×

NMB BANK
NIC ASIA

उत्कृष्ट काम गर्ने पाँच सरकारी कर्मचारी ‘इन्टेग्रिटी आइडल’ घोषित

मंसिर ४, २०७५

NTC
Sarbottam
फाइल तस्बिर
Premier Steels
Marvel

काठमाडौँ– सार्वजनिक प्रशासन क्षेत्रमा काम गर्ने पाँच जना उत्कृष्ट कर्मचारीलाई ‘इन्टेग्रिटी आइडल नेपाल–२०१८’ घोषणा गरिएको छ । 

एकाउन्टबिलिटी ल्याब नेपालले मंगलवार यहाँ आयोजना गरेको कार्यक्रममा सेवाग्राहीको कामप्रतिको मूल्याङ्कनका आधारमा पाँच जना कर्मचारीलाई आइडल घोषणा गरिएको हो । 

यसरी आइडल घोषणा गरिएको कर्मचारीमा तरकारी बाली विकास केन्द्र खुमलटार ललितपुरका वरिष्ठ बागवानी विकास अधिकृत अरुण काफ्ले, टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धु्रवराज आचार्य, युवा तथा खेलकूद मन्त्रालयका उपसचिव महेन्द्रप्रसाद पौड्याल, बर्दियाका प्रजिअ रामबहादुर कुरुङवाङ र वीरेन्द्रनगर नगरपालिकाका नगर स्वास्थ्य कार्यलयमा कार्यरत अनमी सीताकुमारी शर्मा रहेका ल्याबका प्रमुख नारायण अधिकारीले जानकारी दिए । 

छनोट समितिका सदस्य तथा नेपाल प्रशासन प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपानेले स्थलगत कामको मूल्याङ्कन, सेवाग्राहीसँगको व्यवहार, नैतिकवान् र इमान्दारजस्ता मापदण्डका आधारमा उनीहरुलाई यस वर्षको आइडल कर्मचारीको रुपमा छनोट गरिएको बताए । 

छनोट समितिका अर्का सदस्य प्रशासनविद् काशीराज दाहालले धेरै कर्मचारीबाट पाँच जना छनोट गर्न कठिन भएको भन्दै उत्कृष्ट कर्मचारी छनोटले नेपालको सार्वजनिक प्रशासनमा सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

यस प्रक्रियामा सहभागी नभएको राम्रा कर्मचारी पनि रहेको उल्लेख गर्दै उहाँले त्यस्ता राम्रा कर्मचारीलाई अर्को पटक सहभागी गराउनुपर्ने बताए । 

गत वर्ष पुसमा संस्थाले कर्मचारीलाई आवेदन दिन माग गरेको थियो । त्यसमा ७२ जिल्लाका एक हजार ६२ कर्मचारीले आवेदन दिएका थिए । 

आवेदन दिएकामध्ये पाँच जनालाई कामप्रतिको जिम्मेवारी, उत्तरदायित्व, सेवाग्राहीसँगको व्यवहारका जस्ता मापदण्डबाट ती कर्मचारी रहेको ठाउँमा पुगेर अध्ययन गरेर मात्र छनोट गरिएको ल्याबका प्रमुख अधिकारी जानकारी दिए । छनोटमा परेकामध्ये एक जनालाई एसएमएस र अनलाइन मतबाट सर्वोकृष्ट कर्मचारी घोषणा गरिने पनि उनले बताए । 

छनोटमा परेका पाँच जनालाई यही मङ्सिर २१ गते एक कार्यक्रम गरी आइडल प्रदान गरिने छ । उत्कृष्ट पाँचमा परेका टीकापुरका प्रमुख प्रशासकीय अधिकृत आचार्यले अहिलेसम्म आफूले गरेको कामप्रति फल पाएको र आफूले सेवाग्राहीको मन जित्न सफल भएको लागेको बताए । 

यस्तै आइडल घोषणा भएका युवा तथा खेलकूद मन्त्रालयका उपसचिव पौड्यालले आइडल घोषणाले सेवाग्राहीप्रति आफ्नो जिम्मेवारी थप बढेको बताए । 

ल्याब नेपालले सन् २०१४ देखि इन्टेग्रिटी आइडल घोषणा गर्दै आएको छ । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x