ठको छ । श्रेष्ठले पार्टीलाई सभापतिको नेतृत्वमा चल्न नदिएर अन्य नेताहरूले अराजकता सिर्जना गर्न खोजेको आरोप लगाएका छन् ।

विराटनगरमा कोइराला परिवारका तीन नेता एउटा मालामा सजिएको विषयलाई श्रेष्ठले पार्टी नेतृत्व लिने अभ्यासभन्दा पनि काकाभातिजको मिलनका रूपमा व्याख्या गरे । उनले भने, ‘नेतृत्व दाबी जसले पनि गर्न पाउँछ, तर दाबी गर्नेले व्याक्तिगत क्षमता प्रदर्शन गर्नुपर्छ । गुट या समूह बनाएर नेतृत्व दाबी गर्ने विधि लोकतान्त्रिक होइन ।’ नेताहरूले देखाएको यस्तो अराजकताले पार्टी नभएर आफैं सिद्धिने खतरा रहेको श्रेष्ठको भनाइ थियो । 

अवसानको कारकतत्त्व : नेतृत्व कब्जा गर्ने होडबाजी 

नेपाली कांग्रेसको महाधिवेशनका लागि अझै लगभग डेढ वर्ष बाँकी छ तर अहिलेदेखि नै नेतृत्व कब्जा गर्ने होडबाजी चलिरहेको छ । आन्तरिक विवादका कारण कांग्रेसले सरकारको काम कारवाहीलाई समीक्षा गर्न पाएको छैन ।

सरकारले के गर्दैछ, के गर्दै छैन भन्ने कुराको वास्ता नेपाली कांग्रेसलाई नभएको जस्तो देखिन्छ । के कांग्रेसको आगामी नेतृत्व कोइराला परिवारमध्येबाट कसैले गर्छ त ? भन्ने प्रश्नमा गोपालमान श्रेष्ठ भन्छन्, ‘कोइराला परिवारमध्ये कसैले नेतृत्व गर्न चाहन्छ भने अघि बढे हुन्छ । रामचन्द्र पौडेलले राजनीति त्यागेर कोइराला परिवारबाट कोही उठाउने हो कि कोइराला परिवारलाई नेतृत्व नदिएर आफैं गर्ने हो, त्यो वहाँले जान्ने कुरा हो ।’ उसो त श्रेष्ठ आफू पनि आगामी महाधिवेशनमा सभापतिको दाबेदार रहेको बताउँछन् ।

उता युवा नेता प्रदीप पौडेल सभापति शेरबहादुर देउवा आन्तरिक समन्वय नगरी आफूलाई जे लाग्यो त्यही गर्दै हिँडेको आरोप लगाउँछन् । देउवाको यो स्वेच्छाचारिताले आगामी महाधिवेशनमा जबर्जस्ती नेतृत्व हडप्ने दिशातर्फ उन्मुख भएको शंका प्रदीप पौडेलको छ । पार्टीभित्र जिम्मेवारीका साथ नेतृत्व लिनेहरू धेरै छन् तर मनपरी ढंगले पार्टी चलाउने शैली र प्रवृत्ति बोकेका नेताहरूलाई कुनै पनि जिम्मेवारी दिन नहुने कुरामा पौडेल एकमत छन् ।

‘पार्टीभित्र पूर्ण सहमति र एकता कायम गर्ने जिम्मेवारी सभापतिकै हुन्छ, तर अहिले पार्टी विभाजित जस्तै देखिएको छ । सभापति असफल हुनुभएको छ । निर्वाचनमा पार्टीले हार खायो, यसको जिम्मेवारी सबैभन्दा बढी सभापतिले नै लिनुपर्छ । उहाँ पदमा बसिरहने तर जिम्मेवारी नलिने रोगबाट ग्रस्त हुनुभयो,’ उनले गुनासो गरे ।

सभापति देउवाको यो रबैया आगामी महाधिवेशनमा नेतृत्व छान्ने बेला बहसमा आउने पौडेलले बताए । ‘कसले के गरिरहेको छ ? कार्यकर्ताले हेरिरहेका छन् र आगामी नेतृत्व छान्ने बेलामा कार्यकर्ताले विवेक प्रयोग गर्नुपर्ने छ,’ के अब कोइराला परिवारमा नेतृत्व जान्छ त ? भन्ने प्रश्नमा पौडेल भन्छन्, ‘जोसँग जे छ उसले त्यही देखाउने हो । कोइराला परिवारमा ‘लिगेसी’ छ, वहाँहरूले त्यही लिगेसी देखाएर पार्टीको नेतृत्व मलाई देउ भन्नुहोला । त्यो आम चासोको विषय होइन । लिगेसीसँगै प्रखरता, योग्यता र भिजन हुनुपर्‍यो नेतृत्वका लागि । नयाँ नेतृत्व छान्ने जिम्मा कार्यकर्तालाई नै दिनुपर्छ हामीले भनेर हुने कुरा होइन ।’

२०४६ पछि देश लुटेको आरोप 

भारतमा सत्तासीन भाजपाका नेता कार्यकर्ताले भारतीय कांग्रेसलाई ७० वर्षसम्म देश लुटेको आरोप लगाउने गर्दछन् । सरकारले केही गर्न सकेन भन्ने टिप्पणीमाथि मन्त्रीहरूकै प्रतिटिप्पणी यस्तो आउने गरेको छ । त्यही रोगले नेकपाका नेता कार्यकर्ताहरू पनि थलिएका छन् । सरकारको कामलाई लिएर कसैले आलोचना गर्‍यो भने ३० वर्षसम्म कांग्रेसले लुटेको देशलाई समृद्ध बनाउन केही समय लाग्ने तर्क नेकपाका नेता तथा कार्यकर्ताहरूले गर्ने गरेका छन् । 

युवानेता प्रदीप पौडेल भने नेपाली कांग्रेसले ३० वर्षसम्म देशको नेतृत्व गरेको कुरा स्वीकार्न तयार छैनन् । ‘कहिले माओवादी द्वन्द्व र कहिले ज्ञानेन्द्रले गरेको ‘कू’ का कारण कांग्रेसले काम गर्न पाएको थिएन । २०६३ पछि केही समय सुशील कोइराला र केही समय शेरबहादुर देउवाले नेतृत्व गरे, तर सबभन्दा बढी नेकपाका नेताहरूले सरकारको नेतृत्व गरेका छन् । बरु कांग्रेसले विभिन्न कालखण्डमा परिवर्तनको नेतृत्व गरेर देशलाई असफल हुनबाट जोगाएको पौडेलको तर्क छ । के कांग्रेसलाई दोष लगाएर मात्र सबै ठीक हुन्छ ? जनताले दुईतिहाइ शक्ति दिएका छन्, कांग्रेसले गरेका सबै निर्णयहरू उल्ट्याए भैगो नि !’ पौडेल आक्रोश व्यक्त गर्छन् । 

सरकारलाई १०० मा १० नम्बर !

कांग्रेस नेता प्रदीप पौडेलले दुईतिहाइ बहुमत प्राप्त अहिलेको सरकारले माखो नमारेको आरोप लगाउँछन् । पौडेलका अनुसार दुईतिहाइ अंकगणित लिएर पनि काम गर्न पाइएन भन्दै हिँड्ने नेकपा नेताहरूको स्वर आजकल रुन्चे भएको छ । त्यसो भए काम गर्नका लागि कति सिट चाहिने हो ? पौडेलको प्रश्न छ । 

सरकार गठनको नौ महिनासम्म प्रधानमन्त्री र मन्त्रीहरूले गफ मात्र लडाएर बिताएको र ‘हामीले यो गर्‍यौं’ भन्नका लागि नेकपासँग केही नरहेको पौडेलको दाबी थियो । सरकारको आयु पाँच वर्ष भएपनि गठनपश्चातको यो समयले केही संकेत अवश्य गर्न सक्ने थियो तर त्यस्तो केही पनि देखिँदैन,' पौडेल सोध्छन्, 'सरकारलाई पानीजहाज चलाउन कसले छेकेको छ ? रेल ल्याउन कसले छेकेको छ ? चुल्हाचुल्हामा ग्यास पाइप जोड्न कसले रोकेको छ ? सडकका खाल्डाखुल्डी पुर्न कसले रोकेको छ ? यो सरकार यतिसम्म निकम्मा होला जस्तो मलाई लागेको थिएन ।'

कामका हिसाबले यो सरकारलाई १०० पूर्णाङ्कमा १० पनि दिन नसकिने पौडेलको जिकिर छ । कांग्रेस प्रतिपक्षीको भूमिकामा खरो उत्रन नसकेको भनी राजनीतिक वृत्तमा आरोप लाग्ने गरेको छ तर गोपालमान श्रेष्ठ भने यस्तो आरोपलाई सिधै खारेज गर्छन् । रचनात्मक प्रतिपक्षीको भूमिका खेल्नका लागि कांग्रेसलाई कसैले सिकाउनु नपर्ने गोपालमान श्रेष्ठको सुझाव छ ।

‘नेपाली कांग्रेसको संस्कृति रेलिङ भाँच्नु होइन, संसदका कुर्ची टेबल तोड्नु होइन । हामी जेन्टल तरिकाले अघि बढ्छौं, यसमा कोही मेन्टल हुन्छ भने हाम्रो समस्या होइन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x