×

NMB BANK
NIC ASIA

ललितपुरका मेयरलाई विदेश बन्यो पानीपँधेरो, राष्ट्रपतिको गाडी प्रकरणमा छानबिन हुने

मंसिर ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि सरकारले खरिद गर्न लागेको भनिएको महंगो गाडी र हवाई भाडाका सम्बन्धमा छानबिन गर्ने भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

सार्वजनिक लेखा समितिको मंगलवार बसेको बैठकमा राष्ट्रपतिका लागि सरकारले खरिद गर्न लागेको गाडी र हवाई भाडाको दरका सम्बन्धमा छानबिन गर्ने विषय उठेको हो । बैठकमा समितिका सभापति भरत शाहले राष्ट्रपतिका लागि मंहगो गाडी खरिद गर्नुपर्ने कारणबारे प्रश्न उठाउँदै गाडी खरिद प्रकरणमा छानबिन गरिने बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले राष्ट्रपतिका लागि १८ करोड रुपैयाँको गाडी खरिद गर्न लागेको विषय सार्वजनिक भएको छ । राष्ट्रपतिका लागि गाडी खरिदका लागि यसअघि अर्थमन्त्रालयले ४ करोड रुपैयाँ निकासा गरे पनि उक्त रकम अपुग हुने भन्दै राष्ट्रपति कार्यालयले थप १४ करोड रुपैयाँ माग गरेको थियो । 


Advertisment
Nabil box
Kumari

त्यस्तै समितिले हवाई भाडाका सम्बन्धमा पनि छानबिन गर्ने भएको छ । सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले दिएको सुझावका आधारमा समितिले हवाई भाडा दरमा देखिएको उतार चढावको छानबिन गर्ने भएको हो । 

Vianet communication
Laxmi Bank

उपसमितिले तयार पारेको प्रतिवेदनमा हवाई भाडा दरमा देखिएको उतार चढाव, उडानमा हुने ढिलासुस्ती, उडान रद्द, चाडपर्वका समयमा हुने टिकट अभावजस्ता समस्याबाट यात्रुबर्गलाई परेको असुविधाका सम्बन्धमा विस्तृत अध्ययन गरिनु पर्ने औंल्याएको छ । 

समितिका सभापति शाहले उपसमितिको प्रतिवेदनअनुसार आगामी बैठकमा थप छलफल गरिने र छानबिन गरिने बताए । 

समितिको बैठकमा चिनीको मुल्य वृद्धि, आयातमा सरकारले लगाएको प्रतिबन्ध लगायतका विषयमा पनि छलफल भएको थियो ।

कर्मचारी समायोजन प्रक्रिया 
सरकारले यही पुस मसान्तसम्ममा कर्मचारी समायोजन प्रक्रिया टुंग्याउने भएको छ । कर्मचारी समायोजनका लागि अध्यादेशमार्फत् कानून ल्याउन लागिएको छ । प्रस्तावित कर्मचारी समायोजन अध्यादेशको मस्यौदामाथि अहिले लोक सेवा आयोगमा छलफल भइरहेको छ ।

लोक सेवा आयोगले मस्यौदामा आफ्नो राय समेटेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाउने छ । लोक सेवा आयोगको राय समेत समेटिएपछि अध्यादेश पारितका लागि मन्त्रिपरिषद्ले स्वीकृत गरी राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रस्तुत गरिने छ । 

राष्ट्रपति भण्डारीले प्रमाणिकरण गरेपछि अध्यादेश जारी हुनेछ । अध्यादेश जारी भएको पहिलो सातामै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजनमा जान चाहने कर्मचारीका लागि आवेदन आह्वान गर्नेछ । 
कर्मचारीले आफूले समायोजन हुन चाहेको स्थानीय तहको नाम आवेदनमै उल्लेख गर्नुपर्ने छ । कर्मचारीलाई प्राथमिकताका आधारमा ५ वटा स्थानीय तह र प्रदेश तहलाई रोज्न दिइने छ । 

कार्यरत पदको ज्येष्ठता, हाल कार्यरत रहेको प्रदेश वा स्थानीय तह, दुर्गम तथा विकट भौगोलिक क्षेत्रमा काम गरेर प्राप्त गरेको अङ्क, हालको स्थायी बसोबासको ठेगाना र नागरिकताको प्रमाणपत्रमा उल्लेखित स्थायी ठेगानाका आधारमा कर्मचारीलाई स्थानीय तह र प्रदेशमा समायोजन गरिने छ । 

यी सबै प्रक्रिया अपनाउँदा पुस मसान्तसम्म कर्मचारी समायोजनको सबै प्रक्रिया सकिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।
 

कोषका पदाधिकारीको बाझाबाझ
काठमाडौं– गरीब जनताका लागि काम गर्न गठन भएको गरिवी निवारण कोषका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीकै सामु बाझाबाझ गरेका छन् । पदाधिकारीबीचको विवाद र राजनीतिक हस्तक्षेपका कारण अन्ततः कोष विघटन हुन पुगेको छ । 

सरकारले विद्यमान कोषलाई खारेज गर्दै कोषले गर्दै आइरहेको सबै काम भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको महाशाखाअन्तर्गत राख्ने निर्णय गरेको छ । सरकारले कोषका सबै सम्पत्ति समेत मन्त्रालयलाई हस्तान्तरण गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । 

भदौ ८ मा कोष सञ्चालक समितिको पहिलो बैठक बसेको थियो । सो बैठकमा तत्कालिन उपाध्यक्ष डा यमबहादुर थापा र बोर्ड सदस्य नारायण कोइराला प्रधानमन्त्रीकै अगाडि बाझ्न थालेपछि प्रधानमन्त्री ओली रुष्ट बनेका थिए । राजधानी दैनिकमा विस्तृतमा खबर छापिएको छ । 

राजपा संयोजकमा महतो
राष्ट्रिय जनता पार्टी (राजपा) ले चक्रीय प्रणालीअनुसार अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो संयोजक भएका छन् । 

मंगलबार पार्टी कार्यालयमा बसेको अध्यक्ष मण्डलको बैठकले उनलाई संयोजक चयन गरेको हो । बैठकले पार्टीको विधानलाई सङ्घीय प्रणालीमा लैजाने, साधारण सदस्यता वितरणको समयावधि एक महीना थप्ने,

एकीकरणपछिको केन्द्रीय कार्यसमितिको सूचीलाई आधिकारिक ठह¥याउँदै पार्टी सङ्गठनमा भएका सबै नियुक्ति र मनोनयनलाई खारेज गर्ने निर्णय गरेको संयोजक महतोले जानकारी दिए । 

उनले अगामी आइतबार बस्ने बैठकमा सरकारलाई दिएको समर्थनका विषयमा के गर्ने भन्ने विषयमाथि छलफल हुने जानकारी दिए । यसअघि राजपाको अध्यक्ष मण्डलको संयोजक महन्थ ठाकुर रहेका थिए । 

मेयरको विदेश शयर
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन फेरि विदेश भ्रमणमा निस्केका छन् । महानगरका अनुसार सोमबार ६ दिने भ्रमणका लागि उनी भियतनाम उडेका हुन् । उनको औं ११ औं पटक विदेश भ्रमण हो । मेयर महर्जन मुलुकभरका स्थानीय तहमध्येका सबैभन्दा धेरै विदेश भ्रमण गर्नेमध्येमा पर्छन् । यसअघि उनी जापान, कोरिया, श्रीलंका, थाइल्याण्ड, म्यान्मार चीनलगायतका मुलुक पुगिसकेका छन् । 

 ७६ वटै जिल्ला सदरमुकाममा मोटरबाटाको पहुँच
भूगोलका हिसाबले मुलुककै ठूलो डोल्पा जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको औपचारिक घोषणा गरिएको छ । 

उपप्रधानमन्त्री ईश्वर पोखरेलले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका– १ छलगाड दोभानमा मंगलबार आयोजित समारोहमा नेपाली सेनाले खनेको जाजरकोट– दुनै सडक मार्गको उद्घाटन गर्नुभएसँगै सदरमुकाम दुनै राष्ट्रिय सडक सञ्जालमा समेटिएको औपचारिक घोषणा गरिएको हो । 

एक सय १८ किलोमिटरको उक्त सडक जाजरकोटको पासागाढदेखि डोल्पाको त्रिपुरासुन्दरी–सुपानीसम्म १०३ किलोमिटर नेपाली सेनाले तथा सुपानीदेखि सदरमुकाम दुनैसम्म १४ किमी स्थानीय निकाय र सांसद विकास कोषमार्फत निर्माण गरिएको हो । दुनैसँग सडक सञ्जाल जोडिएसँगै हुम्लाबाहेक मुलुकका ७६ वटै जिल्ला सदरमुकाममा मोटरबाटाको पहुँच पुगेको छ ।

सुत्केरी घर निकाला
दाङ नारायणपुरकी सुत्केरी महिलालाई परिवारले घर निकाला गरेको छ । 
एक महीनाकी सुत्केरी घोराही उपमहानगरपालिका–१० झारबैराकी २३ वर्षीया दुर्गा वलीलाई उनका श्रीमान् र परिवारले घर निकाला गरेको हो । गत असोज ३० गते सुत्केरी भएकी दुर्गालाई श्रीमान् हेमराज वलीले अर्कैको बच्चा जन्माएको भन्दै घर निकाला गरेको पीडितले बताताइन्
तीन वर्षपहिले मागी विवाह गरेका हेमराजले दुर्गालाई विवाह गरेको आठ महीनाबाटै यातना दिन शुरु गरेको बताइएको छ ।

सन्दीपले पाकिस्तानी सुपर लिग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पिएसएल) टी–२० क्रिकेट प्रतियोगिता खेल्ने भएका छन् । 

आज भएको खेलाडी छनोट ९अक्सन०मा सन्दीपलाई पिएसएल क्लब लाहोर कालान्दरले किनेको हो । सन्दीपले लाहोरबाट न्यूनतम ५० लाखदेखि ७० लाख प्राप्त गर्नेछन् । 

सन्दीपको टोलीमा दक्षिण अफ्रिकाका चर्चित ब्याटसम्यान एबिडी भिलियर्स, पाकिस्तानका फकर जमान, साहिद अफ्रिदी, यासिर शाह, कार्लोस ब्रेथवेटजस्ता विश्वचर्चित खेलाडी खेलाडी रहेका छन् । आगामी फागुन ५ देखि चैत ३ गतेसम्म हुने प्रतियोगितामा छ क्लबले सहभागिता जनाउनेछन् । 

पिएसएलमा आबद्ध भएसँगै सन्दीप नवौँ विदेशी लिगमा आबद्ध भएका छन् ।

यमनमा ५० करोड डलर सहयोगको घोषणा
यमनी हुथी विद्रोहीविरुद्ध यहाँको सरकारलाई सघाउन सैन्य गठबन्धनलाई नेतृत्व गर्दै आएका साउदी अरब र संयुक्त अरब इमिरेट्सले यमनलाई ५० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउने घोषणा गरेका छन् । 
द्वन्द्वका कारण क्षतविक्षत बनेको यमनलाई भोकमरीबाट बचाउन साउदी अरबले २५ अमेरिकी डलर र युएईले २५ अमेरिकी डलर गरी उक्त सहयोगको घोषणा गरेका, साउदी राजा सलमान मानवीय सहायता तथा राहत केन्द्रका जनरल सुपरभाइजर अब्दुल्लाह रबिआहले बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x